• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चालू आवमा १५ अर्ब पाएको फास्ट ट्र्याकलाई आगामी आवमा ८ अर्ब ९३ करोड मात्रै

फास्ट ट्र्याक निर्माण ३ वर्षमा सक्ने योजना, कुल लागत १ खर्ब ७५ अर्ब
64x64
शिव बोहरा बुधबार, जेठ २१, २०७७  १७:०३
1140x725

काठमाडौं- सरकारले ४ वर्षभित्रमा निर्माण सक्ने गरी काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) नेपाली सेनालाई जिम्मा दिएको थियो। त्यही अनुरुप नेपाली सेनाले पछिल्लो पटक सर्वेक्षण, डिजाइन र भौगर्भिक अध्ययनका लागि परामर्शदाता समेत छनोट गरिसकेको छ। तर नेपाली सेनाले चालू आर्थिक वर्षमा उक्त मार्गका लागि विनियोजन भएको १५ अर्बमध्ये ५ अर्ब बजेट खर्च गर्न नसक्ने भन्दै 'सरेन्डर' गरिसकेको छ। 

गत भदौमा नेपाली सेनाले साढे ३ वर्षमा काम सक्ने भन्दै फास्ट ट्र्याक निर्माणको जिम्मा लिएको थियो। सो समय गुज्रन अब २ वर्षभन्दा केही समय मात्र बढी छ। तर परामर्शदाता छनौटमा ढिलाई भएको भन्दै सेनाले निर्माण कार्यले तिव्रता पाउन नसकेको दाबी गरेको छ। 

सरकारले राष्ट्रिय गौरवको यो आयोजनालाई आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सो आयोजनलाई ८ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ। काठमाडौंबाट तराई जोड्ने सबैभन्दा छोटो बाटोको रुपमा काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माण सुरु गरिएको हो। विभिन्न मोडलबाट निर्माणको छलफल भएपनि अन्तिममा नेपाली सेनामार्फत् उक्त आयोजना निर्माण गर्ने निर्णय सरकारले गरेको हो।

काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को लम्बाई करिब ७२ किलोमिटर छ। यो आयोजनाको प्रारम्भिक लागत अनुमान १ खर्ब ११ अर्ब रहेको थियो। तर पछिल्लो विस्तृत अध्ययन प्रतिवेदन अनुसार आयोजनाको लागत बढेर १ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरी काम अघि बढिसकेको छ। 

आयोजनाको लागत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेकामा आगामी वर्षका लागि सो आयोजनालाई सरकारले ८ अर्ब ९३ करोड रुपैयाँमात्र विनियोजन गरिएको छ। वार्षिक १० अर्ब रुपैयाँ खर्च/विनियोजन हुने हो भने यो आयोजना निर्माण गर्न १७ वर्षभन्दा बढी समय लाग्छ। चालू आवको १५ अर्ब ७१ लाख बजेटमध्ये ५ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भन्दै नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत बजेट सरेन्डर गरिसकेको छ।

त्यही हिसाबले सरकार आगामी आवका लागि उक्त आयोजनालाई ८ अर्ब ९३ करोड रुपैयाँमात्र बजेट छुट्याएको छ। परामर्शदाता छनोट भएपछि काम अघि बढ्यो भने सरकारले सो आयोजनालाई बजेट बढाउने छ। तर आगामी आवका लागि भने खर्च हुने अवस्था नआएपछि बजेट कम विनियोजन गरिएको हो। 

चालू आवको पुससम्मको प्रगति 
आयोजनाको हालसम्मको प्रगतिको रुपमा ९७ प्रतिशत रुख कटान र ९७ प्रतिशत नै जग्गा अधिग्रहणको काम नेपाली सेनाले सकेको छ। त्यस्तै ८७ प्रतिशत माटो कटानको काम सकिएको बजेटको अर्धवार्षिक समीक्षामा उल्लेख छ। द्रुतमार्गको ५४ किमी अर्थवर्क कटिङ कार्य भइरहेको, ८ वटा बेसक्याम्प निर्माण सकिएको र १६ हजार ५ सय १४ वटा रुख कटान भइसकेको छ। 

आव २०७६/७७ मा द्रुतमार्गका लागि १५ अर्ब ७१ लाख विनियोजन भएकोमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ढिलो आएकाले खर्च हुने नसकेको जनाइएको छ। बजेटको अर्धवार्षिक समिक्षा अनुसार आयोजनाले २९ करोड ९८ लाख रुपैयाँ मात्र खर्च गरेको छ। गत आवको पुसम्म १० दशमलव १ प्रतिशत खर्च भएकोमा चालू आवको सोही अवधिमा २ प्रतिशतमात्र खर्च हुन सकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

साढे ३ वर्षमा सक्ने सेनाको योजना
२०७६ भदौमा पत्रकार सम्मेलन गरी नेपाली सेनाले काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्र्याक) ३ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने दाबी गरेको थियो। विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लागत पुग्ने समेत सोही समय उसले सार्वजनिक गरेको हो।अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा निर्माण हुने सम्पूर्ण संरचनाहरुको लागत अनुमान गरिएको छ।

आयोजना निर्माणको क्रममा हुन अन्य विविध खर्चहरुको बारेमा भने सेनाले खुलाएको छैन। निर्माणको समयमा आउने विविध र भैपरि खर्च नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले उल्लेख गरेको थियो। 

द्रुत मार्ग खोकनाबाट सुरु भई निजगढसम्म चार लेनको ७२ दशमलव ५ किलोमिटर सडक निर्माण हुने भएको छ। यो यसअघिको डिपिआरभन्दा ३ दशमलव ७० किलोमिटर कम लम्बाई हो। पहाडी भूभागमा २५ मिटर र समथरमा २७ मिटर चौडा बाटो निर्माण हुने भएको छ। डिपिआर अनुसार यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ। यो सडकमा ३ वटा सुरुङ मार्ग बन्ने छ  महादेव डाँडामा ३ दशमलव ३५ किलोमिटर, छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलो मिटर सुरुङ मार्ग बन्ने सेनाले जनाएको छ। 

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको थियो। खोकना क्षेत्र र महादेवटार लेनडाँडा क्षेत्र गरि दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो। धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरि सामान्य रेखांकन परिर्वतन गरिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

द्रुत मार्गको सम्पूर्ण कामको करिब १० प्रतिशत सम्पन्न भइसकेको छ। २०७६ भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रुत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १७:०३
  • ##fasttrack

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्