काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जनामा कोरोना संक्रमण देखिएको छ।
प्रतिष्ठानका अस्पताल निर्देशक‚ नर्सिङ इन्चार्ज‚ इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ।
हाल उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लगाउने काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ। संक्रमितमध्येकै नर्सिङ इन्चार्ज दाङको लमहीबाट घोराही अस्पतालमा आवातजावत गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।