काठमाडौं- राष्ट्रिय सभाले पनि आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ। बिहीबार अर्थमन्त्री युवराज खतिवडाको प्रस्तावमा संसदको बहुमतले विनियोजन विधेयकलाई पारित गरेको हो। यसअघि प्रतिनिधिसभाले बजेट पारित गरेको थियो।
सरकारको संवैधानिक व्यवस्थाअुनसार जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेका थिए।राष्ट्रियसभामा नेकपा बाहेकका सांसदले विपक्षमा मत दिएका थिए।
अघिल्ला वर्षमा बजेट असारको अन्तिमतिर स्वीकृत हुने भए पनि यसपटक कोरोनाका कारण जेठमै स्वीकृत भएको हो। प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयकलाई राष्ट्रियसभाले १५ दिनभित्र स्वीकृत गरेर पठाउनुपर्ने व्यवस्था छ।
सरकारले बजेटको स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, बाह्य ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २ खर्ब २५ अर्ब लिने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।