• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

धन्न छोडिनँ यो प्रिय संसार

विकल्प विवश बिहीबार, असार ४, २०७७  १८:०२
1140x725

‘बलिउडका कलाकार ‘सुशान्त सिंह राजपुत’ले आत्महत्या गरे रे,’ अफिसमा कुनै सहकर्मीले खबर सुनायो। म स्तब्ध भएँ। आत्महत्या नै जीन्दगीमा आइपर्ने समस्याको समाधान होइन। यस्तै सन्देश दिने चलचित्रमा जसले अभिनय गरे। जसले सारा दुनियाँलाई जित, सफलताभन्दा पर पनि जिन्दगी छ भनेर सन्देश दिने चलचित्रमा अभिनय गरे। आज तिनै नायकले यस्तो गरे। अहँ पत्याइनँ। हो÷होइन यकिन गर्न हतारहतार ट्विटर स्क्रोल गरें। अब नपत्याइरहन सक्ने अवस्था रहेन। टाइमलाइन उनको मृत्युको खबरले भरिइसकेको रहेछ। 

बलिउडको एउटा उदाउँदो कलाकारले यसरी आत्महत्या गर्नैपर्ने कारण कारण चाँहि के? टाइमलाइनमा आत्महत्यासँगै त्यसको कारण लेखिएको थियो, ‘डिप्रेसन।’ म झन् झसंग भएँ। निरन्तर सफल चलचित्रमा अभिनय, बलिउडजस्तो ठूलो चलचित्र उद्योगमा काम गरिरहेको चल्तीको नायकलाई डिप्रेसन? बाहिर ठिकठाक जस्तो देखिने, सहज अवस्थाको मानिस भित्रभित्रै डिप्रेसनमा छैन भन्न सकिन्नँ कि! डिप्रेसनबाट तंग्रिदै गरेको मलाई आत्महत्याको कारण देखेर मन उद्धेलित भयो। के उनले डिप्रेसनबाट गुज्रिरहेको कुरा चिकित्सिक, साथीभाइ र आफन्तलाई जानकारी गराएका थिए? वा उनी आफैंले त्यो कुरा थाहा नपाउँदै भित्रभित्रै यो अवस्थासम्म पुगिसकेका थिए। आखिरमा मानिस डिप्रेसन र आत्महत्याको अवस्थासम्म कसरी पुग्छ? 

गाउँघरमा मेरो जत्तिको नतिजा ल्याउने अधिकांशको रुचिको विषय थियो– कि डाक्टर, कि इन्जिनियर। एसएलसीमा आएको नतिजाले साइन्स छोडेर अरु विषयतिर हेर्नै नहुने भन्ने मानक स्थापित ग¥यो। साइन्समा प्लस टु सकेपछि सरकारीमा नाम ननिस्के पनि प्राइभेटमै इन्जिनियरिङ पढ्नु पर्ने भयो। प्राइभेटमै इन्जिनियरिङ गर्नुपर्ने विभिन्न कारण थिए। तीमध्ये प्रधान कारण थियो, गाउँमा मभन्दा कमजोर भनिएका थुप्रै विद्यार्थीले इन्जियिरिङ गरिरहेकै थिए। साथीभाइ, आफन्त सबैको चाहना इन्जिनियरसम्म त बनोस् भन्ने नै थियो।

१७ वर्षमा नै प्लस २ सकेपछि रुचि अनुसारको करिअर बनाउने भन्ने निर्णय म आफंैले लिन सकिनँ। परीक्षामा आएको नम्बर गौण हो, प्रमुख कुरा आफ्नो रुचि हो भन्ने हिम्मत नै आएन। आफन्त र साथीभाइले इन्जिनियरिङसँगै देखाएका सपना थिए। राम्रो तलब, गाडी, सुविधासम्पन्न जीवन। यी र यस्तै भौतिक सुविधाको ललिपपको अगाडि मेरो सोसल कन्टेक्स्टको इतिहास र समसामयिक राजनीति जान्ने तीव्र इच्छा र चाहना प्रकट हुनै सकेनन्। ती बाहिर कसैसामु भन्ने हिम्मत नहुँदै त्यसै लुप्त भए। कहिल्यै प्रकट हुने अवसर पाएनन्। 

