• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भारतसँग देखाउनु पर्ने सुझबुझ

64x64
भानु बोखिम मंगलबार, जेठ १३, २०७७  १८:३१
1140x725

कूटनीतिमा होस् वा समग्र राजनीतिमा नै किन नहोस्, लिखित नीतिको धार पकडेर मात्र सबल भईंदैन। नीतिभन्दा बढी राजनीतिज्ञमा संयमता र नैतिकता महत्वपूर्ण हुन्छ। नेपालले नयाँ नक्सा जारी गरेपछि भारतसँगको सम्बन्ध एकपटक फेरि पेचिलो बनेको छ। यो बेला सत्तापक्षका नेता होस् वा प्रतिपक्षको, उनीहरु संयम, गम्भीर अनि दह्रो भएर भारतसामु उभिन सक्नुपर्छ।

हामी कति गम्भीर छौँ भन्ने कुरा जगजाहेर छ। लिम्पियाधुराको विषयमा प्रधानसेनापति समेतलाई सामाजिक सञ्जालमा उडाउने काम भयो। यसले कूटनीतिसम्बन्धी हाम्रो कमजोर बुझाईलाई राम्रैसँग उजागर गर्‍यो। भारतीय सेनापति मनोज मुकुन्ध नाराभानेले चीनको उक्साहटमा नेपालले विवाद झिकेको अभिव्यक्ति दिए। सेनापतिको यो भनाई भारतको रणनीतिक चाल थियो। तर हाम्रो बुझाई यस्तो रह्यो कि सेनापतिको जवाफ सेनापतिले नै दिनुपर्छ। अझ बिना सोचीसम्झी दिईहाल्नु पर्छ भन्ने जमात पनि देखियो। प्रधानसेनापतिले उपयुक्त समयमा जवाफ फर्काउने समाचार बाहिरियो। सेनाको त्यो जवाफ कुन प्रसँगमा कसरी आयो थाहा भएन। तर उपयुक्त शब्दले थप चर्चा पायो। वामदेव गौतमलाई उपयुक्त समयमा राष्ट्रियसभाको सदस्य बनाउने भनेपछि यो शब्द चर्चामा आएको थियो। तर प्रधानसेनापतिबाट जे आश गरियो,  त्यसले हाम्रो कूटनीतिक चेतलाई राम्रैसँग उजागर गर्‍यो। 

सांसदमा उभिएर प्रधानमन्त्रीले भारतीय सेनापतिको जवाफ सेनापतिले नै दिनुपर्दैन भने। यो प्रधानमन्त्री वा नेपाल सरकारको सुझबुझपूर्ण कदम थियो। कूटनीति आवेगमा खेल्ने सवाल जवाफको खेल होइन। प्रधानमन्त्रीले यसको कुशलता देखाउँदै गर्दा, आफू चिप्लिन पनि बाँकी राखेनन्। 'सत्यमेव जयते'लाई 'सिंहमेव जयते' भनेर होस् वा चीनभन्दा भारतबाट आएको कोरोना कडा भनेर।

छिमेकीलाई चिढ्याएर उसँगको समस्या समाधान गर्न गाह्रो हुन्छ। यसले उल्झन बढाउँछ मात्र। नेपालको उदेश्य उल्झन बढाउने होइन, आफ्नो भूमि फिर्ता ल्याउने हो। 

कोरोनाको प्रसँगमा प्रधानमन्त्रीको आफ्नै व्याख्या होला। तर दक्षिणी छिमेकीसँगको सम्बन्ध चिसिइरहेका बेला भारत र चीनको कोरोनाको तुलना गर्नु सुझबुझपूर्ण अभिव्यक्ति थिएन। यसमा आवेग, आक्रोश र उत्तेजनाको सम्मिश्रण थियो नै। कूटनीतिमा शब्दको लाक्षणिक अर्थ मात्र लाग्दैन। असीमित रुपमा आलंकारिक अर्थ पनि लाग्छ। आलंकारिक अर्थ समय र परिस्थितिले पनि निर्धारण गर्छ। जसको लागि सोचीसम्झी शब्द तौलिएर बोल्नुपर्ने समय छ तर त्यो संयमता भने देखिएको छैन। 

लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेसँगै भारतले अड्को थाप्न सुरु गरिसकेको छ। पाम तेलको निर्यात रोकिएको थियो। भर्खरै नेपाली चियाको निकासी पनि रोकिएको छ। सीमा विवादको कारण भारतले अन्य बखेडापनि झिक्दै जान सक्छ। यो अवस्थामा देशको अर्थतन्त्रलाई मजबुत बनाउँदै कूटनीतिलाई प्रभावकारी बनाउने बाटो पहिल्याउनु पर्छ। तर लकडाउन घोषणा गरेर सरकार आफै सुस्ताएको छ। सरकारको लागि लकडाउन गर्नुपर्ने काम वा बहन गर्नुपर्ने जिम्मेवारीबाट पन्छिने गतिलो बहाना भएको छ।

सरकार स्वयम् र सरकारका मन्त्रीहरु लोकप्रियताको लागि समय खर्चन मात्र जागर लगाउँछन्। यसको पछिल्लो उदाहरण हुन्, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल। मन्त्री अर्यालको काम नेताको घरमा देशको नक्सा पुर्‍याउन जानु भएको छ। नेताको घरघरमा तस्बिर पुर्‍याएर समय कटाउने अनि तस्बिर खिचेर रमाउने मन्त्रीले समयको मूल्य कति बुझेकी होलान्? नयाँ नक्सामा रोमाञ्चित मन्त्री कोरोनाको कहर झेलिरहेका जनताबारे कति चिन्तित छिन्? चलिरहेको महामारीको संकटबाट बाहिर आउन आफ्नो मन्त्रालयको योजनामा कतिको काम गरेकाछन्? यो नेपाली जनताले सोध्ने भन्दापनि आफै बुझ्नुपर्ने भएको छ। बुझेर विरोध होइन, मौन बस्नु पर्ने बाध्यता छ। 

प्रधानमन्त्रीले सदनमा जवाफ दिने क्रममा आफ्नै सरकारको पालामा भूमि पनि फिर्ता हुने अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्रीले आश्वासनले खुशी बनायो होला तर तीन वर्षपछि उनीसँग गुनासो गर्ने मनलाई आजैदेखि सम्झाएर राखे हुन्छ। सरकारको आधा कार्यकाल गुज्रिसकेको छ। अबको दुई–अढाई वर्षमा लिम्पियाधुरा नेपाल सरकारको उपस्थित होस् भन्ने अपेक्षा नराम्रो हैन। तर हुन्छ भनेर विश्वास गर्न गाह्रो छ। भूमि फिर्ता आओस् भन्ने अपेक्षा गर्न सकिन्छ तर विश्वास गर्न सकिँदैन। अविश्वासको कारण सरकारले विगतमा समयसीमा तोकेर गरेका कामहरुको परिणाम हो। रेलको कुरा होस् वा पानीजहाज, यी अब सरकारमा रहेकाले नै उच्चारण गर्न छोडेका छन्। दुई देश बिचको सीमा विवाद समाधान रेल र पानी जहाजको सपनाभन्दा धेरै जटिल विषय हो। समाधान हुन्छ तर वर्षौं लाग्न सक्छ। एउटै अवस्थामा तीन वर्षभित्र लिम्पियाधुरा फिर्ता आउन सक्छ। यदि भारतले छाती चौडा गरेर नेपाललाई सुम्पिएमा। तर भारत जति ठूलो छ, उति ठूलो छैन उसको मन। ५८ वर्षदेखि कब्जामा लिएको जमिन भारतले उति सजिलै छोड्नेवाला छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्री अर्यालको काम नेताको घरमा देशको नक्सा पुर्‍याउन जानु भएको छ। नेताको घरघरमा तस्बिर पुर्‍याएर समय कटाउने अनि तस्बिर खिचेर रमाउने मन्त्रीले समयको मूल्य कति बुझेकी होलान्?

नयाँ नक्सा जारी गरेसँगै कूटनीतिको तौरतरिकामापनि चर्चा हुन थालेको छन्। कूटनीतिका विभिन्न उपागमहरु छन्। मुलत तीनवटा उपागम अभ्यास र चर्चामा छन्। जसको लागि हामी सबै तौरतरिका अजमाउन सक्छौँ। तर पहिलो विकल्पमै जोडबल दिनुको विकल्प भने छैन। दुई देशको समस्या हल गर्न कुटनीतिको पहिलो उपागम (ट्रयाक वान च्यानल) हो, सरकारले सरकारसँग कुरा गर्ने। दोश्रो तरिका हो, अप्रत्यक्ष रुपमा उपलब्ध सम्बन्ध श्रोतको उपयोग। तेश्रो उपागम भनेको मुद्दालाई अन्तराष्ट्रिय फोरममा पुर्‍याउने हो। तीनमध्ये पहिलो उपागममा जोड दिनु नै हाम्रो लागि उपयुक्त हुन्छ। 

