• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

बजेटमा ५० हजार डलरमाथिका गाडी : कर बढाउने वा प्रतिबन्ध कायम राख्ने?

64x64
शिव बोहरा आइतबार, जेठ ११, २०७७  १७:००
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं– सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का कारण पर्यटन तथा निर्यात घटेकाले विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै ५० हजार डलरभन्दा महँगा सवारी खरिद रोक्ने निर्णय गर्‍यो। गत चैत १० को मन्त्रिपरिषद्को निर्णयबाट रोकिएको त्यस्तो सवारी आयात आजपर्यन्त जारी छ। 

तर सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तयारी गरेसँगै यो विषय फेरि चर्चामा आएको छ। अर्थ मन्त्रालयले बजेट निर्माणलाई तीव्रता दिएसँगै उक्त निर्णयलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल थालेको छ। आर्थिक ऐन २०७७ मा ५० हजार अमेरिकी डलरभन्दा बढी खरिद मूल्य भएका सवारी आयातमा कर बढाउने वा आयात प्रतिबन्धलाई कायमै राख्ने भन्ने निर्क्यौल हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ। 

अर्थमन्त्री युवराज खतिवडा पहिले देखि नै बिलासी सवारी आयातलाई कडाई गर्नुपर्ने मान्यता राख्थे। आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत खतिवडाले ३ हजार सिसीभन्दा माथिका निजी सवारीमा शतप्रतिशत अन्तःशुल्क र ५ सय सिसीभन्दा माथिका मोटरसाइकलमा पनि शतप्रतिशत अन्तःशुल्क र २ लाख कडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था गरेका थिए। 

चैत १० गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका गाडी आयातमा गरिएको प्रतिबन्धलाई कायम राख्ने वा करको दर बढाएर आयात गर्न दिने भन्ने छलफल भइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए। ‘हामीले यस विषयमा एकदुई चरणमा छलफल गरेका छौं,’ ती अधिकारीले भने, ‘योबारे बजेटमा ठोस निर्णय हुनेछ।’ 

सरकारको उक्त निर्णयको प्रत्यक्ष प्रभाव महँगा र बिलासी कार आयात गर्नेलाई परेको छ। व्यवसायीहरू सरकारले उक्त निर्णय फिर्ता लिनुपर्ने बताउँदै आएका छन्। उनीहरू यो विषयमा खुलेर वकालत भने गर्दैनन्। महँगा र विलासी गाडी सीमित मानिसले चढ्ने र त्योभन्दा पनि सीमित व्यवसायीले आयात गर्ने हुँदा सिंगो व्यवसायी वृत्त सामूहिक वकालत गर्न सक्दैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारको निर्णयले ‘मास सेल’ हुने हुन्डाई, सुजुकी, टाटा, किया, महिन्द्रालगायत कम्पनीका कार आयातकर्तालाई असर पर्दैन। नेपाली बजारमा इन्ट्रिलेबलका र मध्यमस्तरका (५०/६० लाख रुपैयाँसम्मका) कार नै धेरै बिक्री हुने गरेको छ। यसले पनि सरकारलाई महँगा कार आयात रोक्न प्रेरित गरेको हो। विदेशी मुद्रा आर्जनको माध्यम पर्यटन क्षेत्र र निर्यात नै भएकाले कोरोनाका कारण उक्त क्षेत्र ठप्पप्रायः छ। 
५० हजार अमेरिकी डलरमा इन्ट्रिलेबलका कार एक दर्जनभन्दा बढी खरिद गर्न सकिन्छ भने मध्यमस्तरका आधा दर्जन कार खरिद गरी भन्सामा आइपुग्छ। त्यसैले पनि सरकारले महँगा गाडी आयातमा कडाइ गरेको हुनसक्छ। 

अटोमोबाइल व्यवसायीहरुले सवारी आयातबाट राजश्व आएर नै सरकारको आम्दानी बढेको तर्क गर्दै आएका छन्। उनीहरुको तर्क केही हदसम्म जायज पनि हो। सरकारले संकलन गरेको राजश्व विभिन्न माध्यमबाट नेपाली अर्थतन्त्र नै प्रवाहित हुने गरेको अर्थका अधिकारीहरू बताउँछन्। तर सवारी खरिदका लागि बाहिरिने डलरसहितको विदेशी मुद्रा दीर्घकालीन रुपमै नआउने भएकाले पनि अहिलेको अवस्थामा विदेशी मुद्रा बाहिरिनबाट रोक्न सरकारले यस्तो कदम चालेको उनीहरूको भनाइ छ।   

करको दर बढ्न सक्ने
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत विलासी कारमा करको दर बढाउने संकेत गरेको छ। ५० हजार डलरभन्दा बढीका कारसँग त्योभन्दा कमका कारमा समेत कारको दर परिर्वतन हुनसक्ने देखिन्छ। त्यसैगरी महँगो र ४ सय सिसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलमा यसअघि नै कर बढाइसकिएको छ। आगामी वर्षको बजेटमा २ सय सिसीभन्दा बढीका मोटरसाइकलमा समेत कर बढ्न सक्नेछ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अवैधरुपमा भित्रिएका कारलाई एक पटक मौका
सरकारले उत्पादक कम्पनीबाट आधिकारिक एजेन्सीबिनै ल्याएर भन्सारमा रोकिएका सवारीलाई एक पटकका लागि भित्रन दिने निर्णय गर्ने भएको छ। आर्थिक ऐन २०७७ मार्फत यस्तो व्यवस्था गर्न लागिएको हो। 

भन्सारमा कम्पनीबाट आधिकारिक एजेन्सीको प्रमाण ल्याउन नसकेर ‘अवैध आयात’ ठहरिएका टेस्ला, अउडीलगायत ब्रान्डका गाडीलाई मूल्यको शतप्रतिशत वा त्योभन्दा केही कम जरिवाना तिराएर एक पटकका लागि छुट दिने तयार अर्थमन्त्रालयले गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १७:००
  • #gadee

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्