• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राप्रपाका ३१ वर्ष : यस्ता छन् फुट र जुटका घुम्तीहरु 

64x64
दुर्गा दुलाल बिहीबार, जेठ १५, २०७७  १२:४९
1140x725

काठमाडौं- राप्रपा अध्यक्ष कमल थापाले पार्टीको ३१ औ वार्षिकोत्सवको अवसरमा राप्रपा विघटनलाई सम्झना गरे। उनले टुटफुटको श्रृंखलालाई पार गर्दै आफूहरु पुनः एक भएको बताए। ‘भविष्यमा कहिल्यै नफुट्ने बाचा बन्धनका साथ हामीले एकता कायम गरेका छौं’, ट्विरमा एक भिडियो सेयर गर्दै उनले भनेका छन्।

थापाले प्रसंग जोडेजस्तै राप्रपा भन्नासाथ टुटफुट र जुटका कुरा आइहाल्छन्। पञ्चायत पृष्ठभूमिका नेताहरु मिलेर २०४६ साल जेठ १५ गते स्थापना भएको भएको राप्रपा अनेक नाम र फुर्कामा विभाजित हुँदै पुनः एकतावद्ध भएको छ।

हुन पनि राप्रपाको इतिहासमा जुटभन्दा फुटका कथा बढी छन्। चुनावमा हारेपछि मिल्ने र सत्तामा जान फुट्ने उसको विशेषता रह्यो। कार्यकर्तामा पनि सधैंभर फुटकै त्रास रहिरह्यो। त्यसैले पनि गत फागुन २८ गते राप्रपा एकता हुँदा पशुपति शम्शेर राणा, कमल थापा र  प्रकाशचन्द्र लोहनी गीता छोएर पार्टी नफुट्ने बाचा गर्नुपरेको थियो।

कस्तो छ त राप्रपाको ३१ वर्षे इतिहास?
राप्रपा गठन

२०४७ सालमा पञ्चायतको अन्त्य भएपछि पञ्चायती व्यवस्थामा शक्तिमा रहेकाहरुले अलग्गै पार्टी गठन गरे। जसको नाम थियो– राष्ट्रिय प्रजातन्त्र पार्टी।

सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दलगायत पञ्चायतकालका अधिकांश शक्तिशाली नेताहरु सो पार्टीमा समाहित भएका थिए।

शनिबार पशुपति शमशेर राणा र कमल थापाले निर्णायक हस्ताक्षर गरेसँगै यो पार्टी पाचौँ पटक विभाजनबाट एकतातिर गएको देखिएको छ। २७ वर्षको इतिहासमा पूर्वपञ्चहरुको पार्टी पाँच पटक विभाजित भएको छ भने, चार पटक यसअघि जोडिएको छ।

यसरी पार्टी फोड्ने र जोड्नेका खेलाडी थिए, पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतका मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा लगायत। यीमध्ये केही नेता अहिले पनि सक्रिय राजनीतिमा छन्।

सूर्यबहादुर थापा, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा र पद्मसुन्दर लावतीको निधन भइसकेको छ।

Ncell 2
Ncell 2

गठनदेखि नै विभाजन
पञ्चायत समाप्त भएर प्रजातन्त्र आएपछि उनीहरु राजनीतिमा सक्रिय हुनै पर्ने निश्चित गरे। पार्टीको नाम, विधान र झन्डा तयार गरे। यति गरेपछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवाद सुरु भयो। तत्कालीन समयमा सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच विवाद भयो। नेतृत्वको यही विवादका कारण पार्टी एक भएसँगै दुई पनि भयो।

२०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो। बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए।

चुनावमा दुवै पार्टीले लज्जाजनक हार व्यहोरे। देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो।

राप्रपा ‘चन्द’ बाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए। दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा)बाट जित्ने एक्लो सांसद बने। थापा आफैं पनि धनकुटाबाट विजयी हुन नसकेपछि चन्द पक्षसँग निहुरिन बाध्य भए।

यसबाट पाठ सिक्दै उनीहरु एकताको प्रयासमा लागे। केही महिनाको प्रयासपछि उनीहरू पार्टी गठन गर्न सहमत भए। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय भयो।

चुनाव चिन्ह हलो राख्दै नेतृत्व प्रजातन्त्रिक प्रक्रिया अनुसार प्रत्येक पाँच वर्षमा परिर्वतन गर्ने कुरामा उनीहरु सहमत भए। २०४८ माघमा एकीकृत पार्टी बन्यो। त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने। थापा अध्यक्ष भए पनि चन्द र थापा गुट भने कायमै रह्यो।

