• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कर्णाली प्रदेशले ल्यायो पौने ३४ अर्बको बजेट, कुन क्षेत्रमा कति?

64x64
अरुण सापकोटा सोमबार, असार १, २०७७  १६:४८
1140x725

काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ३३ अर्ब ७४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कुल विनियोजनमध्ये पुँजीगत खर्च १९ अर्ब ६ करोड रूपैयाँ र चालु खर्च ११ अर्ब ६७ करोड रूपैयाँ हुनेछ। कोभिड नियन्त्रण रोकथाम र उपचारका लागि ८७ करोड ४१ लाख, रोजगार तर्फका कार्यक्रममा दुई ५८ करोड र अन्य कार्यक्रम तथा प्रशासनिक खर्च ८ अर्ब ५१ करोड विनियोजन गरेका छन्।  

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च वेहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ३० करोड ६ लाख ५३ हजार, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम ११ अर्ब १९ करोड ९ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब ६३ करोड लाख र सशर्त अनुदानबाट चार अर्ब ४९ करोड ११ लाख परिचालन गर्ने भएको छ। त्यसैगरि नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान वापित २५ करोड २५ लाख र विशेष अनुदान वापत ४६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ। साथै वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रममा १ करोड ६८ लाख १५ हजार परिचालन हुनेछ।

कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६ प्रतिशतले हुने लक्ष्य लिएको छ। प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ५० करोड रूपैयाँको कोष स्थापना गर्ने भएको छ। सरकारले प्रत्येक जिल्लामा विपद् व्यवस्थापन समितिमार्फत ५० लाख रूपैयाँको दरले ५ करोड रूपैयाँ उपलब्ध गराएको छ। राहत क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि स्थानीय तहहरूलाई १८ करोड २० लाख रूपैयाँ उपलब्ध गराएको छ। 

कर्णाली प्रदेशले कोभिड १९ रोकथाम नियन्त्रण र उपचारको लागि स्थापित व्यवस्थापन कोषमा प्रदेश सरकारको तर्फबाट ५० करोड र विभिन्न संस्थाहरूबाट २ करोड २४ लाख ३५ हजार ५ सय ६९ रूपैयाँ जम्मा गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन्।  यसका लागि हालसम्म कर्णाली प्रदेशले २५ करोड ६७ लाख रूपैयाँ खर्च गरेको छ। 

चालु आर्थिक वर्षमा कोभिड १९ को कारणले पुँजीगत खर्च र राजस्व संकलन दुवै प्रभावित भएको प्रकाश ज्वालाले बजेट वक्तव्यमा उल्लेख गरेका छन्। पुँजीगत खर्च ४९ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ। त्यस्तै राजस्व संकलनको वार्षिक लक्ष्यको ८५ प्रतिशत अर्थात २९ करोड रूपैयाँ हुने अनुमान रहेको छ।  

Ncell 2
Ncell 2

आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने क्रममा अर्थमन्त्री ज्वालाले कोभिड १९ बाट सिर्जित महामारी  र सम्माभावित भोकमरीबाट जनतालाई जोगाउदै समृद्ध नेपाल‚ सुखी नेपालीको राष्ट्रिय आकांक्षा अनुरूपत समृद्ध कर्णाली सुखारी कर्णालीबासीको प्रदेशको दीर्घकालिन सोच साकार पार्न बजेट तयार पारिएको उनले जनाएका छन्। 

सार्वजनिक खर्चमा मितव्ययीता अपनाउने गरि बजेट विनियोजन गरिएको ज्वालाले जनाएका छन्। संघिय सरकारबाट वित्तीय समानीकरण अनुदान वापत ९ अर्ब ६३ रकोड २९ लाख रूपैयाँ, सशर्त अनुदान वापत ४ अर्ब ४९ करोड रूपैयाँ, संघ र प्रदेशको सहलगानीमा सञ्चालन हुने आयोजनाको लागि समपुरक अनुदान वापत २५ करोड २५ लाख तथा विशेष अनुदान कार्यक्रममा ४६ करोड बजेट सिमा प्राप्त भएको ज्वालले जनाएका छन्। 

