• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
चालू आवमा १५ अर्ब पाएको फास्ट ट्र्याकलाई आगामी आवमा ८ अर्ब ९३ करोड मात्रै फास्ट ट्र्याक निर्माण ३ वर्षमा सक्ने योजना, कुल लागत १ खर्ब ७५ अर्ब
64x64
शिव बोहरा बुधबार, जेठ २१, २०७७  १७:०३
1140x725

काठमाडौं- सरकारले ४ वर्षभित्रमा निर्माण सक्ने गरी काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) नेपाली सेनालाई जिम्मा दिएको थियो। त्यही अनुरुप नेपाली सेनाले पछिल्लो पटक सर्वेक्षण, डिजाइन र भौगर्भिक अध्ययनका लागि परामर्शदाता समेत छनोट गरिसकेको छ। तर नेपाली सेनाले चालू आर्थिक वर्षमा उक्त मार्गका लागि विनियोजन भएको १५ अर्बमध्ये ५ अर्ब बजेट खर्च गर्न नसक्ने भन्दै 'सरेन्डर' गरिसकेको छ। 

गत भदौमा नेपाली सेनाले साढे ३ वर्षमा काम सक्ने भन्दै फास्ट ट्र्याक निर्माणको जिम्मा लिएको थियो। सो समय गुज्रन अब २ वर्षभन्दा केही समय मात्र बढी छ। तर परामर्शदाता छनौटमा ढिलाई भएको भन्दै सेनाले निर्माण कार्यले तिव्रता पाउन नसकेको दाबी गरेको छ। 

सरकारले राष्ट्रिय गौरवको यो आयोजनालाई आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सो आयोजनलाई ८ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ। काठमाडौंबाट तराई जोड्ने सबैभन्दा छोटो बाटोको रुपमा काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माण सुरु गरिएको हो। विभिन्न मोडलबाट निर्माणको छलफल भएपनि अन्तिममा नेपाली सेनामार्फत् उक्त आयोजना निर्माण गर्ने निर्णय सरकारले गरेको हो।

काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को लम्बाई करिब ७२ किलोमिटर छ। यो आयोजनाको प्रारम्भिक लागत अनुमान १ खर्ब ११ अर्ब रहेको थियो। तर पछिल्लो विस्तृत अध्ययन प्रतिवेदन अनुसार आयोजनाको लागत बढेर १ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरी काम अघि बढिसकेको छ। 

आयोजनाको लागत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेकामा आगामी वर्षका लागि सो आयोजनालाई सरकारले ८ अर्ब ९३ करोड रुपैयाँमात्र विनियोजन गरिएको छ। वार्षिक १० अर्ब रुपैयाँ खर्च/विनियोजन हुने हो भने यो आयोजना निर्माण गर्न १७ वर्षभन्दा बढी समय लाग्छ। चालू आवको १५ अर्ब ७१ लाख बजेटमध्ये ५ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भन्दै नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत बजेट सरेन्डर गरिसकेको छ।

त्यही हिसाबले सरकार आगामी आवका लागि उक्त आयोजनालाई ८ अर्ब ९३ करोड रुपैयाँमात्र बजेट छुट्याएको छ। परामर्शदाता छनोट भएपछि काम अघि बढ्यो भने सरकारले सो आयोजनालाई बजेट बढाउने छ। तर आगामी आवका लागि भने खर्च हुने अवस्था नआएपछि बजेट कम विनियोजन गरिएको हो। 

चालू आवको पुससम्मको प्रगति 
आयोजनाको हालसम्मको प्रगतिको रुपमा ९७ प्रतिशत रुख कटान र ९७ प्रतिशत नै जग्गा अधिग्रहणको काम नेपाली सेनाले सकेको छ। त्यस्तै ८७ प्रतिशत माटो कटानको काम सकिएको बजेटको अर्धवार्षिक समीक्षामा उल्लेख छ। द्रुतमार्गको ५४ किमी अर्थवर्क कटिङ कार्य भइरहेको, ८ वटा बेसक्याम्प निर्माण सकिएको र १६ हजार ५ सय १४ वटा रुख कटान भइसकेको छ। 

आव २०७६/७७ मा द्रुतमार्गका लागि १५ अर्ब ७१ लाख विनियोजन भएकोमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ढिलो आएकाले खर्च हुने नसकेको जनाइएको छ। बजेटको अर्धवार्षिक समिक्षा अनुसार आयोजनाले २९ करोड ९८ लाख रुपैयाँ मात्र खर्च गरेको छ। गत आवको पुसम्म १० दशमलव १ प्रतिशत खर्च भएकोमा चालू आवको सोही अवधिमा २ प्रतिशतमात्र खर्च हुन सकेको छ।

साढे ३ वर्षमा सक्ने सेनाको योजना
२०७६ भदौमा पत्रकार सम्मेलन गरी नेपाली सेनाले काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्र्याक) ३ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने दाबी गरेको थियो। विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लागत पुग्ने समेत सोही समय उसले सार्वजनिक गरेको हो।अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा निर्माण हुने सम्पूर्ण संरचनाहरुको लागत अनुमान गरिएको छ।

आयोजना निर्माणको क्रममा हुन अन्य विविध खर्चहरुको बारेमा भने सेनाले खुलाएको छैन। निर्माणको समयमा आउने विविध र भैपरि खर्च नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले उल्लेख गरेको थियो। 

द्रुत मार्ग खोकनाबाट सुरु भई निजगढसम्म चार लेनको ७२ दशमलव ५ किलोमिटर सडक निर्माण हुने भएको छ। यो यसअघिको डिपिआरभन्दा ३ दशमलव ७० किलोमिटर कम लम्बाई हो। पहाडी भूभागमा २५ मिटर र समथरमा २७ मिटर चौडा बाटो निर्माण हुने भएको छ। डिपिआर अनुसार यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ। यो सडकमा ३ वटा सुरुङ मार्ग बन्ने छ  महादेव डाँडामा ३ दशमलव ३५ किलोमिटर, छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलो मिटर सुरुङ मार्ग बन्ने सेनाले जनाएको छ। 

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको थियो। खोकना क्षेत्र र महादेवटार लेनडाँडा क्षेत्र गरि दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो। धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरि सामान्य रेखांकन परिर्वतन गरिएको थियो। 

द्रुत मार्गको सम्पूर्ण कामको करिब १० प्रतिशत सम्पन्न भइसकेको छ। २०७६ भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रुत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १७:०३
  • ##fasttrack

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब टाढा छैन, केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ’ ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेक... शुक्रबार, असार १३, २०८२
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरू यस खण्डअन्तर्गत उदिपुर–रिठ्ठेबगर–नौथर सडकमा केही दिन अघिदेखि कालोपत्रे सुरू भएको हो। बिहीबार, असार १२, २०८२
सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा ७१ लाख रकम विनियोजन भएको जिमीको भनाइ छ । यहाँ पक्की कुलो निर्माण भएपछि पान... सोमबार, असार ९, २०८२
ताजा समाचारसबै
एसीसी यू-१६ इस्ट जोन- नेपालको अर्को सहज जित, भुटानलाई २९८ रनले हरायो मंगलबार, असार १७, २०८२
एक हजार ७४ किलो गाँजासहित चार पक्राउ मंगलबार, असार १७, २०८२
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने मंगलबार, असार १७, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा मंगलबार, असार १७, २०८२
नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ : सचेतक शाही मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्