• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
समस्यामा परेका विदेशका नेपाली उद्धारमा सरकार अझै अन्यौलमा
64x64
निर्मला घिमिरे सोमबार, जेठ २६, २०७७  १६:१३
1140x725

काठमाडौं– विदेशमा महिनौंदेखि अप्ठ्योमा परेका नेपालीहरूको उद्धारमा थप अन्यौल देखिएको छ। शुक्रबार युएई र म्यानमारबाट नेपालीलाई सम्बन्धित देशले नै काठमाडौंसम्म ल्याइदिए पनि समस्यामा परेका बाँकी देशका नेपालीहरू कहिले फर्काउने भन्ने टुंगो सरकारले लगाउन सकेको छैन।  

विदेशमा अप्ठ्यारो स्थितिमा रहेकाहरूलाई प्राथमिकताका आधारमा उद्धार गर्ने उल्लेख गरे पनि शुक्रबार श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई)बाट पैसा हुनेहरूले प्राथमिकता पाएका छन्। 

दूतावासले गर्भवती महिला, कोरोना बाहेक अन्य कारण जटिल अवस्थामा पुगेका बिरामी, जेष्ठ नागरिक तथा बालबालिका, रोजगारी गुमाएका कारण खान बस्न समेत समस्या परेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कनुपर्नेलगायतका व्यक्ति फर्काउने गरी सूची बनाए पनि सूचीभन्दा फरक व्यक्तिहरू स्वदेश फर्किएका हुन्। 

नेपाल सरकार, युएई सरकार र दूतावासबीच आपसी समन्वय हुन नसक्दा एयर अरेबियाले विभिन्न सेक्युरिटी कम्पनी तथा आफैं भाडा तिरेर फर्कन सक्ने १६८ यात्रु लिएर फर्किएको थियो। 

उक्त एयरले सेक्युरिटी कम्पनीमा काम गर्ने १ सय ४६ र अन्य ११ जना गरी सुरुमा १ सय ५७ यात्रु जम्मा पारेको थियो। पुनः भाडा तिर्न तयार हुने थप यात्रु पाएपछि १ सय ६८ यात्रु लिएर उक्त जहाजले उडान भरेको थियो। 

त्यस्तै शुक्रबार नै नेपालमा आफ्ना ४१ जना नागरिक लिन आएको म्यानमार एयरफोर्सको विमानले २६ जना नेपाली पनि ल्याइदियो। त्यसयता बाँकी समस्यामा परेकाहरूलाई कसरी फर्काउने भन्ने विषयमा अझै सरकार अलमलमा परिरहेको छ। स्वदेश फर्कने दिन गन्दै बसेका जटिल अवस्थाका व्यक्तिहरूको दिनचर्या आशैआशमा टरिरहेको छ। 

कुवेतको सेल्टरमा नेपालीको नाराबाजी 
आममाफी पाएको झण्डै २ महिना हुन लाग्दा समेत स्वदेश फर्कन नपाएपछि कुवेतको सेल्टरमा रहेका नेपालीहरूले नाराबाजी गरेका छन्। 

समस्यामा परेका उनीहरूलाई कुवेत सरकारले दुई महिनादेखि पालेर राखेको तर आफ्नै सरकारले बेवास्ता गरेको भन्दै नाराबाजी गरेका हुन्। अवैध रुपमा बस्दै आएका आप्रवासीहरूलाई कुवेत सरकारले आममाफी दिएको थियो। आममाफी पाएकाहरूलाई विमान चार्टर गरेर सम्बन्धित मुलुकमा कुवेत सरकार आफैंले पुर्‍याइदिने व्यवस्था गरेको छ। 

Ncell 2
Ncell 2

भारत, बंगलादेश, फिलिपिन्सलगायतका मुलुकले आफ्ना आममाफी पाएका नागरिकहरूलाई स्वदेश लगिसकेका छन्। तर नेपाल सरकारले आममाफी पाएकाहरूलाई समेत स्वदेश फर्कन अनुमति दिएको छैन। 

