• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

होटलका क्वारेन्टाइन : दैनिक ४ हजार पर्ने कोठामा झिँगा र साङ्लाको रजगज 

माल्दिभ्सबाट फर्किएका भन्छन्–होटलको चर्को शुल्क असुल्न सरकारले पिसिआर गरिदिएन 
64x64
निर्मला घिमिरे बिहीबार, असार ४, २०७७  ०९:५८
1140x725

काठमाडौं– माल्दिभ्सबाट महेश अधिकारीसहित १५४ जना मंगलबार बेलुका साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। 

उनीहरुमध्ये ७ जनासँग पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट थियो। बाँकीसँग आरडिटी वा पिसिआर परीक्षणको रिपोर्ट थिएन। फिट फर ट्राभल (ज्वरो, रुघाखोकी वा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नभएको) भन्ने रिपोर्टमात्र थियो। 

विमानस्थलमा सेनाले पिसिआर रिपोर्ट नेगेटिभ भएकालाई बोलायो । ‘पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरु सिधै होम क्वारेन्टाइनमा जान मिल्ने भन्ने कुराहरु पनि आइरहेका थिए । उनीहरुलाई के गरियो। तर हामीलाई तपाईंहरुसँग दुवै रिपोर्ट नभएकाले जान मिल्दैन, पठाउँदैनौँ भनेर आधा घण्टा विमानस्थलमै रोकियो,’ माल्दिभ्सबाट फर्किएका अधिकारी भन्छन्, ‘सरकारको व्यवस्थापन कस्तो हो अचम्म लाग्यो । नमिल्ने भए हामीलाई किन स्वदेश फर्कन अनुमति दिइयो त ?’

आधा घण्टापछि उनीहरुलाई प्रदेशस्तरीय होल्डिङ सेन्टरमा पुर्‍याइयो। उनी गण्डकी प्रदेशका व्यक्तिका लागि तोकिएको होल्डिङ सेन्टरमा गए। 

‘खाना नखाएको धेरै समय भएको थियो । निकै भोक लागेको थियो। होल्डिङ सेन्टरमा खानाको व्यवस्था नभएपछि हामीले कुरा राख्यौं। तर १५/२० जनालाई पुग्ने खाना ल्याएर टक्रक्क राखियो। भाग पुग्ने जतिले खाए। नपुग्ने भोकै,’  उनले होल्डिङ सेन्टरको कथा सुनाए।

दूतावासले होल्डिङ सेन्टरमै आरडिटी वा पिसिआर परीक्षण हुने भनेर उनीहरुलाई बताएको थियो। तर भनेअनुसार भएन। उनीहरुको परिचय खुल्ने सबै कुरा टिपोट गरियो । सिमकार्ड निः शुल्क उपलब्ध गराइयो। 

यत्तिकैमा होल्डिङ सेन्टरको काम सकियो। अब रह्यो क्वारेन्टाइनको कुरा । 

सरकारले तोकेको प्रदेशस्तरीय क्वारेन्टाइनमा जाने कि होटल क्वारेन्टाइनमा जाने? उनीहरुसँग दुृई विकल्प थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

छिट्टै पिसिआर परीक्षण भइहाल्छ। रिपोर्ट आउन केही दिन लागे पनि होटलमा बढीमा ५ दिन त बस्नुपर्ला, त्यसपछि त रिपोर्ट नेगेटिभ आएपछि पक्कै होम क्वारेन्टाइन जान पाइन्छ भन्ने सोचका साथ उनले होटल क्वारेन्टाइन रोजे । 

उनीजस्तै सबै साथीहरुले होटल क्वारेन्टाइन रोजे । 

केहीले सरकारले तोकेका अन्य क्वारेन्टाइनको अवस्था राम्रो भए हेरेर त्यहीँ बस्नेसमेत सोच बनाए। 

हेरेर फर्कन नपाइने, गएपछि त्यहीँ बस्नुपर्ने सेनाको जबाफ आएपछि उनीहरु होटलमै बस्न तयार भए। 

‘हामीले होटलको लिस्ट हेर्‍यौं, तर जम्मा ३ वटामात्रै होटल थिए । त्यसमा हाम्रो क्षमताअनुसारको सबैभन्दा सस्तो होटल भनेको २ वटा बेड भएको कोठाको एकदिनको शुल्क ४ हजार रहेछ,’ माल्दिभ्सबाट फर्किएका अर्का गोविन्द रेग्मी भन्छन्, ‘दुई जना साथीसँगै बस्ने गरी हामी होटल एयरपोर्ट जान तयार भयौँ ।’ 
‘दुई दिनभित्र हाम्रो पिसिआर परीक्षण भएन भने हामीसँग होटलमा बसेको तिर्न पैसा पुग्दैन। पिसिआर परीक्षण २ दिनमा जसरी पनि हुनुपर्छ’ सबैजसोको एउटै गुनासो  थियो। 

माल्दिभ्सबाट फर्किएकाहरु प्रायः ३ महिना ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर फर्किएका थिए। कतिपयलाई सामान्य अबस्था नहुन्जेलसम्मका लागि भनेर कम्पनीले टिकट काटेर पठाएको थियो भने कतिपय रोजगारी गुमाएका अथवा भिसा अवधि सकिएका पनि थिए। 

