• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

धन्न छोडिनँ यो प्रिय संसार

विकल्प विवश बिहीबार, असार ४, २०७७  १८:०२
1140x725

‘बलिउडका कलाकार ‘सुशान्त सिंह राजपुत’ले आत्महत्या गरे रे,’ अफिसमा कुनै सहकर्मीले खबर सुनायो। म स्तब्ध भएँ। आत्महत्या नै जीन्दगीमा आइपर्ने समस्याको समाधान होइन। यस्तै सन्देश दिने चलचित्रमा जसले अभिनय गरे। जसले सारा दुनियाँलाई जित, सफलताभन्दा पर पनि जिन्दगी छ भनेर सन्देश दिने चलचित्रमा अभिनय गरे। आज तिनै नायकले यस्तो गरे। अहँ पत्याइनँ। हो÷होइन यकिन गर्न हतारहतार ट्विटर स्क्रोल गरें। अब नपत्याइरहन सक्ने अवस्था रहेन। टाइमलाइन उनको मृत्युको खबरले भरिइसकेको रहेछ। 

बलिउडको एउटा उदाउँदो कलाकारले यसरी आत्महत्या गर्नैपर्ने कारण कारण चाँहि के? टाइमलाइनमा आत्महत्यासँगै त्यसको कारण लेखिएको थियो, ‘डिप्रेसन।’ म झन् झसंग भएँ। निरन्तर सफल चलचित्रमा अभिनय, बलिउडजस्तो ठूलो चलचित्र उद्योगमा काम गरिरहेको चल्तीको नायकलाई डिप्रेसन? बाहिर ठिकठाक जस्तो देखिने, सहज अवस्थाको मानिस भित्रभित्रै डिप्रेसनमा छैन भन्न सकिन्नँ कि! डिप्रेसनबाट तंग्रिदै गरेको मलाई आत्महत्याको कारण देखेर मन उद्धेलित भयो। के उनले डिप्रेसनबाट गुज्रिरहेको कुरा चिकित्सिक, साथीभाइ र आफन्तलाई जानकारी गराएका थिए? वा उनी आफैंले त्यो कुरा थाहा नपाउँदै भित्रभित्रै यो अवस्थासम्म पुगिसकेका थिए। आखिरमा मानिस डिप्रेसन र आत्महत्याको अवस्थासम्म कसरी पुग्छ? 

गाउँघरमा मेरो जत्तिको नतिजा ल्याउने अधिकांशको रुचिको विषय थियो– कि डाक्टर, कि इन्जिनियर। एसएलसीमा आएको नतिजाले साइन्स छोडेर अरु विषयतिर हेर्नै नहुने भन्ने मानक स्थापित ग¥यो। साइन्समा प्लस टु सकेपछि सरकारीमा नाम ननिस्के पनि प्राइभेटमै इन्जिनियरिङ पढ्नु पर्ने भयो। प्राइभेटमै इन्जिनियरिङ गर्नुपर्ने विभिन्न कारण थिए। तीमध्ये प्रधान कारण थियो, गाउँमा मभन्दा कमजोर भनिएका थुप्रै विद्यार्थीले इन्जियिरिङ गरिरहेकै थिए। साथीभाइ, आफन्त सबैको चाहना इन्जिनियरसम्म त बनोस् भन्ने नै थियो।

१७ वर्षमा नै प्लस २ सकेपछि रुचि अनुसारको करिअर बनाउने भन्ने निर्णय म आफंैले लिन सकिनँ। परीक्षामा आएको नम्बर गौण हो, प्रमुख कुरा आफ्नो रुचि हो भन्ने हिम्मत नै आएन। आफन्त र साथीभाइले इन्जिनियरिङसँगै देखाएका सपना थिए। राम्रो तलब, गाडी, सुविधासम्पन्न जीवन। यी र यस्तै भौतिक सुविधाको ललिपपको अगाडि मेरो सोसल कन्टेक्स्टको इतिहास र समसामयिक राजनीति जान्ने तीव्र इच्छा र चाहना प्रकट हुनै सकेनन्। ती बाहिर कसैसामु भन्ने हिम्मत नहुँदै त्यसै लुप्त भए। कहिल्यै प्रकट हुने अवसर पाएनन्। 

