काठमाडौं- इंग्लिस क्लब चेल्सीले जर्मन क्लब आरबी लाइपजिगबाट स्ट्राइकर टिमो वेर्नरलाई लैजाने पक्का भएको छ। वेर्नरसँग पाँच वर्षको सम्झौताका लागि सहमति भएको हो।
२४ वर्षका वेर्नर जर्मनमा लिग सकिएपछि जुलाइमा चेल्सीमा आबद्ध हुनेछन्। २०१६ मा लाइपजिगमा आबद्ध भएको वेर्नरले यो सिजन सबै प्रतिस्पर्धामा गरेर ३२ गोल गरेका छन्।
‘म चेल्सीमा आबद्ध हुन पाएकोमा खुसी छु। यस्तो विशेष क्लबमा जोडिन पाउनु मेरा लागि गर्वको कुरा हो। आउने सिजन नयाँ क्लबमा नयाँ साथीहरु, प्रशिक्षक र समर्थकसँगै हुन आतुर छु’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।