काठमाडौं– साउदीको दमामबाट भोलि (शनिबार) हुने भनिएको उडानको मिति सरेको छ। साउदीमा कोरोनाका कारणले अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको हिमालयन एयरलाइन्सको उडानको मिति सरेको हो।
सो उडान २३ जुन २०२० अर्थात असार ९ गते मंगलबारमात्रै हुने साउदीस्थित नेपाली दूतावासले जनाएको छ। साउदीबाट शुक्रबार १५४ नेपाली स्वदेश फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।