तेस्रो पार्टी हुँदा सत्ताको स्वाद तर दोस्रो विभाजन
२०५१ सालमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् भंग गर्दै मध्यावधि चुनाव गराए। यो एकताले राप्रपालाई संसदीय राजनीतिमा केही शक्तिशाली बन्ने अवसर प्रदान गर्‍यो।

देशभर १९ सिट जित्दै राप्रपा सत्ताको साँचो बोकेको पार्टी बन्यो। चुनावको प्रतिफलअनुरुप राप्रपा तेस्रो शक्तिको रुपमा उदाउनुका साथै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्पष्ट बहुमत नआउँदा सत्ताको साँचो बन्न पुगेको हो।

मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्‍यो। यो सरकार नौ महिना मात्रै चल्यो। अधिकारीलाई हटाएर कांग्रेस नेता शेरबहादुर देउवा सत्ताको नेतृत्वमा आए। उक्त खेलको एक खेलाडी राप्रपा थियो। त्यसको नेतृत्व गरेका थिए सूर्यबहादुर थापाले।

थापाको प्रयासपछि देउवा प्रधानमन्त्री बने। देउवा प्रधानमन्त्री हुदाँ थापाले आफूखुसी मन्त्री सिफारिस गरेको भन्दै पार्टीभित्र लोकेन्द्रबहादुर चन्द विरोधी भएर निस्किए।

केही महिनापछि देउवा सरकार ढाल्न एमाले नेताहरु सक्रिय भए। राप्रपाको त्यही असन्तुष्ट चन्द पक्षले एमालेलाई साथ दियो। लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए। २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने।

आफैंले नेतृत्व गरेको सरकार आफ्नै साथीका कारण ढलेपछि थापा चन्दसँग उग्र भए। तत्कालीन समयमा थापाले चन्दलाई ‘राजनीतिक नैतिकता नभएको अवसरवादी’ भन्दै पार्टीको बैठकमै झपारेका थिए।

चन्द र थापाको विवादले राप्रपाभित्र असन्तुष्टिको खाडल बढ्दै गयो। चन्दको कदमले अध्यक्ष थापा बदलाको भावना लिँदै अघि बढे। उनी आफ्नै साथी चन्द नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगे। पार्टी गठन भएको एक वर्ष्भित्र आफ्नै पार्टी नेतृत्वको सरकार गिराउँदै राप्रपाले अर्को सरकार गठन गर्‍यो।

यो मतभेदले थापा प्रधानमन्त्री बनेपछि पार्टीले विभाजनको रूप लियो।

सत्ताको जोडघटाउमा सुरू भएको राप्रपाभित्रको मनमुटावका कारण सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पार्टी विभाजन भयो। एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो। २०५३ सालमा राप्रपा चन्द र राप्रपा थापाको रुपमा पार्टी विभाजन भयो।

२०४८ सालमा जस्तै यो फुट उसका लागि फलदायी भएन। २०५६ को आम निर्वाचनमा दुवै राप्रपाको नराम्रो हार भयो। थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन। पहिलो निर्वाचनमा चन्द पक्ष बलियो र थापा पक्ष कमजोर भएको थियो। तर, ६ वर्षपछि त्यो उल्टो भयो।

यो हारपछि पुनः एकीकरणको दबाब सिर्जना भयो। उनीहरु तयारीमा जुटे। पहिलो एकीकरणको नौ वर्षपछि र विभाजनको तीन वर्षपछि २०५७ सालमा पार्टी एकीकण भयो।

तेस्रो विभाजन ज्ञानेन्द्रको शासनमा
दोस्रो पटक हारका कारण एक भएको यो पार्टीका नेताहरुले सच्चिने चेत देखाएनन्। एकीकरण भएको दुई वर्षमा उनीहरु भित्र फाटो आयो। यसको एकमात्र कारण पूर्व राजा ज्ञानेन्द्र शाहको आफैं सत्ता चलाउने चाहाना थियो।

जब राजाको हैसियतमा ज्ञानेन्द्रले निर्वाचित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरे, यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भयो।

सूर्यबहादुर थापा राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा थिए। तर, राजाको प्रस्ताव स्वीकार गर्दै लोकेन्द्र बहादुर चन्द प्रधामन्त्री बनेपछि विभाजनले अंकुराउने मौका पायो।

दोस्रो विभाजनमा चन्द छोडेर थापा क्याम्पमा आएका कमल थापाले यतिबेला भने सूर्यबहादुरलाई छोडेर राजालाई साथ दिए। कमल थापाले राजालाई साथ मात्रै दिएनन, पार्टी पनि विभाजन गरे। २०६२ पुसमा छुट्टै भेला बोलाएर ‘राप्रपा नेपाल’ गठन गरे अनि आफू अध्यक्ष भएको घोषणा गरे। राजालाई साथ दिन राप्रपाको तेस्रो फुटको नेतृत्व गरेका थापाले राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको जिम्मेवारी पाए।

