• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कर्णाली प्रदेशले ल्यायो पौने ३४ अर्बको बजेट, कुन क्षेत्रमा कति?

64x64
अरुण सापकोटा सोमबार, असार १, २०७७  १६:४८
1140x725

काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ३३ अर्ब ७४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कुल विनियोजनमध्ये पुँजीगत खर्च १९ अर्ब ६ करोड रूपैयाँ र चालु खर्च ११ अर्ब ६७ करोड रूपैयाँ हुनेछ। कोभिड नियन्त्रण रोकथाम र उपचारका लागि ८७ करोड ४१ लाख, रोजगार तर्फका कार्यक्रममा दुई ५८ करोड र अन्य कार्यक्रम तथा प्रशासनिक खर्च ८ अर्ब ५१ करोड विनियोजन गरेका छन्।  

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च वेहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ३० करोड ६ लाख ५३ हजार, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम ११ अर्ब १९ करोड ९ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब ६३ करोड लाख र सशर्त अनुदानबाट चार अर्ब ४९ करोड ११ लाख परिचालन गर्ने भएको छ। त्यसैगरि नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान वापित २५ करोड २५ लाख र विशेष अनुदान वापत ४६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ। साथै वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रममा १ करोड ६८ लाख १५ हजार परिचालन हुनेछ।

कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६ प्रतिशतले हुने लक्ष्य लिएको छ। प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ५० करोड रूपैयाँको कोष स्थापना गर्ने भएको छ। सरकारले प्रत्येक जिल्लामा विपद् व्यवस्थापन समितिमार्फत ५० लाख रूपैयाँको दरले ५ करोड रूपैयाँ उपलब्ध गराएको छ। राहत क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि स्थानीय तहहरूलाई १८ करोड २० लाख रूपैयाँ उपलब्ध गराएको छ। 

कर्णाली प्रदेशले कोभिड १९ रोकथाम नियन्त्रण र उपचारको लागि स्थापित व्यवस्थापन कोषमा प्रदेश सरकारको तर्फबाट ५० करोड र विभिन्न संस्थाहरूबाट २ करोड २४ लाख ३५ हजार ५ सय ६९ रूपैयाँ जम्मा गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन्।  यसका लागि हालसम्म कर्णाली प्रदेशले २५ करोड ६७ लाख रूपैयाँ खर्च गरेको छ। 

चालु आर्थिक वर्षमा कोभिड १९ को कारणले पुँजीगत खर्च र राजस्व संकलन दुवै प्रभावित भएको प्रकाश ज्वालाले बजेट वक्तव्यमा उल्लेख गरेका छन्। पुँजीगत खर्च ४९ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ। त्यस्तै राजस्व संकलनको वार्षिक लक्ष्यको ८५ प्रतिशत अर्थात २९ करोड रूपैयाँ हुने अनुमान रहेको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने क्रममा अर्थमन्त्री ज्वालाले कोभिड १९ बाट सिर्जित महामारी  र सम्माभावित भोकमरीबाट जनतालाई जोगाउदै समृद्ध नेपाल‚ सुखी नेपालीको राष्ट्रिय आकांक्षा अनुरूपत समृद्ध कर्णाली सुखारी कर्णालीबासीको प्रदेशको दीर्घकालिन सोच साकार पार्न बजेट तयार पारिएको उनले जनाएका छन्। 

सार्वजनिक खर्चमा मितव्ययीता अपनाउने गरि बजेट विनियोजन गरिएको ज्वालाले जनाएका छन्। संघिय सरकारबाट वित्तीय समानीकरण अनुदान वापत ९ अर्ब ६३ रकोड २९ लाख रूपैयाँ, सशर्त अनुदान वापत ४ अर्ब ४९ करोड रूपैयाँ, संघ र प्रदेशको सहलगानीमा सञ्चालन हुने आयोजनाको लागि समपुरक अनुदान वापत २५ करोड २५ लाख तथा विशेष अनुदान कार्यक्रममा ४६ करोड बजेट सिमा प्राप्त भएको ज्वालले जनाएका छन्। 

