काठमाडौं- सरकारले गएको जेठ महिनामा ४१ अर्ब २४ रूपैयाँ राजस्व संकलन गरेको छ। लकडाउनको अवधिमा सरकारले लक्ष्यको करिब ५० प्रतिशत राजस्व संकलन गरेको हो।
जेठमा ८६ अर्ब ९७ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो। लकडाउनका कारण अर्थतन्त्र ठप्प हुँदा राजस्व संकलन प्रभावित बनेको छ।
अर्थ मन्त्रालयका अनुसार जेठसम्ममा ६ खर्ब ९२ रूपैयाँ राजस्व संकलन भएको छ।
जेठ मसान्तसम्ममा भन्सारबाट १८ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन भएको छ। कूल संकलनमध्ये ३ अर्ब ३९ करोड रूपैयाँ गैरकर राजस्व संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार जेठ मसान्तमा आन्तरिक राजस्वतर्फ १९ अर्ब ४५ करोड रूपैयाँभन्दा धेरै संकलन भएको छ।
एकातिर सरकारले लकडाउन गरेसँगै आर्थिक क्रियाकलाप बन्द हुँदा राजस्व संकलन प्रभावित भएको छ भने अर्कोतर्फ सर्वोच्च अदालतले कर नउठाउन आदेश दिएका सरकार दबाबमा परेको छ। यद्यपि, यो अवधिमा व्यवसायीले आयकर पनि तिरेका छन्।
जेठ मसान्तसम्ममा ८ अर्ब ४० करोड रूपैयाँ आयकर संकलन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।