आन्तरिक स्रोतको साँघुरो दायरा र संघ मार्फत प्राप्त हुने आर्थिक स्रोतमा संकुचन भएता पनि संघियता सन्तुलन सहकार्य समन्वय र साझेदारीको मर्मलाई उच्च महत्व दिदै स्थानीय तहमा प्रदेश सरकारबाछ हुने वित्त हस्तान्तरणमा वृद्धि गरिएको ज्वालाले जनाएका छन्। 

कर्णाली प्रदेशले आफ्ना स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान तर्फ ८० करोड रूपैयाँ हस्तान्तरण गरेको छ। राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगको मापदण्डका आधारमा राजस्व बाँडफाँट गरि स्थानीय तहमा उपलब्ध गराउने ज्वालाले जनाएका छन्। कर्णाली प्रदेशले स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रमका लागि सशर्त अनुदानतर्फ ६६ करोड रूपैयाँ हस्तान्तरण हुने व्यवस्था गरेको छ। 

त्यस्तै स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रममा समपुरक अनुदानतर्फ एक अर्ब ५ करोड ८० लाख हस्तान्तरण हुने व्यवस्था गरिएको छ।  विशेष अनुदान अन्तर्गत ३५ करोड २५ लाख रूपैयाँ स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था गरिएको छ। कर्णाली प्रदेशले प्रदेश र स्थानीय तहको समन्वयमा हुने कार्यक्रमको लागि दुई अर्ब ९९ करोड रूपैयाँ विनियोजन गरेको छ।  

