काठमाडौं- बिहीबार नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेसँगै कोरोना संक्रमित देशको ६९ औं सूचीमा पुगेको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार २४ घन्टामा ६ सय ७१ संक्रमित थपिएर संख्या ७ हजार ८ सय ४८ पुगेको छ।
कोरोना संक्रमित बढी भएको देशको पहिलो सूचीमा अमेरिका छ। बिहीबारसम्म अमेरिकामा पुष्टि भएका संक्रमितको संख्या २१ लाख ६३ हजार २ सय ९० पुगेको छ। दोस्रोमा ब्राजिलमा ९ लाख ५५ हजार ३ सय ७७ र तेस्रोमा रुसमा ५ लाख ६० हजार २ सय ७९ संक्रमित छन्।
भारत कोरोना संक्रमित बढी भएको देशको चौथो सूचीमा छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा संक्रमितको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ। भारतपछि बेलायत, स्पेन, पेरु, इटली, चिली र इरान छन्।
दक्षिण एसियाली देशमध्ये पाकिस्तान १ लाख ६० हजार १ सय १८ संक्रमितसहित १४ औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।