आन्तरिक स्रोतको साँघुरो दायरा र संघ मार्फत प्राप्त हुने आर्थिक स्रोतमा संकुचन भएता पनि संघियता सन्तुलन सहकार्य समन्वय र साझेदारीको मर्मलाई उच्च महत्व दिदै स्थानीय तहमा प्रदेश सरकारबाछ हुने वित्त हस्तान्तरणमा वृद्धि गरिएको ज्वालाले जनाएका छन्। 

Xtrem
Xtrem

कर्णाली प्रदेशले आफ्ना स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान तर्फ ८० करोड रूपैयाँ हस्तान्तरण गरेको छ। राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगको मापदण्डका आधारमा राजस्व बाँडफाँट गरि स्थानीय तहमा उपलब्ध गराउने ज्वालाले जनाएका छन्। कर्णाली प्रदेशले स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रमका लागि सशर्त अनुदानतर्फ ६६ करोड रूपैयाँ हस्तान्तरण हुने व्यवस्था गरेको छ। 

त्यस्तै स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रममा समपुरक अनुदानतर्फ एक अर्ब ५ करोड ८० लाख हस्तान्तरण हुने व्यवस्था गरिएको छ।  विशेष अनुदान अन्तर्गत ३५ करोड २५ लाख रूपैयाँ स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था गरिएको छ। कर्णाली प्रदेशले प्रदेश र स्थानीय तहको समन्वयमा हुने कार्यक्रमको लागि दुई अर्ब ९९ करोड रूपैयाँ विनियोजन गरेको छ।  

