• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विदेशबाट फर्काइए ११ सय १० नेपाली, कहाँ छन् उनीहरु?

64x64
निर्मला घिमिरे सोमबार, असार १, २०७७  २०:२६
1140x725
म्यानमारबाट फर्किएका नपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

काठमाडौं- भारतबाहेक तेस्रो मुलुकबाट हालसम्म १ हजार १ सय १० नेपाली स्वदेश फर्किएका छन्। सेनाका अनुसार जेठ २२ गतेदेखि असार १ गतेसम्म १ हजार १ सय १० नेपाली स्वदेश फर्काइएको हो। सबैभन्दा पहिला जेठ २२ गते मलेसियाबाट १ जना नेपाली उद्धार गरिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। 

त्यसपछि दोस्रो पटक जेठ २३ गते म्यानमारबाट २६ नेपाली स्वदेश फर्किएका हुन्। जेठ २३ गते नै युनाईटेड अरब इमिरेट्स (युएई) बाट एक बालकसहित १६९ जना र जापानबाट ७ जना , जेठ २७ गते अस्टेलियाबाट ११ जना फर्किएका हुन्। 

जेठ २९ गते कुवेतबाट २ वटा फ्लाईट मार्फत (१५० र १४९ ) गरेर २९९ जना, जेठ ३० गते कुवेतबाट १४९ जना, जापानबाट ६ जना, जेठ ३२ गते अपगानिस्थानबाट १८ जना र बंगलादेशबाट २५८ जना स्वदेश फर्किएका हुन्। त्यस्तै असार १ गते ओमानबाट १६६ नेपाली स्वदेश फर्किएका छन्। 

हङकङबाट बिना खबर फर्किए ७ जना
असार १ गते सोमबार नै हङकङबाट ७ जना नेपाली स्वदेश फर्किएका छन्। सम्बन्धित निकायलाई जानकारी नै नदिई नेपाल फर्किएका उनीहरुको व्यवस्थापनमा समेत कठिनाई भएको सेना प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। 

कहाँ छन् विदेशबाट फर्किएका ११ सय १०? 
गत जेठ २३ गते म्यानमारबाट फर्किएका २६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ। २ जनालाई प्रदेश नम्बर १, बागमती प्रदेशस्थित होम क्वारेन्टाइनमा २१ जना, गण्डकी प्रदेशमा १ र प्रदेश ५ स्थित होम क्वारेन्टाइनमा २ जनालाई पठाइएको छ। 

पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ भएका उनीहरुलाई विमानस्थलबाट होल्डिङ सेन्टरमा र होल्डिङ सेन्टरबाट होम क्वारेन्टाइनमा पठाइएको हो।  २३ गते नै जापानबाट फर्किएका ७ जनामध्ये ३ जना प्रदेश १ को क्वारेन्टाइन तथा ४ जना गण्डकी प्रदेशको क्वारेन्टाइनमा पठाइएको छ। 

जेठ २३ एयर अरेबिया जहाज चार्टरमार्फत संयुक्त अरब इमिरेट्स युएईबाट फर्र्किएका एक बालकसहित १६९ मध्ये ३९ जनालाई नम्बर १ को प्रदेशस्तरीय क्वारेन्टाइनमा राखिएको छ। 

प्रदेश २ का क्वारेन्टाइनमा २० जना, बाग्मती प्रदेशको क्वारेन्टाइनमा ३८ जना, गण्डकी प्रदेशस्थित क्वारेन्टाइनमा २१ जना, प्रदेश ५ को क्वारेन्टाइनमा २४ जना कर्णाली प्रदेशको क्वारेन्टाइनमा २ जना र सुदुरपश्चिम प्रदेशस्थित क्वारेन्टाइनमा  १२ जना राखिएको छ। बाँकी १३ जनालाई उपत्यकाका विभिन्न क्वारेन्टाइनमा राखिएको सीएमसीसीले जनाएको छ।  

Ncell 2
Ncell 2

काठमाडौं मुलपानीस्थित क्वारेन्टाइनमा रहेकी एक महिलामा कोरोना पुष्टि भएको छ। युएईमा आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएकी महिलामा नेपालमा परीक्षण गर्दा कोरोना देखिएको कोरोना संकट व्यवस्थापन केन्द्रका सचिव महेन्द्र गुरागाँइले जानकारी दिए। उनी हाल पाटन अस्पतालको आइसोलेसनमा उपचाररत छन्। 