आखिरमा इन्जिनियरिङमा भर्ना भएँ। सुरुवाती दिनमा साथीभाइ र आफन्तले देखाएका सपनाहरु सामुन्ने आउँथे– राम्रो तलब, लक्जरियस जिन्दगी, मान सम्मान इत्यादि। एउटा मिठो सपना बोकेर इन्जिनियरिङको अध्ययन सुरुवात गरें। पढ्दापढ्दै बुढेसकालका आमाबुबाप्रतिको जिम्मेवारी, प्राइभेट कलेजको फी, असाइन्मेन्ट, भाइबहिनीको करियर, आफ्नो जिन्दगी यी र यस्तै कुराहरुले मनमा डेरा जमाइरहन्थ्यो। 

कलेजमा साथीसंगीसँगको संगतबाट स्पष्ट हुन्थ्यो, म तुलनात्मक रुपमा कमजोर वर्गको विद्यार्थी थिएँ। उनीहरु पढाइ सक्ने वित्तिकै विदेश, फलाना विजनेसम्यानको कम्पनीमा बा, काका र मामाले अहिले नै भनिदिएको कुरा गर्थे। म यस्ता कुरा सुनेपछि सोच्थें, मलाई कसले भनिदेला? मेरो त कोही पनि छैन यस्तो ठाउँमा। कलेजमा अर्को हट टपिक हुन्थ्यो, इन्जिनियर पास भए पनि जागिर नपाउने अवस्थाको। 
 
इन्जिनियर पास भएर पनि बेरोजगार हुनुपर्ने कुरा सोच्दासोच्दै मन पढाइतिर जान छोड्यो। पढाइ राम्रो गर्नुपर्छ भन्ने तर मनमा अरु नै कुरा खेलिरहने। थाहै नपाई मनमा कुरा मात्र खेलाएर बस्न थालेको थिएँ। पढाइबाट नजाँनिदो तरिकाले मन बहकिन थालेको थियो। सेमेस्टरका नतिजाले त्यसको वास्तविकता देखाउन थालिसकेको थियो। मनमा एउटा डर थियो। आखिर इन्जिनियरिङ सकेर पनि बेरोजगार हुनुपर्ने हो भने? यी र यस्तै कुराहरुले गर्दा पढाइ यतिसम्म खस्किसकेको थियो कि, ब्याक पेपर नदिनुपर्ने कुनै सेमेस्टर थिएन। घरमा चाहिँ निरन्तर पास भइरहेको भन्थें। बाआमालाई मप्रति यति धेरै विश्वास थियो कि उहाँहरुलाई लाग्थ्यो, म पास नै छु।

यता मलाई एउटा थप चिन्ता थपिन थाल्यो, ब्याक पेपर अन्तिम सेमेस्टरसम्म सकिएन भने मेरो करिअर, बाआमाको मप्रतिको भरोसा, मेरो जिन्दगी। म भित्रभित्रै हारिरहेको थिएँ। साथीहरुसँग बोल्न त बोल्थें तर पनि मलाई विस्तारै एक्लोपनजस्तो महसुस हुन थाल्यो। इन्जिनियरिङको कक्षा सकियो। घरमा छोराले इन्जिनियर बनेर जागिर गर्दै घर हेर्ला भन्ने बुबाआमाको आशा थियो। तर यता मेरो ब्याक पेपर बाँकी नै थियो। 

