• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

शिक्षाको बजेट पौने २ खर्ब, छात्रालाई स्यानिटरी प्याडदेखि दिवा खाजा विस्तारसम्म

64x64
नेपाल लाइभ बिहीबार, जेठ १५, २०७७  २१:४९
1140x725

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रका लागि बजेट १ खर्ब ७२ अर्ब २१ करोड ९२ लाख बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा शिक्षातर्फ १ अर्ब ६३ अर्ब विनियोजन गरिएको ‍थयो। सरकारले अन्य क्षेत्रमा बजेट घटाएर विनियोजन गरेपनि शिक्षा क्षेत्रमा चालू आर्थिक वर्षको तुलनामा बढाएरै विनियोजन गरेको हो। 

साक्षरता कार्यक्रमदेखि स्यानिटरी प्याड वितरणसम्म
सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षाका धेरै जसो पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् भने केही कार्यक्रम विस्तार भएका छन्। मातृभाषामा आधारभूत शिक्षा प्रदानगरी रहेका मदरसा, गुरुकुल, गुम्बा लगायत शिक्षालाई आधुनिक मूलधारमा आबद्ध गर्ने घोषणा गरिएको छ। साक्षर हुन २४ जिल्लामा साक्षरता कार्यक्रम अभियानको रुपमा कार्यक्रम सञ्चालन गरी साक्षर नेपाल घोषणा गरिने भएको छ।

देशभरका सबै सामुदायिक विद्यालयलाई लक्षित गरी १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड निशूल्क उपलब्ध गराउन १ अर्ब ८२ करोड बजेट विनियोजन भएको छ। विनियोजित बजेट स्थानीय तह मार्फत खर्च गर्ने व्यवस्था गरिएको छ। सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन सरकारले सेनिटरी प्याडमा समेत बजेट विनियोजन गरेको हो। 

माध्यमिक तहदेखि नै प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षालाई जोड दिदै सबै स्थानीयतहमा न्यूनतम एक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठनलाई जोडिने घोषणा गरिएको छ। अहिलेसम्म ६ सय ७ स्थानीयतहमा प्राविधिक शिक्षा सुरु भईसकेको छ। अरु स्थानीयतहमा विस्तारै प्राविधिक शिक्षा सुरु गर्ने योजना बनाईएको छ। प्राविधिक शिक्षालाई सिपसंग जोड्न सरकारले उच्च प्राथमिकता दिई आएको छ। 

कोरोना भाइरसलक्षित गर्दै भर्चुअल कक्षा 
विश्वव्यापी कोरोना भाईरसलाई लक्षित गर्दै रेडियो, टेलिभिजन अनलाईन लगायत प्रविधिको प्रयोग गरी कक्षा सञ्चालन गरिने घोषणा गरिएको छ। लकडाउनका कारण देशभरका सबै शैक्षिक सस्था बन्द भएपछि सरकारले भर्चुअल कक्षा सञ्चालन गर्ने अवधारणा ल्याएको हो। यस्तै  माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले समाजिक उत्तरदायित्व बहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक पुर्वाधार सहित शैक्षिक गुणस्तरको जिम्मेवारी लिनु पर्ने भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

व्यवसायमुखी भएका निजी विद्यालयलाई सामुदायिक विद्यालयको वृद्धि विकासमा जोडिएको छ। शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालय तथा गणित, अंग्रेजी र विज्ञान शिक्षक नपुग भएका विद्यालयमा थप ६ हजार स्वयमसेवक शिक्षक परिचालन गरिने भएको छ । शिक्षक परिचालनका लागि २ अर्ब २३ करोड बजेट विनियोजन भएको छ।

छात्रावृत्तिमा मात्रै २ अर्ब ७० करोड 
सरकारले सबै छात्रावृत्तिलाई एकीकृत गरी कुल २ अर्ब ७० करोड बजेट विनियोजन गरिएको छ। जसमा विपन्न र अपांग भएका नागरिकका वालवालिका,सहितका छोराछोरी र जेहेन्दार विद्यार्थीगरी २६ लाख लाभान्वित हुने भएका छन्। यसअघि शिक्षा मन्त्रालयले फरक फरक शिर्षकमा छात्रावृत्तिमा बजेट विनियोजन गर्दै आएपनि पछिल्लो समय एक मुस्ट छात्रावृत्ति रकम विनियोजन गर्दै आएको छ।

यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब विनियोजन गरिएको छ। सोही बजेट कक्षा कोठा निर्माण,प्राविधिक शिक्षकको व्यवस्था,शिक्षक तालिम, स्वयमसेवक शिक्षक परिचालन विज्ञान प्रयोशाला सूचना प्रविधि,ल्याब लगायतमा खर्च गरिने भएको हो। आगामी आर्थिक वर्ष १ हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पसको भवन पुर्ननिर्माण २ हजार ५ सय २० कक्षा एक एक हजारको संख्यामा विज्ञान प्रयोशाला,पुस्ताकालय र कम्युटर प्रयोगशाला स्थापना गरिने छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

देशभरका ४६ लाख छात्राछात्र लाभान्वित हुने गरी निशूल्क पाठ्यपुस्तका लागि २ अर्ब ७६ करोड विनियोजन गरिएको छ। जसमा आधारभुत तहसम्मका विद्यालयमा रङ्गिन पुस्तक समेत छाप्ने बजेट विनियोजन गरिएको छ। उच्च शिक्षलाई गुणस्तरीय तथा प्रतिष्प्रधि बनाउन विश्वविद्यालय अनुदान आयोग माफर्त १७ अर्ब ४३ करोड विनियोजन गरिएको छ।

हाल ४३ जिल्लामा लागु भएको दिवा खाजा कार्यक्रम देशभर विस्तार गरिने भएको छ। त्यसका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ। यसबाट ८ लाख बालबालिका लाभान्वित हुने सरकारको अनुमान छ।

छात्रवृति कार्यक्रमलाई एकिकृत रुपमा सञ्चालन गरिने। विपन्न, अपांङ,सहिदको बालबच्चा र जेहेन्दार २६ लाख विद्यार्थीलाई छात्रवृति दिइने भएको छ। त्यसका लागि २ अर्ब  ७० करोड विनियोजन गरिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २१:४९
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्