महेश भन्छन्, ‘म अलपत्रै परेर फर्किएको त होइन तर पैसा धेरै भएर होटल क्वारेन्टाइनमा बसेको पनि होइन। पिसिआर परीक्षण छिट्टै भइहाल्छ र रिपोर्ट आएपछि होम क्वारेन्टाइनमा जान पाइन्छ भनेर होटल क्वारेन्टाइन रोजेको पिसिआर परीक्षणको कुनै छाँटकाँट छैन।’

सेनाको जवाफ : पिसिआर रिपोर्ट छिट्टै चाहिए मान्छे बोलाउनूस्, १५ हजार बुझाउनूस्

‘पिसिआर परीक्षण कहिले हुन्छ’ भनेर सोध्दा सरकारको सेड्युल मिलाएर १४ दिनभित्र जहिले पनि हुन सक्छ भन्ने जवाफ उनीहरुले पाएका छन्। 

‘सेनाले हामीलाई १५ हजार तिरेर आफैँ पिसिआर परीक्षण गराए छिटो हुने जवाफ पो दियो। मान्छे बोलाएपछि बसेकै ठाउँमा आउँछ रे। तुरुन्त परीक्षण हुन्छ रे,’ महेशले दुखेसो पोखे, ‘भ्रष्ट सरकारले जताततै पैसा असुल्ने सेटिङ मिलाएको रहेछ।’

उनी नयाँ बजारस्थित होटल रिभर होलिडे इनमा साथीसँग बस्छन्। सो होटलमा माल्दिभ्सबाट फर्किएका अन्य साथीहरु पनि छन् । 
कोठा एकदम फोहोर र दुर्गन्धित छ । सादा खाना र कोठाको शुल्क दिनको ३ हजार छ । 

झिँगा र साङ्ला कुद्छन् दैनिक ४ हजारको कोठामा 

अबेर भइसकेको थियो। गोविन्द रेग्मीले सबैभन्दा सस्तो होटल कुन छ भनेर लिस्ट मागे। गण्डकी प्रदेशका लागि भनिएको लिस्टमा ३ वटा होटलमात्रै थिए। सबैको शुल्क चर्को। 

होटल व्यवसायीहरुले उनीसहित केही साथीहरुलाई होटल एयरपोर्टमा लैजाने सुनाए। तर, सिनामंगलकाे  हाेटल तिर लगे। 

होटलमा ३ वटा बेड भएको कोठामा बस्ने भए दैनिक ५ हजार, दुई वटा बेड भएको कोठामा बस्ने भए दैनिक ४ हजार, सिंगल बेड भएको कोठामा बस्ने भए ३ हजार दैनिक शुल्क तोकिएको थियो। 

गोविन्द र उनका अर्का साथी मिलेर २ वटा बेड भएको कोठा लिए। ढोका खोल्दा होटलको कोठा हो कि फोहोर जम्मा गर्ने ठाउँ हो भन्ने छुट्याउन मुस्किल थियो। कतै साङ्ला कुदिरहेका थिए। झिँगा उडिरहेका थिए। 

‘म ४४ वर्षको भएँ त्यस्तो कोठामा ४ हजार तिरेर बसेको पहिलो पटक हो । सरकारले क्वारेन्टाइनको मापदण्डभित्रको व्यवस्थापन नभएका होटललाई कसरी क्वारेन्टाइन बनायो छक्क परेँ,’ गोविन्दले सुनाए। 

कोरोनाको चपेटामा परेर फर्किएकाहरुसँग पनि सरकारले चर्को रकम असुल्न सीमित होटलहरुलाई मात्रै क्वारेन्टाइन तोकेको उनको भनाइ छ। 

पैसा तिर्न सक्नेलाई राम्रो सुविधा पनि छ : महेन्द्र गुरागाइँ, सचिव, सिसिएमसी 

कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का सचिव महेन्द्र गुरागाँइले होटल क्वारेन्टाइनमा बस्नेहरुको सरकारले पिसिआर परीक्षण गरिदिने तर केही दिन लाग्न पनि सक्ने बताए। 

पिसिआर नेगेटिभ आउनेहरु भने होम क्वारेन्टाइनमा जान पाउने उनले बताए। 

होटलमा व्यवस्थापन राम्रो छैन भन्ने कुराहरु आइरहेको छ नि? भन्ने प्रश्नमा उनले पैसा अनुसारको व्यवस्थापन भएको बताए। 

सचिव गुरागाइँले भने, ‘५ सयका होटल पनि छन्, ५ हजारका पनि छन्। पैसा अनुसारको व्यवस्थापन होला मैले पनि हेरेको छैन । उहाँहरुलाई राम्रो लागेन भने त्योभन्दा अलि बढी रकममा सुविधा भएको होटलमा सिफ्ट गरिदिउँला ।’

पैसा तिर्न सक्छु भन्नेलाई ५ तारे होटलहरुमा पनि राख्न सकिने उनले बताए। 

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति महासंघ असन्तुष्ट, असोज ५ देखि आन्दोलन शुक्रबार, असोज २, २०८३
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्