काठमाडौं– नेपाल अपांग संघ खगेन्द्र नवजीवनको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ। संघमा अध्यक्षसहितका पदाधिकारीलाई भ्रष्टचार गरेको आरोप लगाउँदै जोरपाटीस्थित कार्यालयमा तालाबन्दी गरिएको हो।
सरकारको नीतिविपरीत संघको विद्यालयले मनपरी तरिकाले संचालन गरिरहेको आन्दोलनरत पक्षले जनाएको छ। शारीरिक अपाङ्गताको कारणले सामुदायिक विद्यालयमा अध्ययन गर्न असमर्थ शारीरिक अपाङ्ग विद्यार्थीहरुलाई अध्ययन गराउने शिक्षालयमा पदाधिकारीले भ्रष्टचार गरेको कार्यरतहरुले आरोप लगाएका छन्।
सटर भाडाबाट वार्षिक ८०/८५ लाख उठेको रकमबाट संघका पदाधिकारीहरु घुमघाम, मोजमस्तीमा खर्च गरेको आरोप लगाइएको छ। सरकारले विशेष शिक्षा परिषदले शारीरिक अपाङ्गता भएकाका लागि संचालित एकमात्र विशेष विद्यालय हो। सरकारले वार्षिक ७० लाख रुपैयाँ अनुदान बजेट प्रदान गर्दै आएको छ।
संघद्वारा संचालित विशेष विद्यालयमा हाल २०० जना जति विद्यार्थी अध्ययनरत छन् त्यसमध्ये ३५ जना अपाङ्ग विद्यार्थीहरु छन्। नेपाल अपाङ्ग संघकै हाडजोर्नी उपचारका लागि नेपाल अर्थोपेडिक अस्पताल २०५१ सालदेखि संचालित छ।
अस्पताल संचालन समितिका अध्यक्ष समेत रहेका मोहन महर्जनले अपाङ्ग, कल्याणकारी कोषबाट ४८ लाख रुपैयाँ लिएर व्यक्तिगत प्रयोजनमा गाडी प्रयोग गरेको आरोप लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।