बजेटले समेटेका क्षेत्रहरू 
    तत्कालीन रूपमा कोभिड १९ नियन्त्रण र दीर्घकालिन रूपमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण गरि गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताको लागि कर्णाली प्रदेशले दुई अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको छ। 
    प्रदेश सरकारले पनि कोभिड १९ ले मृत्यु भएकालाई एक लाख रूपैयाँ दिने भएको छ। प्रदेश अस्पतालमा २०० आइसोलेसन वेड, ४० सघन उपाचार कक्ष र २० भेन्टिलेटर सहितका विशेष सघन उपाचार कक्षा बनाउने भएको छ। 
    स्थानीय स्तरमा कोभिड १९ सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा स्वास्थ्य स्यंसेविकालाई परिचालन गर्न उनिहरूलाई प्रोत्साहन गर्न ४ करोड रूपैयाँ विनियोजन गरेका छन्। 
    कोभिडको महामारीबाट प्रदेश भित्रका कृषि बन उद्योग निर्माण एवं रोजगारी लगायतका आर्थिक गतिविधिमा आएको शिथिलता र विदेश तथा प्रदेश वाहिरा रहेका नागरिक घर फिर्ता भएकोले हुन सक्ने खाद्य संघट नियन्त्रणका लागि आधारभूत खद्यान्न खरिद तथा ढुवानीका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    दुर्गम क्षेत्र सहित प्रदेशका सबै जिल्लामा पठन पाठन सुचारु गर्ने क्रममा भर्चुअल रिसोर्स सेन्टरका लागि ११ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कोभिड १९ को रोकथामको क्रममा खटिएका स्वास्थ्यकर्मीहरूलाई शुरु तलबको बराबर र सुरक्षाकर्मी र सवारी चालकहरूको सुरु तलबको ५० प्रतिशत मासिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। 
    कोभिड १९ केन्द्रित स्वास्थ्य खाद्यान्न र शिक्षाका उल्लिखित कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ५० करोड ५८ लाखको कोष परिचालन गर्ने भएको छ। 
    सुर्खेत स्थित प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षण अस्पतालको रूपमा विकास गर्न आवस्यक भौतिक पुर्वाधार र स्वास्थ्य उपकरणका लागि १३ करोड ४५ लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    डोल्पा जिल्ला अस्पतालको भवन निर्माणका लागि १० करोड सहित जिल्ला अस्पतालको पुर्वाधार विकासका लागि २२ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कर्णालीमा ट्रमा अस्पताल निर्माणको लागि एक करोड ४० लाख रूपैयाँ विनियोजन गरिएको छ।
    आधारभुत खाद्य सुरक्षाको लागि अत्यावश्यक खाद्या वस्तु खरिद ढुवानी र भण्डारण समेतका प्रस्तुत कार्यक्रमका लागि ५५ करोड रूपैयाँ विनियोजन गरेको छ। 
    कर्णाली प्रेदशले महामारी र भोकमारीबाट बचाउन आधारभुत आर्थिक पक्षमा सवलताको अभिवृद्धि गर्न आफ्नो गाँउ आत्मनिर्भर बनाउ अभियानका साथ उत्पादन र उद्यमशिलताको विकास लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री ज्वालाले उल्लेख गरेका छन्। 
    प्रदेश भित्रको विकासमा क्षेत्रीइ सन्तुलन काय गर्न र विकासमा जनप्रतिनिधिको जिम्मेवारी र स्वामित्व अभिवृद्धि गर्का लागि रोजगारमूलक पुर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्नका लागि एक अर्ब २० करोड रूपैया विनियोजन गरिएको छ। 
    खाना नाना र छाना कार्यक्रम सञ्चालनका लागि २० करोड रूपैयाँ विनियोजन गरिएको छ।
    पूर्वाधार विकासलाई थप जनमैत्री र रोजगारमुलक बनाउन एक करोड सम्मका आयोजनाको कार्यान्वयन गर्दा मेशिन उपकरणको प्रयोग नगरी मानव श्रमको माध्यमबाट आय आर्जन अभिवृद्धि गरि जनताको जीवनस्तरमा सुधार गरिने भएको छ। 
    नेपाल सरकारसँगको समन्वयमा कोभिड १९ को कराणले गम्भिर असर परेका उद्योग होटल रेष्टुरेन्ट लगायतका व्यवसायको पुर्नसञ्चालनको लागि उचित सहुलियत दिइने कर्णाली प्रदेशले घोषणा गरेको छ। 
    रोजगारीका अवसर वृद्धि र विकासलाई सँगै अघि बढाउने कार्यक्रम सञ्चालनका लागि ६ अर्ब ५४ करोड रूपैया विनियोजन गरिएको छ। 
    गण्डकी प्रदेशले उन्नत जातका स्याउ ओखर किवि सुन्तला र कागती जस्ता फलफुलका विरुवा खरिद र वितरण एवं उन्नत जातका पशुपंक्षी खरिद गरि पशुनश्ल सुधार गर्न २७ करोड रूपैयाँ विनियोजन गरेको छ।  
    एक स्थानिइ तह एक उत्पादन विशेष कार्यक्रमका लागि २७ करोड ६५ लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    मेरो किसान मेरो अन्नदाता कार्यक्रमका लागि ८ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कृषिमा उत्पादकत्व बढाउनका लागि सिञ्चाइ कार्यक्रम सञ्चालनका लागि ३५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    भुमि तथा कृषि विकास ‍लगायतका कार्यक्रम सञ्चालन गर्न दुई अर्ब ७० करोड रूपैयाँ विनियोजन गरिएको ज्वालले घोषणा गरेको छ। 
    प्रदेश सरकारले उद्योग ग्राम स्थापना गर्नका लागि ७ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    जैविक मल र जैविक विषादी कारखाना स्थापनाको लागि दुई करोड विनियोजन गरिएको छ