अन्तिम सेमेस्टरको नतिजा पर्खेको छु भनेर धेरै दिन भन्नसक्ने अवस्था रहेन। होस्टेलको कोठामा भित्रभित्रै गुम्सिएर बसेको ममा एक प्रकारको बेचैनी, उकुसमुकुस भइरहेको थियो। कसैसँग कुरा गर्न मन नलाग्ने, खान मन नलाग्ने, चिटचिट पसिना मात्र आउने हुन थाल्यो। साथीभाइ, आफन्त, यो दुनियाँ सबै बेकार जस्तो महसुस हुन थाल्यो। लाग्थ्यो, यो संसार हुनु र नहुनुसँग मलाई कुनै सरोकार थिएन। म आफैंलाई महसुस हुन सकेको थिएन कि, आखिर म बारम्बार मेरा सपनाहरु र महत्वाकांक्षा सम्झन्थें अनि मेरो वर्तमान। मेरो अगाडि सबै शून्यशून्य झैं लाग्थ्यो। यो संसारमा बाँच्नुको कुनै अर्थ छैन। यस्तै सोच्दै मेरा दिनहरु बित्थे। मेरो शरीर त थियो तर जिउँदो लास जस्तो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो अवस्थाबाट छुटकारा पाउन खोज्थे। म सबै कुरा बिर्सन चाहन्थें। पुरानै अवस्थामा फर्कन चाहन्थें। तर पनि बारम्बार तिनै कुरा मनमा खेलिरहन्थे। जुन घरपरिवार मेरै सहारामा बसेको छ। जसले आफ्नो जीवनमा सारा दुःख कष्टहरु सहेर मेरो सुन्दर भविष्यका खातिर यो सबै गरे उनैलाई कसरी भनुँ म डिप्रेसनबाट ग्रसित छु।

ठ्याक्कै डिप्रेसन हो भन्न पनि गाह्रो पर्ने रहेछ। बेलाबेला हँसमुख देखिन खोज्छु। साथीभाइसँग भेटघाटमा ठिकठाक देखिन धेरै प्रयत्न गर्छु। तर पनि कसोकसो ममा भएको नैराश्यता, कमजोरीपना र लघुताभाष प्रकट भइहाल्थ्यो। सामाजिक सञ्जालमा पोस्ट गरिएका मेरा सामग्रीहरु हेरेर सञ्जालमा जोडिएकाहरुले सहजै अनुमान गर्न सक्थे कि, म कुन अवस्थाबाट गुज्रिरहेको छु।

मेरा नजिकका सहकर्मीहरु बारम्बार सम्झाउँथे। एक–दुई वर्षमा तिमीले ब्याक पेपर कटाइहाल्छौं। त्यसपछि सबै ठिकठाकसँग चलिहाल्छ। अरुले जति सहजै भाषामा सम्झाउछन्, त्यति सजिलो गरी डिप्रेसनमा गएको मानिस तंग्रिने अवस्था नहुने रहेछ। उनीहरुले सम्झाउँदासम्म र साथमा रहेर कुरा गर्दासम्म मात्र हो जस्तो लाग्ने रै छ। एक्लै हुँदा पुरानै कुरा मनमा खेलिरहने। मन भुलाउन छोटाछोटा भिडियोसम्म हेर्थें। तर लामो फिल्ममा म एकाग्र हुन नसक्ने अवस्थामा थिएँ। 

