• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

होटलका क्वारेन्टाइन : दैनिक ४ हजार पर्ने कोठामा झिँगा र साङ्लाको रजगज 

माल्दिभ्सबाट फर्किएका भन्छन्–होटलको चर्को शुल्क असुल्न सरकारले पिसिआर गरिदिएन 
64x64
निर्मला घिमिरे बिहीबार, असार ४, २०७७  ०९:५८
1140x725

काठमाडौं– माल्दिभ्सबाट महेश अधिकारीसहित १५४ जना मंगलबार बेलुका साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। 

उनीहरुमध्ये ७ जनासँग पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट थियो। बाँकीसँग आरडिटी वा पिसिआर परीक्षणको रिपोर्ट थिएन। फिट फर ट्राभल (ज्वरो, रुघाखोकी वा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नभएको) भन्ने रिपोर्टमात्र थियो। 

विमानस्थलमा सेनाले पिसिआर रिपोर्ट नेगेटिभ भएकालाई बोलायो । ‘पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरु सिधै होम क्वारेन्टाइनमा जान मिल्ने भन्ने कुराहरु पनि आइरहेका थिए । उनीहरुलाई के गरियो। तर हामीलाई तपाईंहरुसँग दुवै रिपोर्ट नभएकाले जान मिल्दैन, पठाउँदैनौँ भनेर आधा घण्टा विमानस्थलमै रोकियो,’ माल्दिभ्सबाट फर्किएका अधिकारी भन्छन्, ‘सरकारको व्यवस्थापन कस्तो हो अचम्म लाग्यो । नमिल्ने भए हामीलाई किन स्वदेश फर्कन अनुमति दिइयो त ?’

आधा घण्टापछि उनीहरुलाई प्रदेशस्तरीय होल्डिङ सेन्टरमा पुर्‍याइयो। उनी गण्डकी प्रदेशका व्यक्तिका लागि तोकिएको होल्डिङ सेन्टरमा गए। 

‘खाना नखाएको धेरै समय भएको थियो । निकै भोक लागेको थियो। होल्डिङ सेन्टरमा खानाको व्यवस्था नभएपछि हामीले कुरा राख्यौं। तर १५/२० जनालाई पुग्ने खाना ल्याएर टक्रक्क राखियो। भाग पुग्ने जतिले खाए। नपुग्ने भोकै,’  उनले होल्डिङ सेन्टरको कथा सुनाए।

दूतावासले होल्डिङ सेन्टरमै आरडिटी वा पिसिआर परीक्षण हुने भनेर उनीहरुलाई बताएको थियो। तर भनेअनुसार भएन। उनीहरुको परिचय खुल्ने सबै कुरा टिपोट गरियो । सिमकार्ड निः शुल्क उपलब्ध गराइयो। 

यत्तिकैमा होल्डिङ सेन्टरको काम सकियो। अब रह्यो क्वारेन्टाइनको कुरा । 

सरकारले तोकेको प्रदेशस्तरीय क्वारेन्टाइनमा जाने कि होटल क्वारेन्टाइनमा जाने? उनीहरुसँग दुृई विकल्प थिए। 

Ncell 2
Ncell 2

छिट्टै पिसिआर परीक्षण भइहाल्छ। रिपोर्ट आउन केही दिन लागे पनि होटलमा बढीमा ५ दिन त बस्नुपर्ला, त्यसपछि त रिपोर्ट नेगेटिभ आएपछि पक्कै होम क्वारेन्टाइन जान पाइन्छ भन्ने सोचका साथ उनले होटल क्वारेन्टाइन रोजे । 

उनीजस्तै सबै साथीहरुले होटल क्वारेन्टाइन रोजे । 

केहीले सरकारले तोकेका अन्य क्वारेन्टाइनको अवस्था राम्रो भए हेरेर त्यहीँ बस्नेसमेत सोच बनाए। 

हेरेर फर्कन नपाइने, गएपछि त्यहीँ बस्नुपर्ने सेनाको जबाफ आएपछि उनीहरु होटलमै बस्न तयार भए। 

‘हामीले होटलको लिस्ट हेर्‍यौं, तर जम्मा ३ वटामात्रै होटल थिए । त्यसमा हाम्रो क्षमताअनुसारको सबैभन्दा सस्तो होटल भनेको २ वटा बेड भएको कोठाको एकदिनको शुल्क ४ हजार रहेछ,’ माल्दिभ्सबाट फर्किएका अर्का गोविन्द रेग्मी भन्छन्, ‘दुई जना साथीसँगै बस्ने गरी हामी होटल एयरपोर्ट जान तयार भयौँ ।’ 
‘दुई दिनभित्र हाम्रो पिसिआर परीक्षण भएन भने हामीसँग होटलमा बसेको तिर्न पैसा पुग्दैन। पिसिआर परीक्षण २ दिनमा जसरी पनि हुनुपर्छ’ सबैजसोको एउटै गुनासो  थियो। 

माल्दिभ्सबाट फर्किएकाहरु प्रायः ३ महिना ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर फर्किएका थिए। कतिपयलाई सामान्य अबस्था नहुन्जेलसम्मका लागि भनेर कम्पनीले टिकट काटेर पठाएको थियो भने कतिपय रोजगारी गुमाएका अथवा भिसा अवधि सकिएका पनि थिए। 