आखिरमा इन्जिनियरिङमा भर्ना भएँ। सुरुवाती दिनमा साथीभाइ र आफन्तले देखाएका सपनाहरु सामुन्ने आउँथे– राम्रो तलब, लक्जरियस जिन्दगी, मान सम्मान इत्यादि। एउटा मिठो सपना बोकेर इन्जिनियरिङको अध्ययन सुरुवात गरें। पढ्दापढ्दै बुढेसकालका आमाबुबाप्रतिको जिम्मेवारी, प्राइभेट कलेजको फी, असाइन्मेन्ट, भाइबहिनीको करियर, आफ्नो जिन्दगी यी र यस्तै कुराहरुले मनमा डेरा जमाइरहन्थ्यो। 

कलेजमा साथीसंगीसँगको संगतबाट स्पष्ट हुन्थ्यो, म तुलनात्मक रुपमा कमजोर वर्गको विद्यार्थी थिएँ। उनीहरु पढाइ सक्ने वित्तिकै विदेश, फलाना विजनेसम्यानको कम्पनीमा बा, काका र मामाले अहिले नै भनिदिएको कुरा गर्थे। म यस्ता कुरा सुनेपछि सोच्थें, मलाई कसले भनिदेला? मेरो त कोही पनि छैन यस्तो ठाउँमा। कलेजमा अर्को हट टपिक हुन्थ्यो, इन्जिनियर पास भए पनि जागिर नपाउने अवस्थाको। 
 
इन्जिनियर पास भएर पनि बेरोजगार हुनुपर्ने कुरा सोच्दासोच्दै मन पढाइतिर जान छोड्यो। पढाइ राम्रो गर्नुपर्छ भन्ने तर मनमा अरु नै कुरा खेलिरहने। थाहै नपाई मनमा कुरा मात्र खेलाएर बस्न थालेको थिएँ। पढाइबाट नजाँनिदो तरिकाले मन बहकिन थालेको थियो। सेमेस्टरका नतिजाले त्यसको वास्तविकता देखाउन थालिसकेको थियो। मनमा एउटा डर थियो। आखिर इन्जिनियरिङ सकेर पनि बेरोजगार हुनुपर्ने हो भने? यी र यस्तै कुराहरुले गर्दा पढाइ यतिसम्म खस्किसकेको थियो कि, ब्याक पेपर नदिनुपर्ने कुनै सेमेस्टर थिएन। घरमा चाहिँ निरन्तर पास भइरहेको भन्थें। बाआमालाई मप्रति यति धेरै विश्वास थियो कि उहाँहरुलाई लाग्थ्यो, म पास नै छु।

यता मलाई एउटा थप चिन्ता थपिन थाल्यो, ब्याक पेपर अन्तिम सेमेस्टरसम्म सकिएन भने मेरो करिअर, बाआमाको मप्रतिको भरोसा, मेरो जिन्दगी। म भित्रभित्रै हारिरहेको थिएँ। साथीहरुसँग बोल्न त बोल्थें तर पनि मलाई विस्तारै एक्लोपनजस्तो महसुस हुन थाल्यो। इन्जिनियरिङको कक्षा सकियो। घरमा छोराले इन्जिनियर बनेर जागिर गर्दै घर हेर्ला भन्ने बुबाआमाको आशा थियो। तर यता मेरो ब्याक पेपर बाँकी नै थियो। 

