• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘कोभिड–१९ का कारण ६० देखि ८० प्रतिशत श्रमिकको रोजगारी गुम्ने खतरा’

64x64
नेपाल लाइभ आइतबार, जेठ ११, २०७७  २०:२१
1140x725

काठमाडौं- कोभिड–१९ का कारण उद्योग, व्यवसाय तथा पर्यटन क्षेत्रमा काम गर्ने ६० देखि ८० प्रतिशत कर्मचारी र श्रमिकको रोजगारी गुम्ने खतरा सिर्जना भएको कांग्रेसले निष्कर्ष निकालेको छ।

केही समयअघि नेपाली कांग्रेसले कोभिड–१९ले अर्थतन्त्रमा पार्ने असर र त्यसका बचाउका लागि गर्नुपर्ने नीतिगत व्यवस्थाको विषयमा अध्ययन गर्ने पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतको संयोजकत्वमा कमिटी गठन गरेको थियो।

उक्त कमिटीले अध्ययन गरी रिपोर्ट पार्टीलाई बुझाएको छ। कमिटीमा सदस्यहरू महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शम्शेर राणा, पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्दराज पोखरेल र डा. स्वर्णिम वाग्ले र सदस्य सचिव डा. प्रदीप पराजुली रहेको थिए।

कमिटीले बुझाएको रिपोर्टमा उद्योग क्षेत्रले स्थानीय श्रोत साधनको उपयोग, वस्तु तथा सेवाको मूल्य अभिवृद्धि तथा आयात प्रतिस्थापन गरी उत्पादकमुलक रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख छ।

उद्योग, व्यवसाय एवं पर्यटनले सन १९९० को दशकमा कूल गार्हस्थ्य उत्पादनमा यसको अंश वृद्धि भई झण्डै १० प्रतिशत पुगेकोमा गत दुई दशकभित्र ५ प्रतिशतमा झरेता पनि यसले संगठित र असंगठितमा गरी १० लाखलाई रोजगारी प्रदान गरिरहेको समेत रिपोर्टमा समावेश गरिएको छ।

यस क्षेत्रको विकास सुस्त हुनु र पर्याप्त रोजगारी प्राप्त नहुनुमा लगानीमैत्री वातावरण तथा औद्योगिक पूर्वाधारमा सुधार हुन नसक्नु र प्रतिस्पर्धी क्षमता कम हुने  कांग्रेसको ठहर छ।

‘यातायात, थोक र खुद्रा व्यापार, घर जग्गा व्यवसाय, होटल रेस्टुरालगायत अन्य व्यवसायको योगदान नेपालको अर्थतन्त्रमा महत्वपूर्ण छ,’ रिपोर्टमा भनिएको छ, ‘यी क्षेत्रले ठूलो संख्यामा अनौपचारिक रोजगारी प्रदान गर्नुको साथै नेपालको गरिबी निवारणमा मद्दत गरेको छ।’
प्राकृतिक सम्पदा, प्रचुर जैविक तथा सांस्कृतिक विविधता एवं धार्मिक र ऐतिहासिक दृष्टिकोणबाट नेपाल विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्य देश हो। तुलनात्मक लाभको दृष्टिले पनि पर्यटन नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा विकसित भइरहेको  रिपोर्टमा उल्लेख छ।

खासगरी ट्राभल, ट्रेकिंग, टुर तथा पर्वतारोहण व्यवसायले त नेपालको ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई निकै महत्वपूर्ण टेवा दिएको कमिटीको ठहर छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘आ.व. २०७४/७५ मा पर्यटन क्षेत्रबाट ६७ अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन भएको थियो। विदेशी मुद्रा आर्जनको अतिरिक्त पर्यटन क्षेत्रले नेपालको रोजगारीमा समेत ठूलो योगदान गरेको छ,’ रिपोर्टमा भनिएको छ, ‘विश्व पर्यटन संगठनको तथ्यांकअनुसार यसले औपचारिक र अनौपचारिक पर्यटन व्यवसायमा दशलाख भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको छ। नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकोले यो वर्ष पर्यटकको संख्यामा निकै वृद्धि हुने अपेक्षा गरिएको थियो। यसको तयारीकन लागि नीजि क्षेत्रले पर्यटन क्षेत्रमा ठूलो लगानी समेत गरेका थिए।’

