• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

‘संयमित भएर बजेट लेख्यौं’

डा युवराज खतिवडा सोमबार, जेठ १९, २०७७  १३:५४
1140x725
फाइल फोटोः डा युवराज खतिवडा

बजेट तर्जुमा गर्दा र आजसम्मको दिनमा पनि हामी केही अनिश्चयको अवस्थामा नै छौं। यसलाई हामी सबैले स्वीकार गरेका छौं। तर, परिस्थिति अनिश्चय भए पनि  प्रक्रिया चलिरहन्छ, हामी समय खेर फाल्न सक्दैनौं।

यो समयमा हामीले केही न केही आर्थिक क्रियाकलापलाई अगाडि बढाउने र जनजीवनलाई सुरक्षित राख्दै केही काम गरिरहनुपर्छ। त्यसो भएका कारण उच्च सतर्कता अपनाएर अनुमानलाई यथार्थवादी बनाएर नगरी नहुने कामलाई पहिलो प्राथमिकतामा राखेर बजेट तर्जुमा गरिएको हो।

बजेटको आकारको विषयमा अधिकांश माननीयज्यूहरुको संयमित भएर आएको छ भन्नुभएको छ। चालु वर्षका आयोजनहरु फागुन महिना यता राम्रोसँग सञ्चालन गर्न सकेका छैनौं। त्यसकारणले पनि हाम्रो चालु वर्षकै दायित्व पूरा गर्नुपर्ने कतिपय थप भार अर्को वर्ष रहन्छ।

त्यसैगरी आगामी आर्थिक वर्ष पनि आन्तरिक स्रोतका केही सीमाहरु हुन्छन्। त्यसलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। अलिकति अनिश्चयको कुरा पनि हो। हामी आर्थिक वर्षको सुरुकै दिनबाट कोरोनाबाट मुक्त भएर सहजरुपमा विकासको काममा अगाडि लाग्ने सक्ने अवस्था पनि छैनन्।

त्यही भएर सबै प्रकारले संयमित नै भएका छौं। बजेट सानै भए पनि विभिन्न कोणबाट बजेटको स्रोतका बारेका जिज्ञासा उठेका छन्। पहिलो प्रश्न राजस्व कति उठाउला भन्ने छ। राजस्व धेरै उठ्न सक्दैन भनेर नै चालु वर्षकै बजेटको अनुमानमा पनि १० प्रतिशतभन्दा पनि कम गरेर आगामी आर्थिक वर्षको राजस्व अनुमान गरिएको छ।

किनभने यो वर्षको आर्थिक क्रियाकलापमा आएको शिथिलताले अर्को वर्षको राजस्व परिचालनमा पनि प्रतिकूल असर अवश्य पनि गर्ने छ। त्यसकारण कम नै गर्न खोजिएको छ। 

जहाँसम्म आन्तरिक ऋणको विषय छ, सामान्य त संसद र वित्त आयोगले दिएको सुझाबअनुसार नै अर्को वर्षको अनुमानित कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतकै वरिपरि रहने गरी आन्तरिक ऋण उठाउने बजेटमा व्यवस्था गरिएको छ।

त्यो उठाउँदाखेरी निजी क्षेत्रलाई जाने कर्जालाई यसले विस्थापित गरोस्, त्यहाँ जाने कर्जाको अवसर संकुचित नहोस् भन्नका लागि बैंकहरुलाई पनि तरलता व्यवस्थापन गर्ने अरु उपकरण र औजारहरु दिएर निजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नगरी ऋण उठाउने व्यवस्था गरेका छ।

Ncell 2
Ncell 2

बाह्य स्रोतको विषयमा कोभिड– १९ का को समस्या बढ्दै गर्दा पनि अन्तर्राष्ट्रिय दातृको निकायहरुको अत्यन्तै राम्रो प्रक्तिक्रिया छ। आजै बिहान मात्रै एसियाली विकास बैंकसँग पनि यो समस्या समाधान गर्न ३० अर्ब रुपैयाँ बजेट सहयोगमा अर्थ मन्त्रालयले सम्झौता गरेको छ। सम्भवतः बजेट सहयोगमा एउटै संस्थाले यति धेरै रकम छोटो अवधिमै दिएको एउटा उदाहरण हो।

युरोपियन युनियनलगायत अन्य संघ संस्थामा आबद्ध बैंकहरुले पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। स्रोतकै विषयमा एमसिसी पनि कुरा उठेको छ। एमसिसी अमेरिकी नियोगको सहयोगमा हामीले विगत तीन वर्षदेखि बजेटमा निरन्तर केही कार्यक्रमहरु गर्दै आएको छौं। आगामी आर्थिक वर्षको बजेटमा पनि त्यो कार्यक्रम राखेको छौं।

तर, त्यो कार्यक्रम जुन बेलमा संसदले अनुमोदन गर्छ, संसदबाट अनुमोदन नगर्दासम्म यथावत नै रहन्छ।