अन्तिम सेमेस्टरको नतिजा पर्खेको छु भनेर धेरै दिन भन्नसक्ने अवस्था रहेन। होस्टेलको कोठामा भित्रभित्रै गुम्सिएर बसेको ममा एक प्रकारको बेचैनी, उकुसमुकुस भइरहेको थियो। कसैसँग कुरा गर्न मन नलाग्ने, खान मन नलाग्ने, चिटचिट पसिना मात्र आउने हुन थाल्यो। साथीभाइ, आफन्त, यो दुनियाँ सबै बेकार जस्तो महसुस हुन थाल्यो। लाग्थ्यो, यो संसार हुनु र नहुनुसँग मलाई कुनै सरोकार थिएन। म आफैंलाई महसुस हुन सकेको थिएन कि, आखिर म बारम्बार मेरा सपनाहरु र महत्वाकांक्षा सम्झन्थें अनि मेरो वर्तमान। मेरो अगाडि सबै शून्यशून्य झैं लाग्थ्यो। यो संसारमा बाँच्नुको कुनै अर्थ छैन। यस्तै सोच्दै मेरा दिनहरु बित्थे। मेरो शरीर त थियो तर जिउँदो लास जस्तो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो अवस्थाबाट छुटकारा पाउन खोज्थे। म सबै कुरा बिर्सन चाहन्थें। पुरानै अवस्थामा फर्कन चाहन्थें। तर पनि बारम्बार तिनै कुरा मनमा खेलिरहन्थे। जुन घरपरिवार मेरै सहारामा बसेको छ। जसले आफ्नो जीवनमा सारा दुःख कष्टहरु सहेर मेरो सुन्दर भविष्यका खातिर यो सबै गरे उनैलाई कसरी भनुँ म डिप्रेसनबाट ग्रसित छु।

ठ्याक्कै डिप्रेसन हो भन्न पनि गाह्रो पर्ने रहेछ। बेलाबेला हँसमुख देखिन खोज्छु। साथीभाइसँग भेटघाटमा ठिकठाक देखिन धेरै प्रयत्न गर्छु। तर पनि कसोकसो ममा भएको नैराश्यता, कमजोरीपना र लघुताभाष प्रकट भइहाल्थ्यो। सामाजिक सञ्जालमा पोस्ट गरिएका मेरा सामग्रीहरु हेरेर सञ्जालमा जोडिएकाहरुले सहजै अनुमान गर्न सक्थे कि, म कुन अवस्थाबाट गुज्रिरहेको छु।

मेरा नजिकका सहकर्मीहरु बारम्बार सम्झाउँथे। एक–दुई वर्षमा तिमीले ब्याक पेपर कटाइहाल्छौं। त्यसपछि सबै ठिकठाकसँग चलिहाल्छ। अरुले जति सहजै भाषामा सम्झाउछन्, त्यति सजिलो गरी डिप्रेसनमा गएको मानिस तंग्रिने अवस्था नहुने रहेछ। उनीहरुले सम्झाउँदासम्म र साथमा रहेर कुरा गर्दासम्म मात्र हो जस्तो लाग्ने रै छ। एक्लै हुँदा पुरानै कुरा मनमा खेलिरहने। मन भुलाउन छोटाछोटा भिडियोसम्म हेर्थें। तर लामो फिल्ममा म एकाग्र हुन नसक्ने अवस्थामा थिएँ। 

एक दिन साउने झरीमा एकाबिहानै भिज्दै बागमतीको किनारैकिनार हिँडिरहें। नदीमा हाम फाल्ने र नफाल्ने बीचको द्विविधाले एकाध किलोमिटर नदीको कोरिडोर हिँडिरहें। बुढेसकालका बाआमा र भाइबहिनीको यादले बेस्सरी सतायो। फेरि फर्केर होस्टेल आएँ। एक दिन मानसिक डाक्टरसँग गएर सल्लाह लिएँ। उनले पनि ३० मिनेट जति काउन्सिलिङ गरिन्। उनी सामु रहँदा होजस्तो लाग्ने, हस्पिटलबाट बाहिर आउँदा समस्या ज्यूँका त्यूँ। मैले आफ्नो लागि बाँच्ने रहर मारिसकेको थिएँ। तर २२ वर्षे कलिलो छोराले डिप्रेसनबाट आत्महत्या ग¥यो भन्ने सुनेपछि बाआमा र कलिला भाइबहिनीको हालत के होला? आत्महत्याको सोच र यस्तो कुरा पटकपटक मथिंगलमा सँगै आउन थाल्यो। ३–४ महिनासम्म यस्तै अवस्थाबाट गुज्रिरहें। डाक्टरले लेखिदिएको औषधि एकाध दिन खाएर छोडिदिएँ। मनोवैज्ञानिक रुपमा आफूलाई सबल बनाउनतिर लागें। अब मलाई साँच्चै यो समस्याबाट पार पाउनु थियो। 