हालको कोभिड १९ को समस्याले गर्दा नेपाललगायत धेरै देशहरुले लकडाउनको नीति लिँदा उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा यसले ठूलो नकरात्मक प्रभाव पारेको रिपोर्टमा उल्लेख छ।

यातायात र ढुवानीको समस्याले स्वदेशी तथा विदेशी कच्चा पदार्थको उपलब्धता र आपूर्तिमा कमी आएको, भारत, चीन र अन्य मुलुकबाट आयात हुने गरेका औद्योगिक कच्चा पदार्थ, मेसिनरी तथा पार्टपूर्जा आयातमा कमी आएको तथा बजारमा माग कम भएका कारण उद्योग चलाउन कठिनाई परेको कांग्रेसको ठहर छ।

सरकारले उद्योग धन्दालाई चालु गराउने निर्णय गरेता पनि कच्चा पदार्थ ल्याउन तथा उत्पादनलाई बजारमा ढुवानी गर्ने काममा कोरोनाको संक्रमण बढ्न सक्ने डरले स्थानीय तहका जनताले अवरोध गर्ने गरेका कारण उद्योग चालु गर्न कठिनाइ भइरहेको महतको संयोजकत्वमा रहेको कमिटीले बुझाएको रिपोर्टमा उल्लेख छ।

पर्यटन क्षेत्रबाट नेपालले प्राप्त विदेशी मुद्रा र अर्थतन्त्रले प्राप्त गर्ने लाभ यस वर्ष पुरै गुम्न सक्ने खतरा बढेको रिपोर्टमा उल्लेख गरिएको छ।

‘आन्तरिक विमान सेवा, होटल रेस्टुरा, ट्राभल एजेन्सी, ट्रेकिङ र पर्वतारोहण व्यवसायमा पनि अधिकांशको रोजगारी गुम्ने खतरा बढेको छ,’ रिपोर्टका भनिएको छ, ‘यातायात व्यवसायको अर्बौंको लगानी जोखिममा परेको छ।’

यो क्षेत्र बचाउन गर्न पर्ने काम
-  सरकारले उद्योग–व्यपार तथा पर्यटन क्षेत्रको सहयोगको लागि नेपाल राष्ट्र बैंकले कम्तिमा २ वर्षको लागि ऋणको साँवा तथा ब्याजको पुनर्तालिकीरण गर्ने तथा व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई ब्याज छुटसहितको चालु पूँजी प्रदान गर्ने व्यवस्था गर्नुपर्दछ। 

- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारमा तरलता वृद्धि गर्न सिआरआर घटाउनुपर्ने र सिसिडिआर वृद्धि गर्ने, पुनर्कर्जाको रकममा वृद्धि गर्नेजस्ता उपकरणको प्रयोग गर्नु जरुरी छ।

सरकारको तर्फबाट ठूला र मझौला व्यवसायीहरुलाई निश्चित अंश ब्याज अनुदान प्रदान गर्ने, साना व्यवसायीको एकवर्षको पुरै ब्याज अनुदान दिने, संगठित क्षेत्रमा काम गर्ने कर्मचारीको संचय कोष र अवकास कोषको रकम केही महिनाको लागि अनुदानको रुपमा क्षतिपूर्ति दिने तथा असंगठित क्षेत्रमा काम गर्ने कामदार तथा श्रमिकहरुलाई राहतको प्याकेज दिनु आवश्यक छ। 