बजेटले समेटेका क्षेत्रहरू 
    तत्कालीन रूपमा कोभिड १९ नियन्त्रण र दीर्घकालिन रूपमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण गरि गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताको लागि कर्णाली प्रदेशले दुई अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको छ। 
    प्रदेश सरकारले पनि कोभिड १९ ले मृत्यु भएकालाई एक लाख रूपैयाँ दिने भएको छ। प्रदेश अस्पतालमा २०० आइसोलेसन वेड, ४० सघन उपाचार कक्ष र २० भेन्टिलेटर सहितका विशेष सघन उपाचार कक्षा बनाउने भएको छ। 
    स्थानीय स्तरमा कोभिड १९ सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा स्वास्थ्य स्यंसेविकालाई परिचालन गर्न उनिहरूलाई प्रोत्साहन गर्न ४ करोड रूपैयाँ विनियोजन गरेका छन्। 
    कोभिडको महामारीबाट प्रदेश भित्रका कृषि बन उद्योग निर्माण एवं रोजगारी लगायतका आर्थिक गतिविधिमा आएको शिथिलता र विदेश तथा प्रदेश वाहिरा रहेका नागरिक घर फिर्ता भएकोले हुन सक्ने खाद्य संघट नियन्त्रणका लागि आधारभूत खद्यान्न खरिद तथा ढुवानीका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    दुर्गम क्षेत्र सहित प्रदेशका सबै जिल्लामा पठन पाठन सुचारु गर्ने क्रममा भर्चुअल रिसोर्स सेन्टरका लागि ११ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कोभिड १९ को रोकथामको क्रममा खटिएका स्वास्थ्यकर्मीहरूलाई शुरु तलबको बराबर र सुरक्षाकर्मी र सवारी चालकहरूको सुरु तलबको ५० प्रतिशत मासिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। 
    कोभिड १९ केन्द्रित स्वास्थ्य खाद्यान्न र शिक्षाका उल्लिखित कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ५० करोड ५८ लाखको कोष परिचालन गर्ने भएको छ। 
    सुर्खेत स्थित प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षण अस्पतालको रूपमा विकास गर्न आवस्यक भौतिक पुर्वाधार र स्वास्थ्य उपकरणका लागि १३ करोड ४५ लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    डोल्पा जिल्ला अस्पतालको भवन निर्माणका लागि १० करोड सहित जिल्ला अस्पतालको पुर्वाधार विकासका लागि २२ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कर्णालीमा ट्रमा अस्पताल निर्माणको लागि एक करोड ४० लाख रूपैयाँ विनियोजन गरिएको छ।
    आधारभुत खाद्य सुरक्षाको लागि अत्यावश्यक खाद्या वस्तु खरिद ढुवानी र भण्डारण समेतका प्रस्तुत कार्यक्रमका लागि ५५ करोड रूपैयाँ विनियोजन गरेको छ। 
    कर्णाली प्रेदशले महामारी र भोकमारीबाट बचाउन आधारभुत आर्थिक पक्षमा सवलताको अभिवृद्धि गर्न आफ्नो गाँउ आत्मनिर्भर बनाउ अभियानका साथ उत्पादन र उद्यमशिलताको विकास लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री ज्वालाले उल्लेख गरेका छन्। 
    प्रदेश भित्रको विकासमा क्षेत्रीइ सन्तुलन काय गर्न र विकासमा जनप्रतिनिधिको जिम्मेवारी र स्वामित्व अभिवृद्धि गर्का लागि रोजगारमूलक पुर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्नका लागि एक अर्ब २० करोड रूपैया विनियोजन गरिएको छ। 
    खाना नाना र छाना कार्यक्रम सञ्चालनका लागि २० करोड रूपैयाँ विनियोजन गरिएको छ।
    पूर्वाधार विकासलाई थप जनमैत्री र रोजगारमुलक बनाउन एक करोड सम्मका आयोजनाको कार्यान्वयन गर्दा मेशिन उपकरणको प्रयोग नगरी मानव श्रमको माध्यमबाट आय आर्जन अभिवृद्धि गरि जनताको जीवनस्तरमा सुधार गरिने भएको छ। 
    नेपाल सरकारसँगको समन्वयमा कोभिड १९ को कराणले गम्भिर असर परेका उद्योग होटल रेष्टुरेन्ट लगायतका व्यवसायको पुर्नसञ्चालनको लागि उचित सहुलियत दिइने कर्णाली प्रदेशले घोषणा गरेको छ। 
    रोजगारीका अवसर वृद्धि र विकासलाई सँगै अघि बढाउने कार्यक्रम सञ्चालनका लागि ६ अर्ब ५४ करोड रूपैया विनियोजन गरिएको छ। 
    गण्डकी प्रदेशले उन्नत जातका स्याउ ओखर किवि सुन्तला र कागती जस्ता फलफुलका विरुवा खरिद र वितरण एवं उन्नत जातका पशुपंक्षी खरिद गरि पशुनश्ल सुधार गर्न २७ करोड रूपैयाँ विनियोजन गरेको छ।  
    एक स्थानिइ तह एक उत्पादन विशेष कार्यक्रमका लागि २७ करोड ६५ लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    मेरो किसान मेरो अन्नदाता कार्यक्रमका लागि ८ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कृषिमा उत्पादकत्व बढाउनका लागि सिञ्चाइ कार्यक्रम सञ्चालनका लागि ३५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    भुमि तथा कृषि विकास ‍लगायतका कार्यक्रम सञ्चालन गर्न दुई अर्ब ७० करोड रूपैयाँ विनियोजन गरिएको ज्वालले घोषणा गरेको छ। 
