• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भन्सारमा किन दोहोरिन्छ ‘मानवीय त्रुटि’ ?

64x64
सविन मिश्र सोमबार, असार १, २०७७  ०९:५०
1140x725

काठमाडौं- गत माघमा अमेरिकी ब्राण्ड टेस्लाका दुई गाडी नेपाल भित्रिए। आधिकारिक बिक्रेताले मात्रै सवारी साधन आयात गर्नुपर्ने त्यतिबेलाको व्यवस्था विपरित भित्रिएका ती गाडी भन्सार जाँचपासपछि काठमाडौं ल्याउन खोज्दा धादिङबाट फर्काइयो। अहिले पनि ती गाडी वीरगञ्जमै छन्।

जेठ १४ गते अर्को विलासी ब्राण्ड बिएमडब्लूको सेभेन सिरिज कार नेपाल भित्रियो। यो कार जाँचपासका क्रममा कानुनविपरित कर छुट दिइयो। आयातकर्ताले ६० प्रतिशत अन्त:शुल्क तिर्नुपर्नेमा ३० प्रतिशत मात्रै तिर्‍यो। नेपाल लाइभले यो विषय बाहिर ल्याएपछि आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले भन्सारबाट कार छुटाएको १८ दिनपछि थप कर तिरेको छ।

यी दुई प्रतिनिधि घटनाले भन्सारमा दोहोरिएका त्रुटिलाई प्रष्ट देखाएको छ। सामान्यता 'ग्रिन च्यानल'बाट आयात हुने सवारी साधनमा नै यस्तो समस्या दोहोरिएपछि प्रश्न उठेको छ, अन्य सामान जाँचपास कति विश्वसनीय छ?

बिएमडब्लूको विषयमा नेपाल लाइभमा प्रकाशित समाचार उल्लेख गर्दै सांसद देवेन्द्रराज कँडेलले आइतबार प्रतिनिधिसभा बैठकमा प्रश्न उठाए, कानुन विपरित कसरी गाडी छुटे? उनले यो घटना गम्भीर भएको भन्दै दोषिमाथि कारबाहीको माग पनि गरे। 

अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ विधयेकमाथि जवाफ दिने पालो आइतबार नै थियो। आफ्नो जवाफका क्रममा खतिवडाले मानवीय त्रुटिले आयातकर्ताले एउटा गाडीको कम राजस्व तिरेको भन्दै छुट असुली भइसकेको जानकारी गराएका छन्। 

बिएमडब्लू आयातमा तिर्नुपर्ने कर नतिरिएको विषय बाहिरिएपछि आयातकर्ताले ६३ लाख रूपैयाँ थप कर तिरेको छ, तर यसले भन्सारको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। भन्सार जाँचपास प्रक्रिया विश्वसनीय छ?

भन्सार विभागका महानिर्देशक सुमन एक/दुई घटनालाई लिएर सामान्यीकरण गर्नु उचित नहुने बताउँछन्। 'कहिलेकाँही कामको धेरै चाप हुँदा सामान्य त्रुटि हुन सक्छ, तर हामीसँग यति बलियो संयन्त्र छ कि त्यसले सम्पूर्ण प्रक्रियाको मिहीन अध्ययन गर्दछ र कतै कमजोरी भए तत्काल सच्याउँछ’, दाहालले भने, 'भन्सारको आन्तरिक लेखापरीक्षण र जाँचपास परीक्षणमार्फत त्यस्ता कमजोरीलाई सच्याउने काम नियमितरूपमा भइरहेको छ। अहिले बाहिर आएको घटनाले हामीलाई अझै प्रभावकारी ढंगले काम गर्न प्रेरित गरेको छ।'

कसरी हुन्छ जाँचपास?
आयातित सामानलाई भन्सारमा प्रयोग हुने आशिकुडा प्रणालीमा तीन भागमा वर्गीकरण गरिन्छ। भन्सारको भाषामा त्यसलाई रेड, ग्रिन र यल्लो च्यानल भनिन्छ। रेड च्यानलमा आउने सम्पूर्ण सामानको पूर्ण चेकजाँच हुन्छ। रेड च्यानलमा आउने वस्तुको विस्तृत चेकजाँच गरिन्छ, जुन वस्तु शंकास्पद हुन्छ त्यसलाई रेड च्यानलमा राखेर चेकजाँच गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यल्लो च्यानललाई तुलनात्मकरूपमा कम जोखिमपूर्ण मानिन्छ। ग्रिन च्यानलबाट आउने वस्तुलाई जोखिममुक्त मानिन्छ।

उल्लेखित दुई त्रुटि ग्रिन च्यालनबाट पास भएका वस्तुमा भएको छ। यसले भन्सारको जाँचपासमाथि शंका गर्ने ठाउँ दिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।

'सवारी साधन आयातमा नै भन्सारका कर्मचारीले यति लापरबाही गर्छन् भने अरु अवस्थामा के होला?’, लामो समय भन्सारमा बसेका एक अधिकारीले भने, 'अहिले कर्मचारीको क्षमतामा ह्रास आएको छ। अर्को कुरा उनीहरू आफ्नो जिम्मेवारीप्रति कति जवाफदेही छन् भन्ने कुरा पनि यसैले देखाएको छ।'

सवारी साधनको आयातमा अहिले मूल्यांकनको बहस छैन। उत्पादकले जारी गरेको बिलकै आधारमा भन्सार मूल्यांकन हुन्छ। दरबन्दी यकिन छ र वर्गीकरण पनि सहज बनाउँदै लगिएको छ। वर्गीकरण सहज बनाउन हार्मोनाइज्ड कमोडिटी डिस्क्रिप्सन एन्ड कोडिङ सिस्टम (एचएस कोड)मा नयाँ नेशनल हेडिङ थपिएको छ। तैपनि भन्सारबाट कमजोरी दोहोरिरहेको छ।

Xtrem

Xtrem

किन हुन्छ शंका?
भन्सारको काम सिधा रूपमा व्यवसायीसँग जोडिन्छ। भन्सारमा खटिने कर्मचारी र व्यवसायीबचको मिलेमतोमा विगतमा गैरकानुनी काम नभएका पनि होइनन्। नेपालगञ्ज भन्सारका तत्कालीन प्रमुख जनार्दन आचार्यसहितको टोली लामो समय निलम्बनमा पनि पर्‍यो। 

विगतका यस्ता गतिविधिले भन्सार प्रशासनमाथि प्रश्न उठाएको छ। शंका बढाएको छ। राजस्व संकलनका अतिरिक्त भन्सारको काम व्यापार सहजीकरण पनि हो। व्यापार सहज बनाउँदै कानुनअनुसारको सम्पूर्ण राजस्व उठाउने गरी भन्सार प्रशासनले काम गर्नुपर्ने अर्थका अधिकारीहरू बताउँछन्। 'जिम्मेवारीमा खटिएका कर्मचारी अझै गम्भीर बन्नुपर्ने पाठ अहिलेको घटनाले सिकाएको छ,' अर्थका ती अधिकारीले भने। 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्