जेठ २७ गते अस्ट्रेलियाबाट फर्किएका ११ जनामध्ये २ जना प्रदेश ५ स्थित क्वारेन्टाइनमा पठाइएको छ। ९ जना उपत्यकाका विभिन्न होटल क्वारेन्टाइनमा राखिएको छ। 

जेठ २९ गते कुवेतबाट फर्किएका २९९ मध्ये ९२ जनालाई प्रदेश १ स्थित स्थानीय क्वारेन्टाइनमा पठाइएको छ, १० जना प्रदेश नम्बर २, ४७ जना बाग्मती प्रदेश १० जना गण्डकी प्रदेश, ५१ जना प्रदेश ५, १५ जना कर्णाली प्रदेश र २ जना सुदुरपश्चिम प्रदेशस्थित क्वारेन्टाइनमा पठाइएको छ। बाँकी ७२ जनालाई उपत्यकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ। 

कुवेतबाट फर्किएका १४९ उपत्यकाका क्वारेन्टाइनमा 
जेठ ३० गते कुवेतबाट फर्किएका १४९ लाई उपत्यकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ। उनीहरुमध्ये प्रदेश नम्बर १ का ३७ जना, प्रदेश २ का ३ जना, गण्डकी प्रदेशका ३२ जना, प्रदेश ५ का २६ जना र कर्णाली प्रदेशका ५ जनालाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएको छ। बागमती प्रदेशका ४५ जनालाई भने सिभिल स्टाफ कलेज जाउलाखेल क्वारेन्टाइनमा राखिएको छ।

सोही दिन फर्किएकी एक महिलामा कोरोना पुष्टि भएसँगै उनी टेकु अस्पतालमा उपचाररत छन्। बाँकीलाई प्रदेश स्तरीय क्वारेन्टाइनमा पठाइएको उल्लेख गरिएको छ। ३० गते नै जापानबाट फर्किएका ६ जनामध्ये २ जनालाई हरिसिद्धि क्यान्सर अस्पताल र बाँकीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ। 

अफगानिस्तानबाट फर्किएका १८ जना होटलमा 
अफगानिस्तानबाट जेठ ३२ गते (युएन चार्टर फ्लाईटबाट ) फर्किएका १८ जना लाई बुढानिलकण्ठस्थित  होटल पार्क भिलेजमा उनीहरुलाई राखिएको छ। 

बंगलादेशबाट फर्किए २५८
जेठ ३२ गते बंगलादेशबाट फर्किएका २५८ मध्ये प्रदेश नम्बर १ का २१ जना, प्रदेश नम्बर २ का ५८ जना, बाग्मती प्रदेशको १३४ जना, गण्डकी प्रदेश १७ जना , प्रदेश नम्बर ५ को १५ जना। कर्णाली प्रदेशको ६ जना, सुदुरपश्चिम प्रदेशको ७ जना रहेका छन्। 

बाग्मती प्रदेशका १३४ मध्ये ८ जना उपत्यकाका होटल क्वारेन्टाइनमा १२६ होम क्वारेन्टाइनमा राखिएको छ। गण्डकी प्रदेशका १७ जना मध्ये १० जना  सम्बन्धीत प्रदेशमा पठाइएको छ भने बाँकी ७ जना जना काठमाडौंस्थित होम क्वारेन्टाइनमा राखिएको छ। अन्य प्रदेशकालाई होटल क्वारेन्टाइनमा राखिएको छ। 

होम क्वारेन्टाइनमा ओमानबाट आएका १६६
सोमबार ओमानबाट स्वदेश फर्किएका १६६ सँग पीसिआर परीक्षणको नेगेटिभ रिपोर्ट भएका कारण होम क्वारेन्टाइनमा पठाइएको सेनाले जनाएको छ।पीसिआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा लिएर आउनेहरुलाई होम क्वारेन्टाइनमा लैजाने आदेश प्राप्त भएको सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले बताए। 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  २०:२६
  • #बिदेशबाट-फर्काइएका-नेपाली
  • #Returnee

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्