प्रतीकात्मक फोटो काठमाडौं- विद्युत निमयन आयोगले विद्युतीय सवारी चार्जिङमा लाग्ने विद्युत महशुल तोकेको छ। आयोगले नयाँ महशुल निर्धारण गरेसँगै चार्जिङ स्टेशनमा गाडी चार्ज गर्दा लाग्ने शुल्क बारेको अन्यौलता सकिएको छ।
आयोगले चार्ज गर्ने समय, भोल्टेज, महिना लगायतलाई आधार मानेर शुल्क निर्धारण गरेको हो। आयोगको अनुसार चार्जिङ स्टेशन सञ्चालकले सेवा दिएबापत अधिकतम २० प्रतिशतसम्म मात्र थप गरी महशुल लिन पाउने जनाएको छ। हालसम्म विद्युतीय गाडी चार्ज गरेर शुल्क लिन पाउने व्यवस्था थिएन।
तल्लो भोल्टेज स्तर (२३० देखि ४०० भोल्ट) सम्मको लागि चार्जिङ स्टेशनमा मासिक डिमान्ड शुल्क प्रतिकेभिए २०० र इनर्जी शुल्क प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ९० पैसा आयोगले निर्धारण गरेको छ। माथिल्लो भोल्टेज स्तरको मझौला भोल्टेज (३३ केभी) को लागि मासिक डिमान्ड शुल्क प्रतिकेभिए २३० र इनर्जी शुल्क प्रतिकिलोवाट घण्टा ५ रुपैयाँ ६० पैसा लाग्नेछ।
यसैगरी ११ केभिको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ मासिक डिमान्ड शुल्क प्रतिकेभिए २ सय ५५ र इनर्जी शुल्क प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ८० पैसा तय भएको छ। टिओडी मिटर प्रयोग गर्ने चार्जिङ स्टेशनको हकमा ३३ केभीको डिमाण्ड शुल्क २ सय ३०, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ, राति ११ देखि बिहान ५ बजेसम्म ३ रुपैयाँ ७० पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ५० पैसा लाग्ने व्यवस्था गरिएको छ।
टिओडी मिटर अन्तर्गत ११ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेसनको लागि डिमाण्ड शुल्क २३०, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ १५ पैसा , राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ २० पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ६० पैसा तोकिएको छ। तल्लो भोल्टेज (२३०-४०० भोल्ट) को लागि डिमाण्ड शुल्क २००, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ २५ पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ३० पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ७५ पैसा शुल्क लाग्ने भएको छ।
त्यस्तै आयोगले पुसदेखि चैत महिनासम्मको ३३ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेशनको डिमाण्ड शुल्क २३० रुपैयाँ, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ र राति ११ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ।
त्यस्तै पुसदेखि चैत महिनासम्मको ११ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेशनको डिमाण्ड शुल्क २३० रुपैयाँ, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ १५ पैसा र राति ११ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ। पुसदेखि चैत महिना सम्मको तल्लो भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेशनले डिमाण्ड शुल्क २०० रुपैयाँ, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ २५ पैसा र राति ११ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ७५ पैसा लाग्ने छ।
सार्वजनिक यातायातको हकमा डिमाण्ड शुल्क नलाग्ने उपभोक्ता (अटोम्याटिक स्वाप कार्ड उपयोगकर्ता) सार्वजनिक यातायातको चार्जिङ स्टेशनको हकमा बैशाखदेखि मंसिरसम्म ३३ केभीको इनर्जी शुल्क प्रतिकिलोवाट बिहान ५ देखि राति ११ बजेसम्म ८ रुपैयाँ ४० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ९० पैसा तोकेको छ।
११ केभी प्रयोगकर्ता चार्जिङ स्टेशनको हकमा इनर्जी शुल्क प्रतिकिलोवाट बिहान ५ देखि राति ११ बजेसम्म ८ रुपैयाँ ६० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ। त्यस्तै अन्य भोल्ट अनुसारका बेग्लाबेग्लै शुल्क तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।