• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

‘संयमित भएर बजेट लेख्यौं’

डा युवराज खतिवडा सोमबार, जेठ १९, २०७७  १३:५४
1140x725
फाइल फोटोः डा युवराज खतिवडा

बजेट तर्जुमा गर्दा र आजसम्मको दिनमा पनि हामी केही अनिश्चयको अवस्थामा नै छौं। यसलाई हामी सबैले स्वीकार गरेका छौं। तर, परिस्थिति अनिश्चय भए पनि  प्रक्रिया चलिरहन्छ, हामी समय खेर फाल्न सक्दैनौं।

यो समयमा हामीले केही न केही आर्थिक क्रियाकलापलाई अगाडि बढाउने र जनजीवनलाई सुरक्षित राख्दै केही काम गरिरहनुपर्छ। त्यसो भएका कारण उच्च सतर्कता अपनाएर अनुमानलाई यथार्थवादी बनाएर नगरी नहुने कामलाई पहिलो प्राथमिकतामा राखेर बजेट तर्जुमा गरिएको हो।

बजेटको आकारको विषयमा अधिकांश माननीयज्यूहरुको संयमित भएर आएको छ भन्नुभएको छ। चालु वर्षका आयोजनहरु फागुन महिना यता राम्रोसँग सञ्चालन गर्न सकेका छैनौं। त्यसकारणले पनि हाम्रो चालु वर्षकै दायित्व पूरा गर्नुपर्ने कतिपय थप भार अर्को वर्ष रहन्छ।

त्यसैगरी आगामी आर्थिक वर्ष पनि आन्तरिक स्रोतका केही सीमाहरु हुन्छन्। त्यसलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। अलिकति अनिश्चयको कुरा पनि हो। हामी आर्थिक वर्षको सुरुकै दिनबाट कोरोनाबाट मुक्त भएर सहजरुपमा विकासको काममा अगाडि लाग्ने सक्ने अवस्था पनि छैनन्।

त्यही भएर सबै प्रकारले संयमित नै भएका छौं। बजेट सानै भए पनि विभिन्न कोणबाट बजेटको स्रोतका बारेका जिज्ञासा उठेका छन्। पहिलो प्रश्न राजस्व कति उठाउला भन्ने छ। राजस्व धेरै उठ्न सक्दैन भनेर नै चालु वर्षकै बजेटको अनुमानमा पनि १० प्रतिशतभन्दा पनि कम गरेर आगामी आर्थिक वर्षको राजस्व अनुमान गरिएको छ।

किनभने यो वर्षको आर्थिक क्रियाकलापमा आएको शिथिलताले अर्को वर्षको राजस्व परिचालनमा पनि प्रतिकूल असर अवश्य पनि गर्ने छ। त्यसकारण कम नै गर्न खोजिएको छ। 

जहाँसम्म आन्तरिक ऋणको विषय छ, सामान्य त संसद र वित्त आयोगले दिएको सुझाबअनुसार नै अर्को वर्षको अनुमानित कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतकै वरिपरि रहने गरी आन्तरिक ऋण उठाउने बजेटमा व्यवस्था गरिएको छ।

त्यो उठाउँदाखेरी निजी क्षेत्रलाई जाने कर्जालाई यसले विस्थापित गरोस्, त्यहाँ जाने कर्जाको अवसर संकुचित नहोस् भन्नका लागि बैंकहरुलाई पनि तरलता व्यवस्थापन गर्ने अरु उपकरण र औजारहरु दिएर निजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नगरी ऋण उठाउने व्यवस्था गरेका छ।

Ncell 2
Ncell 2
nimb
nimb

बाह्य स्रोतको विषयमा कोभिड– १९ का को समस्या बढ्दै गर्दा पनि अन्तर्राष्ट्रिय दातृको निकायहरुको अत्यन्तै राम्रो प्रक्तिक्रिया छ। आजै बिहान मात्रै एसियाली विकास बैंकसँग पनि यो समस्या समाधान गर्न ३० अर्ब रुपैयाँ बजेट सहयोगमा अर्थ मन्त्रालयले सम्झौता गरेको छ। सम्भवतः बजेट सहयोगमा एउटै संस्थाले यति धेरै रकम छोटो अवधिमै दिएको एउटा उदाहरण हो।

युरोपियन युनियनलगायत अन्य संघ संस्थामा आबद्ध बैंकहरुले पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। स्रोतकै विषयमा एमसिसी पनि कुरा उठेको छ। एमसिसी अमेरिकी नियोगको सहयोगमा हामीले विगत तीन वर्षदेखि बजेटमा निरन्तर केही कार्यक्रमहरु गर्दै आएको छौं। आगामी आर्थिक वर्षको बजेटमा पनि त्यो कार्यक्रम राखेको छौं।

तर, त्यो कार्यक्रम जुन बेलमा संसदले अनुमोदन गर्छ, संसदबाट अनुमोदन नगर्दासम्म यथावत नै रहन्छ।

