काठमाडौं- ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि पर्वत अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द भएको छ।
असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाब परीक्षणमा सो अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो।
‘यस पर्वत अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द रहने व्यहोरा जानकारी गराइन्छ’, अस्पतालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।