काठमाडौं- थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ११ बजे जारी सूचना अनुसार प्रदेशका तीन वटा जिल्लामा नयाँ संक्रमित भेटिएका हुन्।
सूचना अनुसार, बाग्लुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा नयाँ संक्रमण पुष्टि भएको हो।
सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको बताइएको छ।
गण्डकी प्रदेशमा शुक्रबार बिहान मात्रै २४ जना नयाँ संक्रमित भेटिएका थिए।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ। त्यस्तै, नेपालभर ७ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।