• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विदेशमा समस्या परेर फर्किएका श्रमिकसँग शुल्क उठाउनु कानुनविपरीत

कल्याणकारी कोषमार्फत क्षतिपूर्ति दिनुपर्छ : कानुनविद्
64x64
नेपाल लाइभ बुधबार, जेठ २१, २०७७  १७:१८
1140x725

काठमाडौं- सरकारले विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउने कार्यविधि पारित गरिसकेको छ। जसमा अबको केही दिनमै  उनीहरूलाई स्वदेश फर्काउन सुरु गरिने उल्लेख गरिएको छ। 

नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना २०७७ मा स्वदेश फर्कनेहरू स्वयंले हवाई  शुल्क, विमानस्थलदेखि क्वारेन्टाइनसम्मको यातायात खर्च, होटेल क्वारेन्टाइन खर्चलगायत शुल्क बेहोर्नुपर्ने उल्लेख गरिएको छ। 

विदेशमा समस्यामा परेर फर्किएका नेपाली श्रमिकहरूबाट सरकारले कुनै पनि शुल्क उठाउनु नहुने र उनीहरूलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पिपुल फोरमका संस्थापक अध्यक्ष तथा अधिवक्ता सोम लुइँटेलले बताए। 

वैदेशिक रोजगार ऐन २०६४ ले नै विदेशमा समस्यामा परेर श्रमिकहरू फर्किएमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सकिने व्यवस्था गरेको छ। 

वैदेशिक रोजगार ऐनको दफा ३३ ले वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग तथा सञ्चालनसम्बन्धी व्यवस्था गरेको छ । दफा ३३ उपदफा १(ख) मा कामदारको अङ्गभङ्ग भई वा दफा ७५ को कारणबाट कामदारलाई स्वदेश फिर्ता गराउन, क्षतिपूर्ति दिन र त्यसरी फिर्ता आएका कामदार वा निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। 

दफा ७५ मा करार बमोजिमको सुविधा नपाएको कारणबाट कामदार अलपत्र परी त्यस्तो कामदार स्वदेश फिर्ता हुनुपर्ने स्थिति आएमा त्यस्ता कामदारलाई स्वदेश फिर्ता गराउनुपर्ने व्यवस्था छ। 

तर सरकारले विदेशमा समस्यामा परेर फर्किएका श्रमिकहरूबाट समेत शूल्क उठाउने नीति अघि सारेको छ। यो कानुनविपरीत भएको कानुनविद्हरूको तर्क छ। 

कोरोनाका कारण वैदेशिक रोजगारीमा परेको असरलाई सकेसम्म गन्तव्य मुलुकमै सम्बोधन गर्नेगरी दूतावासमार्फत कुटनीतिक पहल गनुपर्ने कानुनविद्हरूको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अधिवक्ता सोम लुइँटेल भन्छन्, ‘सरकारले विदेशमा रोजगारी गुमाएकाहरूलाई सकेसम्म गन्तव्य मुलुकमै रोजगारी उपलब्ध गराउन कुटनीतिक नियोगहरूमार्फत पहल गर्न सक्छ। रोजगारी उपलब्ध गराउन नसक्ने अवस्थामा उनीहरूले रोजगारदाताबाट पाउनुपर्ने पारिश्रमिक सेवासुविधा सबै उपलब्ध गराएर स्वदेश फर्किने व्यवस्था मिलाउनुपर्छ।’

अप्ठ्यारोमा परेर स्वदेश फर्किएकाहरूको हवाई शुल्क सरकार आफैँले वा रोजगारदातामार्फत व्यवस्था हुनुपर्ने अर्का अधिवक्ता कृष्ण न्यौपाने बताउँछन्। 

स्वदेश फर्काइसकेपछि स्वास्थ्य परीक्षण शुल्क, यातायात तथा क्वारेन्टाइनको लागि आवश्यक शुल्क सरकारले बेहोर्नुपर्नेमा कानुनविद्हरूले जोड दिएका छन्। 

सरकारले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूका हकमा कार्यविधि बनाएर उनीहरूको समस्याका आधारमा छुट्टाछुट्टै राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानुनविद्हरूले सरकारलाई सुझाव दिएका छन्। 

यस सन्दर्भमा रहेर मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले बुधबार सरकारलाई नीति पत्र बुझाएको छ। नीतिपत्रमार्फत फोरमले सरकारलाई १० बुँदे सुझाव समेत पेश गरेको छ।

यस्तो छ सुझाव:
१.आप्रवासी कामदारको रोजगारीको सुरक्षा, स्वास्थ्य उपचारको पहल गर्ने तथा रोजगारी गुमाएका कामदारको सोही गन्तव्य मूलूकमा कामका विकल्प खोज्न सहजीकरण गर्ने।

२.फर्कन लागेका कामदारले पाउने तलव सुविधा दिलाएर मात्र फर्काउने प्रबन्ध गर्ने।

३.कामदारको उद्धार, फिर्ता (यातायात) खर्च र स्वास्थ्य उपचार निःशुल्क हुनु पर्ने।

४.अलपत्र परेका अलेखबद्ध कामदारको फिर्ता तथा उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने।

५.नेपाली कामदारका विदेशमा अलपत्र शव फिर्ता ल्याउने।

६.कामदार उद्धारको कार्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको भूमिका बढाउने।

७.संघीय सरकारले फर्केका कामदारका लागि पुनर्एकीकरण कार्यक्रम निर्माण गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्ने।

८.करार अवधि नसकी फर्केका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति दिलाउने।

९.कामदारको फिर्ता र पुनर्एएकीकरण कार्यका लागि राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था र व्यवसायीका कामको संयोजन गर्ने।

१०.कोरोनाले रोजगारीमा पर्न सक्ने दीर्घकालीन असरको अध्ययनका लागि बहुसरोकारवाला संयन्त्रको निर्माण गर्ने।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो शुक्रबार, जेठ २९, २०८३
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्