काठमाडौं– ओमान र कुवेतबाट २ सय ९९ नेपाली स्वदेश फर्किएका छन्। ओमानबाट १ सय ४९ र कुवेतबाट १ सय ५० नेपाली फर्किएको कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ।
ओमानबाट सलाम एयरमार्फत र कुवेतबाट जजिरा एयरवेजमार्फत उनीहरु स्वदेश फर्किएका हुन्। सिसिएमसीका अनुसार मलेसियाबाट १ सय ५७ यात्रु आज (बिहीबार) नै स्वदेश फर्कँदैछन्।
उनीहरुलाई हिमालय एयरलाइन्सले काठमाडौं ल्याउनेछ। यसअघि मलेसियास्थित विमानस्थलमै महिनौं अलपत्र परेका एक जनालाई स्वदेश फर्काइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।