एक दिन साउने झरीमा एकाबिहानै भिज्दै बागमतीको किनारैकिनार हिँडिरहें। नदीमा हाम फाल्ने र नफाल्ने बीचको द्विविधाले एकाध किलोमिटर नदीको कोरिडोर हिँडिरहें। बुढेसकालका बाआमा र भाइबहिनीको यादले बेस्सरी सतायो। फेरि फर्केर होस्टेल आएँ। एक दिन मानसिक डाक्टरसँग गएर सल्लाह लिएँ। उनले पनि ३० मिनेट जति काउन्सिलिङ गरिन्। उनी सामु रहँदा होजस्तो लाग्ने, हस्पिटलबाट बाहिर आउँदा समस्या ज्यूँका त्यूँ। मैले आफ्नो लागि बाँच्ने रहर मारिसकेको थिएँ। तर २२ वर्षे कलिलो छोराले डिप्रेसनबाट आत्महत्या ग¥यो भन्ने सुनेपछि बाआमा र कलिला भाइबहिनीको हालत के होला? आत्महत्याको सोच र यस्तो कुरा पटकपटक मथिंगलमा सँगै आउन थाल्यो। ३–४ महिनासम्म यस्तै अवस्थाबाट गुज्रिरहें। डाक्टरले लेखिदिएको औषधि एकाध दिन खाएर छोडिदिएँ। मनोवैज्ञानिक रुपमा आफूलाई सबल बनाउनतिर लागें। अब मलाई साँच्चै यो समस्याबाट पार पाउनु थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक वर्षको अवधिमा केही ब्याक पेपर कट्यो। सिनियर ब्याचको दाइले आफ्नो चिनेको ठाममा काममा लगाइदिनु भयो। अलिअलि गर्दै काममा व्यस्त हुन थालें। अब दिउँसोको समय त जसोतसो बित्थ्यो। तर राति मनमा उही कुरा खेलाउन छोडेको थिइनँ। यद्यपि आत्महत्या नै गर्ने मनस्थिति भने विस्तारै हटाइसकेको थिएँ। समस्याबाट छुटकारा पाउँ जस्तो लाग्थ्यो तर नजानिँदो तरिकाले त्यसैमा अल्झिन्थें। आभाष त हुन्थ्यो तर केही गर्न नसक्ने अवस्थामा थिएँ।

सातौं वर्ष पुग्दा जसोतसो इन्जिनियरिङ सकें। विस्तारै अलिकति बढी तलब आउने ठाउँमा काम गर्न थालें। गत वर्ष स्थानीय तहमा इन्जिनियरिङ क्षेत्रमा विज्ञापन खुल्यो। इन्जिनियरमा असफल भए पनि सब इन्जिनियरमा सिफारिस भएँ। 

सरकारी कर्मचारीको न्यून तलब त जगजाहेर छ। सदाचारी त बच्चैदेखि छु। खैर अचेल इन्जिनियरिङ सुरु गर्दाताका पहाडबाट सहरमा घर, गाडी, बाआमालाई सुख चयनमा राख्ने, भाइबहिनीको करिअर, धुमधाम साथ बिहे, बिहेको भब्य पार्टी, यी र यस्ता रहरहरु मैले बागमतीमै सेलाएर बसेको छु। बाआमालाई गाउँमै हलो, कुटो, कोदालो ठिक छ। भाइबहिनीले सरकारीमै न्यून फी लाग्ने विषय जसोतसो आफ्नै मिहिनेतले पढिराखेकै छन्। मलाई पैदल नै ठिक छ।

अब मैले आफ्ना सबै महत्वाकांक्षा विस्तारै घटाउँदै लग्ने निर्णय गरें। सबैभन्दा बाहिरी दुनियाँमा अरुले गरेको तडकभडकबाट टाढा रहन खोज्छु। विस्तारै डिप्रेसनबाट ठिक अवस्थामा आइपुगेको छु। तर पूर्ण रुपमा ठिक भइसके जस्तो लाग्दैन। कहिलेकाहीँ एकान्तपन र राति अनिन्द्राले सताउँछ। फेरि सोच्छु, यहाँसम्म आइपुगिसकें, अब त के नै होला र? 

नजानिँदो गरी डिप्रेसनको सिकार भएर मैले थाहा पाएँ, डिप्रेसन धेरै कुराले लाग्छ। त्योमध्ये एउटा कारण हो, अनावश्यक महात्वाकांक्षा। आफ्नो करिअर र त्यसपछिको जिन्दगीलाई लिएर राखिने थुप्रै आकांक्षाले भित्रभित्रै थुप्रै युवालाई डिप्रेसनको सिकार बनाएको छ। मैले पनि विस्तारै महत्वाकांक्षा बिर्सिएर यथार्थमा बाँचेर रमाउने प्रयत्न गरिरहेको छु। 

म जसोतसो डिप्रेसनलाई जित्दैछु। अचेल लाग्न थालेको छ, बेकारमा यति सुन्दर संसार, आमाबा, साथीभाइ छोड्न पो लागेको रहेछु। 

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्