आममाफी पाएर सेल्टरमा बस्दै आएका २८ सय नेपालीहरू रहेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी बताउँछन्। 

कुवेतबाट पहिलो प्राथमिकतामा आममाफी पाएकाहरूलाई फर्काइने कार्यक्रम रहेको छ। तर सरकारले उनीहरूलाई स्वदेश फर्काउन अनुमति दिएको छैन।

‘आममाफी पाएर सेल्टरमा रहेकालाई जतिसक्दो छिटो स्वदेश फर्काउन पहल गरिरहेका छौं’ राजदूत भण्डारी भन्छन्।

युएईस्थित दूतावासमा अप्ठ्यारोमा परेकाको आक्रोश 
 लामो समयदेखि अप्ठ्यारोमा रहेकाहरू स्वदेश फर्कन नपाएपछि आक्रोश पोख्न दूतावास पुगेका छन्। करिब ५० जनाको संख्यामा दूतावासमा जम्मा भएर उनीहरूले आक्रोश पोखेका थिए। तत्काल स्वदेश फर्कन पाउनुपर्ने माग राखेर दूतावासमा पुगेका उनीहरूलाई स्थानीय प्रहरीले तितरबितर बनाएको थियो। 

सरकारको आवश्यक निर्देशन नहुँदा दूतावास अलमलमा 
सरकारले नेपालीहरूलाई कहिले स्वदेश फर्काउने, कसरी फर्काउने भनेर दूतावासलाई आवश्यक निर्देशन नदिँदा दूतावास नै अलमलमा परेको साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुत बताउँछन्। 

साउदीमा लामो समयदेखि समस्यामा रहेका नेपालीहरूलाई वैदेशिक रोजगार बोर्ड, गैह्रआवासीय नेपाली संघ तथा विभिन्न दातृ संस्थाहरूमार्फत सहयोग प्राप्त भएको तर यो सहयोगले मात्रै लामो समयसम्म नेपालीहरू होल्ड गर्न नसकिने उनको भनाइ छ। 

‘सरकारले विदेशबाट समस्यामा रहेकाहरूलाई कसरी फर्काउने भन्ने स्पष्ट निर्देशन छैन’ उनी भन्छन्, ‘अप्ठ्यारोमा परेकाहरूलाई फर्काउने मितिभन्दा ७ दिन अगाडी नै हामीलाई जानकारी हुनुपर्छ।’

साउदीबाट नेपाल फर्कन १० हजारभन्दा बढीले आवेदन दिएका छन्। दूतावास पनि समस्यामा परेकालाई स्वदेश फर्काउन तयारी अवस्थामा छ । तर उनीहरूलाई स्वदेश फर्काउन सरकारबाट निर्देशन प्राप्त नहुँदा समस्या देखिएको छ। 

समस्यामा परेकाहरूलाई स्वदेश फर्काउन मोडालिटी तयार गरेर सरकारले आवश्यक निर्देशन दिए दूतावासले फर्काउन सुरु गर्ने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे बताउँछन्। 

तर चार्टर फ्लाइटबाट भाडा महंगो पर्ने हुँदा सरकारले नियमित व्यवसायिक फ्लाइट खुल्ला गर्दा सहज हुने उनको भनाइ छ। कतार, युएईलगायत अन्य मुलुकका दूतावासहरू पनि समस्यामा परेका श्रमिकहरू स्वदेश फर्काउन सरकारको निर्देशन पर्खिरहेका छन्। 

मलेसिया र खाडीलगायत मुलुकबाट मात्रै ४० हजारभन्दा बढी नेपालीहरूले स्वदेश फर्कन आवेदन दिएका छन्।

प्राथमिकताका आधारमा उद्धार सुरु भइसकेको छ : मन्त्री यादव  
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले प्राथमिकताका आधारमा नेपाली श्रमिकहरूको उद्धार कार्य सुरु भइसकेको बताएका छन्। सोमबार विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउन सुरु गरिएको बताएका हुन्। 

‘कोभिड १९ का कारण विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धार कार्य सुरु गरिसकिएको छ,’ मन्त्री यादवले भने।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्