मुलत त परियोजनमा आधारित वैदेशिक सहयोग लामो समयदेखि छलफल भएर आउने र कार्यान्वयनमा समय लाग्ने अवस्था छ। हाम्रो प्राथमिकता वैदेशिक सहयोग प्रचुर मात्रामा प्रयोग गर्न सकियोस् भनेर वैदेशिक सहायता नीति बनाएका छौं। राष्ट्रिय प्राथमिकता, हित र स्वार्थमा मात्रै विदेशी सहायता प्रयोग गछौं। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संरचनाको विषयमा चालु खर्च, पुँजीगत खर्च, वित्तिय हस्तान्तरणमा पनि चालु खर्च बढी भयो भन्ने प्रश्न उठेको छ। हाम्रो चालु खर्चभित्र हाम्रा कतिपय पुँजीगत प्रकृतिका खर्च पनि छन्। विकास कार्यक्रमसँग सम्बन्धित खर्चहरु छन्। तर, बजेटको वर्गीकरणको परिभाषाअनुसार बजेटको चालु खर्चमा राखेका छौं। चाहे त्यो स्थानीय तहमा जाने अनुदान नै किन नहोस्, सशर्त अनुदान हो र जसको ठूलो अंश पुँजीगत  खर्च हुन्छ। त्यसैगरी समपुरक अनुदान र विशेष अनुदानको पनि कुनै अंश पुँजीगत  खर्च नै हुन्छ।

यसबाहेका अरु अनुदान शीर्षकबाट जाने रकम पनि पुँजीगत खर्चमा नै हुन्छ। यहाँ गणना गर्दा चालु खर्च भनिएको छ।

तर, तिनीहरुको खर्च प्रवृति पुँजीगत नै छ।

बजेटको अनुसूची ५ मा रहेको एउटा अंकमा के छ भने बजेटलाई साधारण र विकास भनेर वर्गीकृत गरिएको छ। त्यसमा ५ खर्ब भन्दा बढी विकास खर्च छ। त्यो रकम पुँजीगत खर्चभन्दा बढी हो। यसैगरी चालु खर्चभित्रै पनि मितव्ययिता अपनाउने कुरा उठेको छ। त्यसै भएर नै सञ्चालन खर्च पनि २८ प्रतिशतले घटाएइको छ।

तर, अनिवार्य खर्च भने घटाउने सक्ने अवस्था रहेन। स्वास्थ्य क्षेत्रमा बजेट कम भयो कि भनेर प्रश्न उठेका छन्। आजभन्दा ३ वर्ष अगाडि कुल बजेटको २ दशमलव ५ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च हुन्थ्यो। आज ६ प्रतिशतभन्दा बढी खर्च गर्ने व्यवस्था मिलाइएको छ।

लगानी त अझै पुगेन। तर, हामीले जसरी स्वास्थ्य क्षेत्रमा बजेटको लागनी अगाडि बढाउँदै छौं। तीन वर्षमा झन्डैझन्डै तेब्बर बजेट विनियोजन भएको छ। यसलाई हामीले सन्तोष मान्नुपर्ने आधार धेरै छन्।

तर, एकैपटकमा हामी १० वा १२ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा हुनपर्छ भने महत्वाकांक्षी हुन पनि सक्दैनौं। कोरोनाको लागि आंशिक कोष भनेर मैले ६ अर्ब रुपैयाँ छुट्याएको छु। यसलाई नै कोरोनाका लागि यति मात्रै रकम भन्न खोजिएको छ। त्यो सरासर होइन। पूर्वधार बाहेकको अन्य कामका लागि नियमितरुपमा नै बजेट छ। कोरोना रोकथाम र जीवनरक्षा हाम्रो पहिलो दायित्व हो। पुगेन भने कानुनी सीमाभित्र रहेर बजेट आवश्यक मात्रामा विनियोजन हुन्छ।

कृषि भनेको उत्पादनमा चाहिने सामग्री मात्रै होइन। कृषि भनेका भूमि हो। भूमिका लागि, भूमि व्यवस्थाका लागि भूमि व्यवस्था मन्त्रालयका बजेट छ। सहकारीहरुले कृषि कार्य गर्नका लागि दिने अनुदान पनि भूमी व्यवस्था सहकारी मन्त्रालयमार्फत छ।

यसैगरी सिंचाइको बजेट ऊर्जा मन्त्रालयमा छ। कृषिको आधुनिकीकरण र यान्त्रीकरणका लागि नभई नहुने वस्तु विद्युत हो। विद्युतको बजेट पनि ऊर्जा मन्त्रालयमा छ। ग्रामीण सडक पूर्वाधारको कुरा भौतिक तथा स्थानीय विकास मन्त्रालयमा छ।

सबै तहको हिसाब गर्ने हो भने कृषिमा ८० अर्बको बजेट छ। तर, मन्त्रालयगतरुपमा बाँडफाँट गर्दा कृषि मन्त्रालयमा कम देखिको हो। बजेट कम छैन।

(खतिवडाले सोमबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा उठेका धारणाहरुको जवाफ दिने क्रममा राखेका धारणाको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १३:५४
  • #युवराज-खतिवडा
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्