चौथो फुटपछि राप्रपा तीन चीरामा
यसरी दुई वटा भएको राप्रपामा थापा र उनीसँगै रहेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी तत्कालीन अध्यक्ष पशुपति शमशेर राणासँग अलग भए। राणालाई अध्यक्ष स्वीकार गर्न नसकेपछि उनी आफैं ‘राष्ट्रिय जनशक्ति पार्टी’ नामको नयाँ पार्टी गठन गर्दै राप्रपा चौथो पटक फुटाए।

यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीका स्वरुपमा रहन गए। २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिए।

यो निर्वाचनमा उनीहरु कमजोर बने। अध्यक्ष पशुपति शमशेर आफैं पराजित भए। उनी २५ वर्षपछि पहिलो पटक पराजित भएका थिए। संविधानसभा निर्वाचनमा हार व्यहोरेसँगै पूर्वपञ्चहरूले एकताको तेस्रो प्रयास सुरु गरे। ०७० साल जेठमा यी दुई पार्टीहरूबीच एकता भयो। राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे। नयाँ पार्टीको नाम राप्रपा नै राखियो। यद्यपि थापा जिवित रहुन्जेल नेतृत्वका लागि विवाद भने चलिरह्यो।

२०७२ बैसाखमा थापाको निधन भयो। त्यसपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले आलोपालो गरी पार्टी हाँक्ने सहमति गरे।

यसबीचमा उनीहरूले कमल थापालाई ल्याउने प्रयास गरे तर उनी राजा सहितको राजनीतिक व्यवस्थाको पक्षमा रहे भने राणाहरु अब गणतन्त्रबाट फर्किन नसक्नेमा पुगे।

दोस्रो संविधानसभा निर्वाचनपछि कमल थापा पक्ष बलियो
दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा र राप्रपा नेपाल दुई पार्टीले भाग लिए। उनीहरु हलो र गाई चिह्न लिई चुनावी मैदानमा होमिएका थिए। निर्वाचनको परिणाम राप्रपाले प्रत्यक्षमा ३ सिट जित्यो भने राप्रपा नेपालले प्रत्यक्षमा कुनै पनि सिट जितेन। तर, कुनै सिट जित्न नसके पनि हिन्दु धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्न सफल भयो। राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त गर्‍यो।

यसरी विभाजन हुँदा आपसमा कमजोर भएको निष्कर्षसहित पुनः एकीकरण प्रक्रिया सुरु गरे। यी दुई पार्टीबीच २०७३ मंसिर ६ गते एकता भयो। कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने। यो पार्टीको चौथो एकता थियो। तर, यो एकता पनि लामो समय टिक्न सकेन। २०७३ चैतमा डा प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरे।

पशुपति शमशेर राणाले २०७४ साउनमा पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे। २०७५ माघमा एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्रजातान्त्रिक) बीच एकता भई राप्रपा संयुक्त गठन भयो।

लामो प्रयासपछि २०७६ फागुन २४ गते राप्रपा संयुक्त र राप्रपाबीच पार्टी एकीकरणको सैद्धान्तिक सहमति भयो। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने तथा महाधिवेशनसम्मका लागि  तीन अध्यक्ष (पशुपति शमशेर, प्रकाशचन्द्र लोहनी र कमल थापा) रहने व्यवस्था गरियो। उनीहरुले फागुन २८ गते एक समारोह आयोजना गरी पार्टी एकता घोषणा गरेका थिए।

यो पनि पढ्नुहोस्

राप्रपाका तीनै अध्यक्षले गीता छुँदै भने- पार्टी फुट्दैनबुधबार, फागुन २८, २०७६

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै नेकपा एससहित साना दलसँग एकता गर्ने निर्णयमा असहमति राख्दै आएका शर्माले आज पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्न लागेका हुन्। मंगलबार, कात्तिक १८, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो। बैठक दिउँसो १ बजे पार्टी कार्... मंगलबार, कात्तिक १८, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय गृहमन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई सहिद घोषणा गरिएको भन्दै प्रवक्ता खरेलले थपको सन्दर्भमा अझै अ... सोमबार, कात्तिक १७, २०८२
ताजा समाचारसबै
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सुनको मुल्य घट्यो मंगलबार, कात्तिक १८, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
आलोकनगरमा प्रचण्ड, माधव र नारायणकाजीबीच छलफल सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्