• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

समस्यामा परेका विदेशका नेपाली उद्धारमा सरकार अझै अन्यौलमा

64x64
निर्मला घिमिरे सोमबार, जेठ २६, २०७७  १६:१३
1140x725

काठमाडौं– विदेशमा महिनौंदेखि अप्ठ्योमा परेका नेपालीहरूको उद्धारमा थप अन्यौल देखिएको छ। शुक्रबार युएई र म्यानमारबाट नेपालीलाई सम्बन्धित देशले नै काठमाडौंसम्म ल्याइदिए पनि समस्यामा परेका बाँकी देशका नेपालीहरू कहिले फर्काउने भन्ने टुंगो सरकारले लगाउन सकेको छैन।  

विदेशमा अप्ठ्यारो स्थितिमा रहेकाहरूलाई प्राथमिकताका आधारमा उद्धार गर्ने उल्लेख गरे पनि शुक्रबार श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई)बाट पैसा हुनेहरूले प्राथमिकता पाएका छन्। 

दूतावासले गर्भवती महिला, कोरोना बाहेक अन्य कारण जटिल अवस्थामा पुगेका बिरामी, जेष्ठ नागरिक तथा बालबालिका, रोजगारी गुमाएका कारण खान बस्न समेत समस्या परेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कनुपर्नेलगायतका व्यक्ति फर्काउने गरी सूची बनाए पनि सूचीभन्दा फरक व्यक्तिहरू स्वदेश फर्किएका हुन्। 

नेपाल सरकार, युएई सरकार र दूतावासबीच आपसी समन्वय हुन नसक्दा एयर अरेबियाले विभिन्न सेक्युरिटी कम्पनी तथा आफैं भाडा तिरेर फर्कन सक्ने १६८ यात्रु लिएर फर्किएको थियो। 

उक्त एयरले सेक्युरिटी कम्पनीमा काम गर्ने १ सय ४६ र अन्य ११ जना गरी सुरुमा १ सय ५७ यात्रु जम्मा पारेको थियो। पुनः भाडा तिर्न तयार हुने थप यात्रु पाएपछि १ सय ६८ यात्रु लिएर उक्त जहाजले उडान भरेको थियो। 

त्यस्तै शुक्रबार नै नेपालमा आफ्ना ४१ जना नागरिक लिन आएको म्यानमार एयरफोर्सको विमानले २६ जना नेपाली पनि ल्याइदियो। त्यसयता बाँकी समस्यामा परेकाहरूलाई कसरी फर्काउने भन्ने विषयमा अझै सरकार अलमलमा परिरहेको छ। स्वदेश फर्कने दिन गन्दै बसेका जटिल अवस्थाका व्यक्तिहरूको दिनचर्या आशैआशमा टरिरहेको छ। 

कुवेतको सेल्टरमा नेपालीको नाराबाजी 
आममाफी पाएको झण्डै २ महिना हुन लाग्दा समेत स्वदेश फर्कन नपाएपछि कुवेतको सेल्टरमा रहेका नेपालीहरूले नाराबाजी गरेका छन्। 

समस्यामा परेका उनीहरूलाई कुवेत सरकारले दुई महिनादेखि पालेर राखेको तर आफ्नै सरकारले बेवास्ता गरेको भन्दै नाराबाजी गरेका हुन्। अवैध रुपमा बस्दै आएका आप्रवासीहरूलाई कुवेत सरकारले आममाफी दिएको थियो। आममाफी पाएकाहरूलाई विमान चार्टर गरेर सम्बन्धित मुलुकमा कुवेत सरकार आफैंले पुर्‍याइदिने व्यवस्था गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भारत, बंगलादेश, फिलिपिन्सलगायतका मुलुकले आफ्ना आममाफी पाएका नागरिकहरूलाई स्वदेश लगिसकेका छन्। तर नेपाल सरकारले आममाफी पाएकाहरूलाई समेत स्वदेश फर्कन अनुमति दिएको छैन। 

आममाफी पाएर सेल्टरमा बस्दै आएका २८ सय नेपालीहरू रहेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी बताउँछन्। 