एक वर्षको अवधिमा केही ब्याक पेपर कट्यो। सिनियर ब्याचको दाइले आफ्नो चिनेको ठाममा काममा लगाइदिनु भयो। अलिअलि गर्दै काममा व्यस्त हुन थालें। अब दिउँसोको समय त जसोतसो बित्थ्यो। तर राति मनमा उही कुरा खेलाउन छोडेको थिइनँ। यद्यपि आत्महत्या नै गर्ने मनस्थिति भने विस्तारै हटाइसकेको थिएँ। समस्याबाट छुटकारा पाउँ जस्तो लाग्थ्यो तर नजानिँदो तरिकाले त्यसैमा अल्झिन्थें। आभाष त हुन्थ्यो तर केही गर्न नसक्ने अवस्थामा थिएँ।

सातौं वर्ष पुग्दा जसोतसो इन्जिनियरिङ सकें। विस्तारै अलिकति बढी तलब आउने ठाउँमा काम गर्न थालें। गत वर्ष स्थानीय तहमा इन्जिनियरिङ क्षेत्रमा विज्ञापन खुल्यो। इन्जिनियरमा असफल भए पनि सब इन्जिनियरमा सिफारिस भएँ। 

सरकारी कर्मचारीको न्यून तलब त जगजाहेर छ। सदाचारी त बच्चैदेखि छु। खैर अचेल इन्जिनियरिङ सुरु गर्दाताका पहाडबाट सहरमा घर, गाडी, बाआमालाई सुख चयनमा राख्ने, भाइबहिनीको करिअर, धुमधाम साथ बिहे, बिहेको भब्य पार्टी, यी र यस्ता रहरहरु मैले बागमतीमै सेलाएर बसेको छु। बाआमालाई गाउँमै हलो, कुटो, कोदालो ठिक छ। भाइबहिनीले सरकारीमै न्यून फी लाग्ने विषय जसोतसो आफ्नै मिहिनेतले पढिराखेकै छन्। मलाई पैदल नै ठिक छ।

अब मैले आफ्ना सबै महत्वाकांक्षा विस्तारै घटाउँदै लग्ने निर्णय गरें। सबैभन्दा बाहिरी दुनियाँमा अरुले गरेको तडकभडकबाट टाढा रहन खोज्छु। विस्तारै डिप्रेसनबाट ठिक अवस्थामा आइपुगेको छु। तर पूर्ण रुपमा ठिक भइसके जस्तो लाग्दैन। कहिलेकाहीँ एकान्तपन र राति अनिन्द्राले सताउँछ। फेरि सोच्छु, यहाँसम्म आइपुगिसकें, अब त के नै होला र? 

नजानिँदो गरी डिप्रेसनको सिकार भएर मैले थाहा पाएँ, डिप्रेसन धेरै कुराले लाग्छ। त्योमध्ये एउटा कारण हो, अनावश्यक महात्वाकांक्षा। आफ्नो करिअर र त्यसपछिको जिन्दगीलाई लिएर राखिने थुप्रै आकांक्षाले भित्रभित्रै थुप्रै युवालाई डिप्रेसनको सिकार बनाएको छ। मैले पनि विस्तारै महत्वाकांक्षा बिर्सिएर यथार्थमा बाँचेर रमाउने प्रयत्न गरिरहेको छु। 

म जसोतसो डिप्रेसनलाई जित्दैछु। अचेल लाग्न थालेको छ, बेकारमा यति सुन्दर संसार, आमाबा, साथीभाइ छोड्न पो लागेको रहेछु। 

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गृहमन्त्री गुरुङको दाबी– ‘यो देशमा फेरि गोली चल्न दिन्नँ’
१५औं महाधिवेशनलाई हल उपलब्ध गराउन सभागृहलाई कांग्रेसले पठायो पत्र
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
गृहमन्त्री गुरुङको दाबी– ‘यो देशमा फेरि गोली चल्न दिन्नँ’ मंगलबार, भदौ २३, २०८३
१५औं महाधिवेशनलाई हल उपलब्ध गराउन सभागृहलाई कांग्रेसले पठायो पत्र मंगलबार, भदौ २३, २०८३
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित मंगलबार, भदौ २३, २०८३
सरकारविरुद्ध बोलेपछि जेनजी दिवसको कार्यक्रममै प्रहरीले समात्यो जेनजी आन्दोलनका घाइते मंगलबार, भदौ २३, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्