- कठिनाइको समयलाई ध्यान दिई रोजगारदाता तथा श्रमिक र कर्मचारीबीच छलफल मार्फत केही समयको लागि पारिश्रमिक समायोजन गर्न सहयोग गर्ने, ढुवानी सेवालाई सहज बनाउन ढुवानीकर्ताहरुलाई स्वास्थ्यसम्बन्धि सुरक्षा पिपिई प्रदान गर्ने, प्रोटोकलबनाई ढुवानी सुचारु गर्ने, उत्पादित वस्तुलाई बजारमा आपूर्ति गरी बिक्री वितरणको व्यवस्थालाई सहज बनाउने तथा भंसार नाकाहरुमा निकासी–पैठारीको कामलाई सहजीकरण गर्नुपर्दछ।

उद्योग, व्यवसायहरु बन्द भएको अवधिमा नेपाल विद्युत प्राधिकरणले डिमाण्ड चार्ज लिन नपाउने व्यवस्था गरिनुपर्ने तथा लकडाउनको अवधिभर बिजुली र पानीलगायतका सेवा शुल्कमा जरिवाना नलिने व्यवस्था गरिनुपर्दछ। 

चालु आर्थिक वर्षमा सरकारी तथा निजी क्षेत्रको लगानी कम भएको तथा वैदेशिक लगानी पनि आउने वातावरण नभएकोले लगानी वृद्धि गर्न सरकारी नियम कानूनमा लचकता ल्याउने, आवश्यक क्षेत्र पहिचान गरी स्वदेशी तथा विदेशी लगानीलाई बिनाझन्झट तुरुन्त दर्ता गरिदिने, जग्गा तथा पूर्वाधारको व्यवस्था गर्ने वातावरण मिलाई लगानी आकर्षण गर्नुपर्दछ।

२०७६ चैत्र २५ गतेपछि लकडाउनको अवधी विस्तार गर्दा कतिपय आवश्यकीय वस्तु उत्पादन गर्ने उद्योगहरू एवं निर्माण आयोजना संचालनको लागि अनुमति दिइएतापनि उपयुक्त कार्यविधीको अभावमा कर्मचारी मजदुरको आवागमन एवं कच्चा पदार्थ एवं तयारी वस्तुको ढुवानीका व्यवधान कायमै हुँदा उद्योगहरू सञ्चालन हुन सकेका छैनन्। यस अवस्थामा सरकारले स्थानीय सरकारसँग समन्वय गरी उद्योगमैत्री कार्ययोजना घोषणा गरी उद्योग व्यवसाय संचालनमा आइपरेका बाधाहरु हटाउनुपर्छ।

हाउजिङ व्यवसाय नेपालमा फस्टाएको व्यवसाय हो। यसले सबै प्रकारका जनशक्तिलाई रोजगारी प्रदान गर्ने र स्वदेशी निर्माण सामग्रीको अधिकतम उपयोग गर्ने हुनाले यस व्यवसायलाई उद्योगको रुपमा विकास गर्न सकिन्छ। यसबाट राष्ट्रलाई आम्दानीका साथै तुरुन्तै रोजगारी सिर्जना गर्न सकिन्छ। विदेशबाट फर्केका नेपालीहरु‚ जो धेरैजसो निर्माण कार्यमा संलग्न छन्‚ उनीहरुको रोजगारी समेत हल गर्न सकिन्छ।

कोरोनाको माहामारीबाट घरजग्गा व्यवसायलाई पुनर्जीवित गर्न पुनर्कर्जा, ब्याजमा छुट, कर्जाको पुनर्संरचना तथा लगानीलाई सहज बनाउन हाल कायम गरिएको लगानीका सीमा र सुविधालाई परिमार्जन गरी लगानी वृद्धि गर्नुपर्दछ। गैरआवासीय नेपालीहरूले नेपालमा घर वा अपार्टमेन्ट खरीद गर्न चाहेमा रजिष्ट्रेशन दस्तुर तथा सम्पत्ति करमा विशेष छुट दिने व्यवस्था गर्नुपर्छ।

विदेशी नागरिकलाई अरू मुलुकमा झैं नेपालमा पनि अपार्टमेन्ट खरिद गर्न चाहेमा निश्चित मूल्यभन्दा माथिको (जस्तै: दुई लाख डलर) अपार्टमेन्ट खरिद गर्न अनुमति दिनुपर्छ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्