• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सामाजिक मुद्दाबाट विचलित दल

64x64
भानु बोखिम मंगलबार, जेठ २७, २०७७  १०:३४
1140x725

सर्वहाराको व्यथा र कथालाई उत्कृष्ट लयमा गाउन सक्नु कम्युनिष्टको पहिचान भएको छ। मिठो लयमा समृद्धिको सपना बाँडेकै कारण नेकपाले करिब दुई तिहाइ बहुमत सहितको सरकार गठन गर्ने मौका पनि पायो। तर भुईं तहको मानिसको दुःख, पीडा र समस्या सम्बोधन गर्न सरकार र नेकपा स्वयं कति प्रतिवद्ध छ? यसको जवाफ नेकपाले विभिन्न समयमा सुशासनमा कालो पोतेर दिँदै आएको छ। 

नेकपाको कथनी र करनीबीचको पछिल्लो प्रहसन रुकुमको सोतीमा मञ्चन भएको छ। रुकुमको सोतीमा कथित उच्च जातिसँग प्रेम गरेको नाममा जाजरकोटका केही दलित युवा मारिएका छन्। उनलाई साथ दिएकोमा अन्य पाँच जना युवा पनि मारिएका छन्। मारिनेमा गैरदलित युवा छन्। तर घटनाको चुरो भने जातीय विभेदसँगै जोडिएको छ।

यो घटनाका कारण अहिले देश तात्तिएको छ। भलै लकडाउनको कारण यो घटनाको पूर्ण रापताप देख्न पाइएको छैन। घटनाका सहायक कारणहरु धेरै होलान्। तर मूल कारण दलितलाई आफू सरह नठान्ने जातीय उन्माद नै हो। जातीय उन्मादको कारण भएको यो घटना पहिलो होइन। यही सामाजिक संरचना र राजनीतिक दलको रवैया यस्तै रहने हो भने यो घटना अन्तिम पनि हुने छैन। 

देशमा राजनीतिक मुद्दासँगै जोडिएर धेरै मान्छे मरेका र मारिएका छन्। जातीय समानताको नाममा मारिएका छन्। उच्च सामन्ती वा सोचका भएको आरोपमा मारिएका छन्। निरंकुशताको नाममा मारिएका छन्। यी सबैको विरोध गरेर आएका नेता र राजनीतिक दलले विभिन्न समयमा सत्ताको रस पान गरिसके। तर कसैले समाजलाई बदल्न सकेनन्।

निश्चय नै समाज बदलिँदै छ तर गति सुस्त छ। गती सुस्त हुनुमा सामाजिक, सांस्कृतिक मुद्दालाई राजनीतिक दलले सत्तामा पुगेपछि उपेक्षा गर्दै जानु हो। यो समस्यामा हाल सत्तासीन नेकपाको मात्र होइन, अहिले प्रतिपक्षमा रहेका, नरहेका सबै दल उत्तिकै जिम्मेवार छन्। 

कम्युनिष्टहरु भूमिगत कालमा बढी सिद्धान्तनिष्ट देखिन्थे। सबै किसिमको विभेदको अन्त्य यिनीहरुको आन्दोलन, क्रान्ति वा विद्रोहको संश्लेषित उद्देश्य हुन्थ्यो। तर आज कम्युनिष्टले सामाजिक, सांस्कृतिक मुद्दाको जिम्मा सरकार र संविधानको धारामा सीमित बनाइदिएको छ। नेपाली कांग्रेसले पनि पाए त्यही गरेको हो।

कांग्रेसले लोकतन्त्रको निम्ति लामो समय लड्यो तर पार्टीभित्रै लोकतान्त्रिक संस्कार देखाउन नसकेर आजकल बदनाम छ। लोकतन्त्रलाई जीवन्त बनाएर त्योभित्र समानता र मानवताको व्यवहार खोज्नु एकादेशको कथा भएको छ, कांग्रेसीजनलाई। 

मधेसी दलले निरन्तर समानताको कुरा उठाउँदै आएको छ। तर आफ्नो क्षेत्रको सामाजिक स्तरीकरणमा तल्लो तहमा रहेकाको समस्या र अधिकारको लागि खासै चासो राख्दैन। आज सामाजिक, सांस्कृतिक मुद्दामा समाज यथास्थितिमा रहनुमा राजनीतिक दलको यस्तै उदासिनताले बढी काम गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

मदन भण्डारीको क्रान्तिकारिताको चर्चा निकै हुन्छ। खुला राजनीतिमा आएपछि उनलाई पनि सामन्त तथा यथास्थितिवादीको बारेमा प्रश्न गरियो। उनले सामन्त वा यथास्थितिवादीमाथि कुनै शक्ति प्रयोग नगरिने तर बदलिन आग्रह गर्ने उत्तर दिएका थिए। यो प्रश्न अन्य नेतालाई पनि सोध्न सकिन्छ र सोधियो भने सबैको उत्तर भण्डारीको भन्दा फरक हुने छैन। कम्युनिष्ट इतर पार्टीका नेताले दिने उत्तर पनि यही नै हो। र, समस्याको जड यही उत्तरमा लुकेको छ।

निश्चय समाज परिवर्तनको लागि शक्तिको प्रयोग गर्नु हुँदैन। तर अनुरोधले मात्र पनि पुग्दैन। सामाजलाई गतिशील बनाउन राजनीतिक दलले निरन्तर काम गरिरहनु पर्छ। चाहे त्यो राजनीतिक दल सरकारमा होस् वा नहोस्। सामाजिक, सांस्कृतिक परिवर्तनको लागि मानिसमा चेतना जगाउन निरन्तर डटिरहनु पर्छ।  