दोश्रो उपागम (ट्रयाक टु च्यानल)को लागि औपचारिक फोरममा मित्रताको नाम लिएको सम्बन्धले मात्र काम गर्दैन। यो उपागममा कोसिस गर्दा त केही बिग्रँदैन। कोसिसको बाबजुद परिणाम आउँदैन भन्ने निश्चितप्रायः छ। किनकि भारत र नेपालको नेताहरुबीच अब औपचारिक सम्बन्ध मात्र छ। भावनाको सम्बन्ध बोकेका नेताहरु दुवै देशबाट लभगभ बितिसके। भारत स्वतन्त्र भएको करिब चार वर्षपछि नेपालमा प्रजातन्त्र आएको थियो। नेपालमा प्रजातन्त्र ल्याउन लडेका नेताहरु भारतको स्वतन्त्रा संगाममा पनि सहभागी भएका थिए। परिणाम त भारत र नेपालमा प्रजातन्त्र आएपछिका नेताहरुमा भावनात्मक सम्बन्ध थियो। उनीहरु सँगसँगै हिँडेको र समान उद्देश्यको लागि लडेको हुनाले उनीहरु मनदेखि नै जोडिएका थिए। आज दुई देशबीचको नेताको सम्बन्ध व्यक्तिगत श्वार्थ तथा औपचारिकतामा सीमित छ। औपचारिक सम्बन्ध बोकेका नेताहरुबीच ट्रयाक टु च्यानलले काम गर्दैन। 

तेश्रो उपागम अथवा ट्रयाक थ्री च्यानको प्रयोग भनेको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने हो। यो कदम हाम्रो लागि आत्मघाती हुन सक्छ। अन्तर्राष्ट्रियकरण गर्दा भारतमाथि दबाब त सृजना होला तर यसले परिणाम भने दिँदैन। अन्तर्राष्ट्रियकरण गर्दैगर्दा आजको विश्वमा भारतको प्रभाव कस्तो छ भनेरपनि बुझ्नुपर्छ। भारत आजको विश्वमा उदाउँदो अर्थतन्त्र र शक्तिशाली देश हो। शक्तिशाली र ठूलो अर्थतन्त्रको प्रभाव हाम्रो जस्तो देशको भन्दा धेरै बढी हुन्छ। साथै मुद्दा को अन्तराष्ट्रियकरण गर्दा भारत थप चिढिने सम्भावना हुन्छ। एउटा शक्तिशाली र ठूलो अर्थतन्त्र भएको छिमेकीलाई चिढ्याएर उसँगको समस्या समाधान गर्न गाह्रो हुन्छ। यसले उल्झन बढाउँछ मात्र। नेपालको उदेश्य उल्झन बढाउने होइन, आफ्नो भूमि फिर्ता ल्याउने हो। 

भूमि फिर्ता ल्याउन विवाद भएको छिमेकीसँग कुरा गर्नु नै उत्तम विकल्प हो। यसको लागि नेपाल सरकारले भारत सरकारसँग वार्ता गर्ने हो। निश्चित छ कि वार्ता कैयौँ चरण भएर गुज्रिन्छ। वार्ताको क्रममा समय गुज्रँदै गर्दा भारतसँग कुरा गर्नेमात्र हैन। आफूलाई बलियो पनि बनाउँदै लग्नुपर्छ। त्यसको लागि जनताको जीवनस्तर सुधार्ने विकासका काम गर्नुपर्छ। विभिन्न पार्टीको नेता, बौद्धिक वर्ग र कर्मचारी भारतको आशिर्वादमा आफ्नो र आफन्तको उन्नति खोज्दै आएका छन्। यस्तो नैतिक पतन हुनबाट जोगिनुपर्छ। नैतिक बलले नै हो मानिसलाई स्वभिमानी बनाउने।     

भूमि फिर्ताको सवालमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ। एक भएको देखाएर सीमा विवादको सवालमा भोटको निम्ति आ–आफ्नो रोटी सेक्ने काम गर्नुहुँदैन। अन्यथा भूमि फिर्ता ल्याउने प्रयास, विगतमा देखिएका राष्ट्रवादका भद्दा नृत्यको पुनरावृत्ति हुन पुग्छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्