सांकेतिक तस्बिर
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकमा यातायात अवरुद्ध भएको छ।
भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई यातायात सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।
त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा–ललितपुर जोड्ने कान्ति राजपथमा पनि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कान्ति राजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनका विभिन्न स्थानमा गएको पहिरो हटाई शुक्रबार अपराह्नसम्ममा यातायात सेवा सञ्चालन गर्नेतर्फ आवश्यक प्राविधिकसहित डोजर खटाइसकेको मकवानपुका प्रजिअ दीपक नेपालले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।