    प्रदेश सरकारले उद्योग ग्राम स्थापना गर्नका लागि ७ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    जैविक मल र जैविक विषादी कारखाना स्थापनाको लागि दुई करोड विनियोजन गरिएको छ
    घरेलु तथा साना उद्योगको विकासका लागि सीप र प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न ५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    स्थानीय उत्पादनमा आम नागरिकको रुची वस्तुको गुणस्तर बजार पँहुच वृद्धि गर्न वीरेन्द्रनगरमा कर्णाली कोशेली घर निर्माण गर्न एक करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    रोजगारमूलक तालिम सञ्चालन गर्न ६ करोड १५ लाख रूपैयाँ विनियोजन गरिएको छ
    अर्थमन्त्री ज्वालाले उद्योग तथा वाणिज्य क्षेत्रका कार्यक्रमका लागि ४७ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    जडिबुटीको प्रवर्द्धन तथा विकास कार्यक्रमका लागि ६ करोड रूपैयाँ विनियोजन गरिएको छ
    जडिबुटीको नर्जसरीको लागि दुई करोड १० लाख रूपैयाँ विनियोजन गरिएको छ
    एक वडा एक पोखरीका कार्यक्रममा लागि ११ करोड रूपैयाँ विनियोजन गरिएको छ
    बन भुसंरक्षण र वातावरण क्षेत्रका उल्लिखित कार्यक्रमका लागि ज्वालाले ८१ करोड रूपैयाँ विनियोजन गरेका छन्। 
    सुर्खेत विमास्थलको विस्तार र स्तरोन्नतिका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    सबै जिल्लामा प्रमुख पर्यटकीय गन्तव्य विकासका लागि पुर्वाधारण निर्माण गर्न १० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    हवाई सेवा र पर्यटक क्षेत्रका उल्लिखित कार्यक्रमका लागि मैले ७३ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    मध्यपश्चित विश्वविद्यालयमा भइरोलोजी ल्याब स्थापना गर्न १० करोड रूपैयाँ विनियोजन गरेको छ। 
    हिमाली र विकट पहाडी क्षेत्रमा आवासिय विद्यालय निर्माणका लागि २८ करोड १० लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    कर्णाली प्रदेशका दुर्गम पहाडी र हिमाली जिल्लामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सँग समझदारी गरि ज्ञान र सीप सँगै स्वआर्जन गर्नका लागि ४ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कमजोर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न २ करोड रूपैयाँ विनियोजन गरिएको छ
    शिक्षा क्षेत्रका कार्यक्रम कार्यान्वयनका लागि ८९ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    दलित महिला आयआर्जन कार्यक्रमको लागि २० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    युवा परिचालन र खेलकुद विकासका लागि १५ करोड ६० लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रममा एक अर्ब ६० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    प्रदेश सरकारबाट सञ्चालित लोकप्रीय जनता सडक कार्यक्रम अन्तर्गतका निर्माणाधिन आयोजनाका लागि एक अर्ब ४२ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    स्थानीय सडक निर्माणको लागि १५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    सडक यातायातको विकास कार्यक्रमका लागि ५ अर्ब ७९ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    सिंचाइ विकास तथा नदी नियन्त्रण कार्यकालागि एक अर्ब ७३ करोड रूपैया विनियोजन गरिएको छ। 
    विद्युत सेवा नपुगेका स्थानहरूमा ग्रामीण विद्युतीकरण तथा सौर्य वायु वायोग्यास जस्ता बैकल्पिक उर्जा र लघु जलविद्युत आयोजनाको माध्यमबाट विद्युत सेवा उपलब्ध गराउन कर्णाली उज्यालो कार्यक्रम सञ्चालनका लागि २५ करोड रूपैयाँ विनियोजन गरिएको छ।
    ऊर्जा विकास एवं ग्रामिण विद्युतीकरण कार्यक्रमका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    प्रदेश राजधानीको एकिकृत विकासका लागि ५१ करोड विनियोजन गरिएको छ।
    एकिकृत वस्ती विकास तथा सामाजिक रूपान्तरण कार्यक्रम सञ्चालनका लागि २५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    गम्भीर सडक दुर्घटनामा परेकालाई जीवन रक्षाका लागि २ करोड रूपैयाँ विनियोजन गरिएको छ
    सुर्खेत लगायतका जिल्लामा ७०७१ सालको बाढीले पिडितलाई आवास निर्माण कार्य सम्पन्न गर्न ५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कर्णाली आकस्मिक कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ। राहात सहयोगका लागि नागरिक राहात कोष स्थापना तथा कार्यक्रम सञ्चालनका लागि एक करोड रूपैयाँ विनियोजन गरिएको छ।  
    विपद् व्यवस्थापन र पुनर्स्थापनाका लागि १२ करोड २० लाख रूपैयाँ विनियोजन गरिएको छ। 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्