कुवेतबाट पहिलो प्राथमिकतामा आममाफी पाएकाहरूलाई फर्काइने कार्यक्रम रहेको छ। तर सरकारले उनीहरूलाई स्वदेश फर्काउन अनुमति दिएको छैन।

‘आममाफी पाएर सेल्टरमा रहेकालाई जतिसक्दो छिटो स्वदेश फर्काउन पहल गरिरहेका छौं’ राजदूत भण्डारी भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

युएईस्थित दूतावासमा अप्ठ्यारोमा परेकाको आक्रोश 
 लामो समयदेखि अप्ठ्यारोमा रहेकाहरू स्वदेश फर्कन नपाएपछि आक्रोश पोख्न दूतावास पुगेका छन्। करिब ५० जनाको संख्यामा दूतावासमा जम्मा भएर उनीहरूले आक्रोश पोखेका थिए। तत्काल स्वदेश फर्कन पाउनुपर्ने माग राखेर दूतावासमा पुगेका उनीहरूलाई स्थानीय प्रहरीले तितरबितर बनाएको थियो। 

सरकारको आवश्यक निर्देशन नहुँदा दूतावास अलमलमा 
सरकारले नेपालीहरूलाई कहिले स्वदेश फर्काउने, कसरी फर्काउने भनेर दूतावासलाई आवश्यक निर्देशन नदिँदा दूतावास नै अलमलमा परेको साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुत बताउँछन्। 

साउदीमा लामो समयदेखि समस्यामा रहेका नेपालीहरूलाई वैदेशिक रोजगार बोर्ड, गैह्रआवासीय नेपाली संघ तथा विभिन्न दातृ संस्थाहरूमार्फत सहयोग प्राप्त भएको तर यो सहयोगले मात्रै लामो समयसम्म नेपालीहरू होल्ड गर्न नसकिने उनको भनाइ छ। 

‘सरकारले विदेशबाट समस्यामा रहेकाहरूलाई कसरी फर्काउने भन्ने स्पष्ट निर्देशन छैन’ उनी भन्छन्, ‘अप्ठ्यारोमा परेकाहरूलाई फर्काउने मितिभन्दा ७ दिन अगाडी नै हामीलाई जानकारी हुनुपर्छ।’

साउदीबाट नेपाल फर्कन १० हजारभन्दा बढीले आवेदन दिएका छन्। दूतावास पनि समस्यामा परेकालाई स्वदेश फर्काउन तयारी अवस्थामा छ । तर उनीहरूलाई स्वदेश फर्काउन सरकारबाट निर्देशन प्राप्त नहुँदा समस्या देखिएको छ। 

समस्यामा परेकाहरूलाई स्वदेश फर्काउन मोडालिटी तयार गरेर सरकारले आवश्यक निर्देशन दिए दूतावासले फर्काउन सुरु गर्ने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे बताउँछन्। 

तर चार्टर फ्लाइटबाट भाडा महंगो पर्ने हुँदा सरकारले नियमित व्यवसायिक फ्लाइट खुल्ला गर्दा सहज हुने उनको भनाइ छ। कतार, युएईलगायत अन्य मुलुकका दूतावासहरू पनि समस्यामा परेका श्रमिकहरू स्वदेश फर्काउन सरकारको निर्देशन पर्खिरहेका छन्। 

मलेसिया र खाडीलगायत मुलुकबाट मात्रै ४० हजारभन्दा बढी नेपालीहरूले स्वदेश फर्कन आवेदन दिएका छन्।

प्राथमिकताका आधारमा उद्धार सुरु भइसकेको छ : मन्त्री यादव  
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले प्राथमिकताका आधारमा नेपाली श्रमिकहरूको उद्धार कार्य सुरु भइसकेको बताएका छन्। सोमबार विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउन सुरु गरिएको बताएका हुन्। 

‘कोभिड १९ का कारण विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धार कार्य सुरु गरिसकिएको छ,’ मन्त्री यादवले भने।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्