महेश भन्छन्, ‘म अलपत्रै परेर फर्किएको त होइन तर पैसा धेरै भएर होटल क्वारेन्टाइनमा बसेको पनि होइन। पिसिआर परीक्षण छिट्टै भइहाल्छ र रिपोर्ट आएपछि होम क्वारेन्टाइनमा जान पाइन्छ भनेर होटल क्वारेन्टाइन रोजेको पिसिआर परीक्षणको कुनै छाँटकाँट छैन।’

सेनाको जवाफ : पिसिआर रिपोर्ट छिट्टै चाहिए मान्छे बोलाउनूस्, १५ हजार बुझाउनूस्

‘पिसिआर परीक्षण कहिले हुन्छ’ भनेर सोध्दा सरकारको सेड्युल मिलाएर १४ दिनभित्र जहिले पनि हुन सक्छ भन्ने जवाफ उनीहरुले पाएका छन्। 

‘सेनाले हामीलाई १५ हजार तिरेर आफैँ पिसिआर परीक्षण गराए छिटो हुने जवाफ पो दियो। मान्छे बोलाएपछि बसेकै ठाउँमा आउँछ रे। तुरुन्त परीक्षण हुन्छ रे,’ महेशले दुखेसो पोखे, ‘भ्रष्ट सरकारले जताततै पैसा असुल्ने सेटिङ मिलाएको रहेछ।’

उनी नयाँ बजारस्थित होटल रिभर होलिडे इनमा साथीसँग बस्छन्। सो होटलमा माल्दिभ्सबाट फर्किएका अन्य साथीहरु पनि छन् । 
कोठा एकदम फोहोर र दुर्गन्धित छ । सादा खाना र कोठाको शुल्क दिनको ३ हजार छ । 

झिँगा र साङ्ला कुद्छन् दैनिक ४ हजारको कोठामा 

अबेर भइसकेको थियो। गोविन्द रेग्मीले सबैभन्दा सस्तो होटल कुन छ भनेर लिस्ट मागे। गण्डकी प्रदेशका लागि भनिएको लिस्टमा ३ वटा होटलमात्रै थिए। सबैको शुल्क चर्को। 

होटल व्यवसायीहरुले उनीसहित केही साथीहरुलाई होटल एयरपोर्टमा लैजाने सुनाए। तर, सिनामंगलकाे  हाेटल तिर लगे। 

होटलमा ३ वटा बेड भएको कोठामा बस्ने भए दैनिक ५ हजार, दुई वटा बेड भएको कोठामा बस्ने भए दैनिक ४ हजार, सिंगल बेड भएको कोठामा बस्ने भए ३ हजार दैनिक शुल्क तोकिएको थियो। 

गोविन्द र उनका अर्का साथी मिलेर २ वटा बेड भएको कोठा लिए। ढोका खोल्दा होटलको कोठा हो कि फोहोर जम्मा गर्ने ठाउँ हो भन्ने छुट्याउन मुस्किल थियो। कतै साङ्ला कुदिरहेका थिए। झिँगा उडिरहेका थिए। 

‘म ४४ वर्षको भएँ त्यस्तो कोठामा ४ हजार तिरेर बसेको पहिलो पटक हो । सरकारले क्वारेन्टाइनको मापदण्डभित्रको व्यवस्थापन नभएका होटललाई कसरी क्वारेन्टाइन बनायो छक्क परेँ,’ गोविन्दले सुनाए। 

कोरोनाको चपेटामा परेर फर्किएकाहरुसँग पनि सरकारले चर्को रकम असुल्न सीमित होटलहरुलाई मात्रै क्वारेन्टाइन तोकेको उनको भनाइ छ। 

पैसा तिर्न सक्नेलाई राम्रो सुविधा पनि छ : महेन्द्र गुरागाइँ, सचिव, सिसिएमसी 

कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का सचिव महेन्द्र गुरागाँइले होटल क्वारेन्टाइनमा बस्नेहरुको सरकारले पिसिआर परीक्षण गरिदिने तर केही दिन लाग्न पनि सक्ने बताए। 

पिसिआर नेगेटिभ आउनेहरु भने होम क्वारेन्टाइनमा जान पाउने उनले बताए। 

होटलमा व्यवस्थापन राम्रो छैन भन्ने कुराहरु आइरहेको छ नि? भन्ने प्रश्नमा उनले पैसा अनुसारको व्यवस्थापन भएको बताए। 

सचिव गुरागाइँले भने, ‘५ सयका होटल पनि छन्, ५ हजारका पनि छन्। पैसा अनुसारको व्यवस्थापन होला मैले पनि हेरेको छैन । उहाँहरुलाई राम्रो लागेन भने त्योभन्दा अलि बढी रकममा सुविधा भएको होटलमा सिफ्ट गरिदिउँला ।’

पैसा तिर्न सक्छु भन्नेलाई ५ तारे होटलहरुमा पनि राख्न सकिने उनले बताए। 

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
शंकर पोखरेलको दाबी– रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको छ शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्