माओवादी र एमालेको एकता हुनु अगाडि एमालेले ८ देखि ९ लाखको बीचमा आफ्नो संगठित सदस्य भएको बताउँथ्यो। माओवादीको दाबी करिब तीन लाखको थियो। यस्तै कांग्रेसले झन्डै पाँच लाख क्रियाशील सदस्य भएको बताउँछ। अन्य राजनीतिक दलको पनि पार्टी सदस्यहरु गाउँगाउँमा छन्। यत्तिका धेरै पार्टी कार्यकर्तालाई सामाजिक, सांस्कृतिक परिवर्तनको लागि पार्टीले प्रयोग गरेको छ? निश्चय नै छैन। 

अहिले हेर्दा ठूला दल नेकपा र कांग्रेसको कार्यकर्ता मात्र करिब १६ लाख जति देखिन्छ। यत्तिका कार्यकर्ताले सामाजिक, सांस्कृतिक परिवर्तनको लागि मानिसलाई निरन्तर उत्प्रेरित गरे के हुन्थ्यो? समाजमा समानता कायम गर्न संविधान र ऐनमा लेखिएका कानुनबारे मानिसहरुलाई मनाए के हुन्थ्यो? निश्चय नै समाजिक स्तरीकरणको आधारमा हुने विभेद द्रुत गतिमा मेटिन्थ्यो। सीमान्तकृत समुदायको लागि गरिएको व्यवस्था प्रभावकारी रुपमा लागू हुन्थे। समाज आजको भन्दा धेरै समृद्ध र सभ्य भइसकेको हुन्थ्यो। 

पार्टी कार्यकर्ताको भूमिकालाई लिएर प्रश्न उठ्छ– के कार्यकर्ता चन्दा उठाउन मात्र परिचालन गर्ने हो? के उनीहरु पार्टीको लागि भोट माग्न मात्र हिँड्ने हो? के लेवी तिराउन मात्र उनीहरुलाई पार्टीको सदस्य बनाइएको हो? निश्चय नै होइन। पार्टी कार्यकर्तालाई सामाजिक परिचालकको रुपमा खटाउने हो। तर कुनै पनि राजनीतिक दलले समाजलाई गति दिनको लागि कार्यकर्ता परिचालन गर्न सकेका छैनन्।

कतिपय अवस्थामा भोटको लोभमा पार्टी नै नियम विपरीत काममा लतारिन पुगका छन्। परिणामतः पार्टी कार्यकर्ता नै अमानवीय र अलोकतान्त्रिक काममा मुछिँदै आएका छन्। यसको पछिल्लो र गतिलो उदाहरण हो, रुकुम सोतीको घटनामा वडा अध्यक्ष मुछिनु। 

सोती घटनामा मुछिएका वडाअध्यक्ष दोषी छन् कि छैनन्? अहिले नै किटान गर्नु अनुपयुक्त र हतारो हुन्छ। यसको सत्यतथ्यको निर्धारण प्रहरी अनुसन्धान र अदालतले गर्ला। यो घटनाको मुद्दालाई कसरी अगाडि बढाउने भन्ने दलित समुदायको छुट्टै चासो पनि छ।

आफ्ना जवान छोराहरु गुमाएको समुदायले चासो राख्नु स्वभाविक छ। तर माओवादीलाई चुनाव जिताउने मानिसहरु कसरी दलित समुदायप्रति यति अनुदार भए? अहं प्रश्न यही हो। यसको उत्तर खुला राजनीतिमा आएपछि सामाजिक, सांस्कृतिक मुद्दालाई बेवास्ता गर्दै जाने राजनीतिक दलको व्यवहारसँग जोडिएको छ।

रुकुम आफैंमा माओवादीको पकड जिल्ला हो। माओवादीले सबै किसिमका विभेदको अन्त्य गर्न बन्दुक उठाएको थियो। खुला राजनीतिमा आएपछि सामाजिक, सांस्कृतिक समस्यामा चासो दिन छोड्यो। पछिल्लो समय यो पार्टीका नेता पनि कसरी चुनाव जित्ने भन्नेमा केन्द्रित छन्। परिणामतः स्थानीय नेताले कथित उच्च जातिलाई आफ्नो पार्टीको सिद्धान्त र नीति अनुरुप मनाउन सकिरहेका छैनन्। संविधान र सामाजिक न्यायको मर्म अनुरुप उनीहरुलाई डो¥याउन चाहेका छैनन्। त्यही कारण सोतीका बासिन्दा कम्युनिष्ट मतदाता भए। कति त पार्टीकै सदस्यता लिएका पनि होलान्। तर, कम्युनिष्ट आदर्श र दर्शन के हो? यसलाई कसरी आफ्नो व्यवहार र जीवनमा लागू गर्ने भनेर सोचेनन्। त्यसैको परिणामस्वरुप जात नमान्ने कम्युनिष्टका गढमा जातकै नाममा केही दलित गैरदलित युवाहरु मारिए। 

सबै गाउँमा सरकारको नियमित उपस्थिति नहोला तर पार्टी कार्यकर्ताको उपस्थिति छ। यस्तो बेला सामाजिक, सांस्कृतिक परिवर्तनमा सरकारभन्दा राजनीतिक दलको भूमिका अहं हुन्छ। तर राजनीतिक दल आफ्ना मतदाता बिच्किने नाममा कति सामाजिक, सांस्कृतिक विभेदमा आँखा चिम्लिने प्रयास गर्छ। यस्तो गर्नु भनेको समाजलाई यथास्तिथितिमा राख्न खोज्नु हो।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्