मुलत त परियोजनमा आधारित वैदेशिक सहयोग लामो समयदेखि छलफल भएर आउने र कार्यान्वयनमा समय लाग्ने अवस्था छ। हाम्रो प्राथमिकता वैदेशिक सहयोग प्रचुर मात्रामा प्रयोग गर्न सकियोस् भनेर वैदेशिक सहायता नीति बनाएका छौं। राष्ट्रिय प्राथमिकता, हित र स्वार्थमा मात्रै विदेशी सहायता प्रयोग गछौं। 

संरचनाको विषयमा चालु खर्च, पुँजीगत खर्च, वित्तिय हस्तान्तरणमा पनि चालु खर्च बढी भयो भन्ने प्रश्न उठेको छ। हाम्रो चालु खर्चभित्र हाम्रा कतिपय पुँजीगत प्रकृतिका खर्च पनि छन्। विकास कार्यक्रमसँग सम्बन्धित खर्चहरु छन्। तर, बजेटको वर्गीकरणको परिभाषाअनुसार बजेटको चालु खर्चमा राखेका छौं। चाहे त्यो स्थानीय तहमा जाने अनुदान नै किन नहोस्, सशर्त अनुदान हो र जसको ठूलो अंश पुँजीगत  खर्च हुन्छ। त्यसैगरी समपुरक अनुदान र विशेष अनुदानको पनि कुनै अंश पुँजीगत  खर्च नै हुन्छ।

यसबाहेका अरु अनुदान शीर्षकबाट जाने रकम पनि पुँजीगत खर्चमा नै हुन्छ। यहाँ गणना गर्दा चालु खर्च भनिएको छ।

तर, तिनीहरुको खर्च प्रवृति पुँजीगत नै छ।

बजेटको अनुसूची ५ मा रहेको एउटा अंकमा के छ भने बजेटलाई साधारण र विकास भनेर वर्गीकृत गरिएको छ। त्यसमा ५ खर्ब भन्दा बढी विकास खर्च छ। त्यो रकम पुँजीगत खर्चभन्दा बढी हो। यसैगरी चालु खर्चभित्रै पनि मितव्ययिता अपनाउने कुरा उठेको छ। त्यसै भएर नै सञ्चालन खर्च पनि २८ प्रतिशतले घटाएइको छ।

तर, अनिवार्य खर्च भने घटाउने सक्ने अवस्था रहेन। स्वास्थ्य क्षेत्रमा बजेट कम भयो कि भनेर प्रश्न उठेका छन्। आजभन्दा ३ वर्ष अगाडि कुल बजेटको २ दशमलव ५ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च हुन्थ्यो। आज ६ प्रतिशतभन्दा बढी खर्च गर्ने व्यवस्था मिलाइएको छ।

लगानी त अझै पुगेन। तर, हामीले जसरी स्वास्थ्य क्षेत्रमा बजेटको लागनी अगाडि बढाउँदै छौं। तीन वर्षमा झन्डैझन्डै तेब्बर बजेट विनियोजन भएको छ। यसलाई हामीले सन्तोष मान्नुपर्ने आधार धेरै छन्।

तर, एकैपटकमा हामी १० वा १२ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा हुनपर्छ भने महत्वाकांक्षी हुन पनि सक्दैनौं। कोरोनाको लागि आंशिक कोष भनेर मैले ६ अर्ब रुपैयाँ छुट्याएको छु। यसलाई नै कोरोनाका लागि यति मात्रै रकम भन्न खोजिएको छ। त्यो सरासर होइन। पूर्वधार बाहेकको अन्य कामका लागि नियमितरुपमा नै बजेट छ। कोरोना रोकथाम र जीवनरक्षा हाम्रो पहिलो दायित्व हो। पुगेन भने कानुनी सीमाभित्र रहेर बजेट आवश्यक मात्रामा विनियोजन हुन्छ।

कृषि भनेको उत्पादनमा चाहिने सामग्री मात्रै होइन। कृषि भनेका भूमि हो। भूमिका लागि, भूमि व्यवस्थाका लागि भूमि व्यवस्था मन्त्रालयका बजेट छ। सहकारीहरुले कृषि कार्य गर्नका लागि दिने अनुदान पनि भूमी व्यवस्था सहकारी मन्त्रालयमार्फत छ।

यसैगरी सिंचाइको बजेट ऊर्जा मन्त्रालयमा छ। कृषिको आधुनिकीकरण र यान्त्रीकरणका लागि नभई नहुने वस्तु विद्युत हो। विद्युतको बजेट पनि ऊर्जा मन्त्रालयमा छ। ग्रामीण सडक पूर्वाधारको कुरा भौतिक तथा स्थानीय विकास मन्त्रालयमा छ।

सबै तहको हिसाब गर्ने हो भने कृषिमा ८० अर्बको बजेट छ। तर, मन्त्रालयगतरुपमा बाँडफाँट गर्दा कृषि मन्त्रालयमा कम देखिको हो। बजेट कम छैन।

(खतिवडाले सोमबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा उठेका धारणाहरुको जवाफ दिने क्रममा राखेका धारणाको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १३:५४
  • #युवराज-खतिवडा
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्