काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमण बढेको भन्दै जापानले चार्टर जहाजमार्फत नेपाली लैजान रोक लगाएको छ।
जापान सरकारले ११ जुन २०२० देखि नेपाली यात्रुका लागि जापानको चार्टर उडानमा रोक लगाएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ। अर्को सूचना जारी नहुँदासम्मका लागि चार्टर उडान रोक लगाएको उल्लेख गरिएको छ।
यो सबै नेपालीका लागि लागू हुने दूतावासले जनाएको छ। यसअघि जापानले लकडाउनका कारण नेपालमा रोकिएका नेपालीहरुलाई चार्टर उडानमार्फत जापान लगेको थियो।
विमानस्थलबाट आफ्नै निजी सवारीमा गई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई लगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।