    घरेलु तथा साना उद्योगको विकासका लागि सीप र प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न ५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    स्थानीय उत्पादनमा आम नागरिकको रुची वस्तुको गुणस्तर बजार पँहुच वृद्धि गर्न वीरेन्द्रनगरमा कर्णाली कोशेली घर निर्माण गर्न एक करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    रोजगारमूलक तालिम सञ्चालन गर्न ६ करोड १५ लाख रूपैयाँ विनियोजन गरिएको छ
    अर्थमन्त्री ज्वालाले उद्योग तथा वाणिज्य क्षेत्रका कार्यक्रमका लागि ४७ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    जडिबुटीको प्रवर्द्धन तथा विकास कार्यक्रमका लागि ६ करोड रूपैयाँ विनियोजन गरिएको छ
    जडिबुटीको नर्जसरीको लागि दुई करोड १० लाख रूपैयाँ विनियोजन गरिएको छ
    एक वडा एक पोखरीका कार्यक्रममा लागि ११ करोड रूपैयाँ विनियोजन गरिएको छ
    बन भुसंरक्षण र वातावरण क्षेत्रका उल्लिखित कार्यक्रमका लागि ज्वालाले ८१ करोड रूपैयाँ विनियोजन गरेका छन्। 
    सुर्खेत विमास्थलको विस्तार र स्तरोन्नतिका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    सबै जिल्लामा प्रमुख पर्यटकीय गन्तव्य विकासका लागि पुर्वाधारण निर्माण गर्न १० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    हवाई सेवा र पर्यटक क्षेत्रका उल्लिखित कार्यक्रमका लागि मैले ७३ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    मध्यपश्चित विश्वविद्यालयमा भइरोलोजी ल्याब स्थापना गर्न १० करोड रूपैयाँ विनियोजन गरेको छ। 
    हिमाली र विकट पहाडी क्षेत्रमा आवासिय विद्यालय निर्माणका लागि २८ करोड १० लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    कर्णाली प्रदेशका दुर्गम पहाडी र हिमाली जिल्लामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सँग समझदारी गरि ज्ञान र सीप सँगै स्वआर्जन गर्नका लागि ४ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कमजोर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न २ करोड रूपैयाँ विनियोजन गरिएको छ
    शिक्षा क्षेत्रका कार्यक्रम कार्यान्वयनका लागि ८९ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    दलित महिला आयआर्जन कार्यक्रमको लागि २० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    युवा परिचालन र खेलकुद विकासका लागि १५ करोड ६० लाख रूपैयाँ विनियोजन गरिएको छ। 
    खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रममा एक अर्ब ६० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    प्रदेश सरकारबाट सञ्चालित लोकप्रीय जनता सडक कार्यक्रम अन्तर्गतका निर्माणाधिन आयोजनाका लागि एक अर्ब ४२ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    स्थानीय सडक निर्माणको लागि १५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    सडक यातायातको विकास कार्यक्रमका लागि ५ अर्ब ७९ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    सिंचाइ विकास तथा नदी नियन्त्रण कार्यकालागि एक अर्ब ७३ करोड रूपैया विनियोजन गरिएको छ। 
    विद्युत सेवा नपुगेका स्थानहरूमा ग्रामीण विद्युतीकरण तथा सौर्य वायु वायोग्यास जस्ता बैकल्पिक उर्जा र लघु जलविद्युत आयोजनाको माध्यमबाट विद्युत सेवा उपलब्ध गराउन कर्णाली उज्यालो कार्यक्रम सञ्चालनका लागि २५ करोड रूपैयाँ विनियोजन गरिएको छ।
    ऊर्जा विकास एवं ग्रामिण विद्युतीकरण कार्यक्रमका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    प्रदेश राजधानीको एकिकृत विकासका लागि ५१ करोड विनियोजन गरिएको छ।
    एकिकृत वस्ती विकास तथा सामाजिक रूपान्तरण कार्यक्रम सञ्चालनका लागि २५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    गम्भीर सडक दुर्घटनामा परेकालाई जीवन रक्षाका लागि २ करोड रूपैयाँ विनियोजन गरिएको छ
    सुर्खेत लगायतका जिल्लामा ७०७१ सालको बाढीले पिडितलाई आवास निर्माण कार्य सम्पन्न गर्न ५ करोड रूपैयाँ विनियोजन गरिएको छ। 
    कर्णाली आकस्मिक कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ। राहात सहयोगका लागि नागरिक राहात कोष स्थापना तथा कार्यक्रम सञ्चालनका लागि एक करोड रूपैयाँ विनियोजन गरिएको छ।  
    विपद् व्यवस्थापन र पुनर्स्थापनाका लागि १२ करोड २० लाख रूपैयाँ विनियोजन गरिएको छ। 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ। बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपै... बिहीबार, मंसिर २५, २०८२
सेयर बजारमा गिरावट, ७९ कम्पनीको मूल्य बढ्यो बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन... बुधबार, मंसिर २४, २०८२
आज १८ दिनका लागि ४० अर्ब झिक्दै राष्ट्र बैंक सोही क्रममा आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १८ दिनका लागि उक्त रकम झिक्न लागेको हो। बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
एनपीएल २: विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा बिहीबार, मंसिर २५, २०८२
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने बिहीबार, मंसिर २५, २०८२
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्