काठमाडौं- नेपालका चार जना फुटबल प्रशिक्षकले एएफसी ए लाइसेन्स कोर्स पूरा गरेका छन्। प्रशिक्षकहरु अनन्त थापा, चेतन घिमिरे, सल्यान खड्गी र युगल किशोर राईले एएफसी ए लाइसेन्स पाएका हुन्।
काठमाडौंमा नै भएको कोर्समा दुई चरणमा जाँच भएका थिए। कोर्स डिसेम्बर १ २०१९ देखि मार्च ८ २०२० सम्म चलेको थियो। विभिन्न २३ प्रशिक्षकहरु सामेल रहेको कोर्सबाट चार प्रशिक्षकले ए लाइसेन्स पाएका हुन्।
यस्तै प्रशिक्षकहरु चुन बहादुर थापा र बसन्त गौचन थकालीले भने एफएफसी ए लाइसेन्स प्रो पास गरेका छन्। प्राक्टिकलमा पास भएका उनीहरु लिखितमा फेल भएका हुन्। उनीहरुले लिखित परीक्षा फेरि दिन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।