काठमाडौं- कर्णालीमा प्रदेशमा थप १ सय २० नयाँ कोरोना संक्रमित देखिएका छन्। योसँगै सो प्रदेशमा कूल संक्रमितहरूको संख्या १ हजार २ सय २४ पुगेको छ।
प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला‚ सुर्खेतमा गरिएको परीक्षणमा थप १ सय २० जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णालीले जनाएको छ। संक्रमितममध्ये ११ जना महिला र अरू पुरूष रहेका छन्।
यसैगरी सबै संक्रमित दैलेख र सुर्खेतका मात्र रहेको मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा दैलेखका ८६ जना रहेका छन् भने सुर्खेतका ३४ रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।