• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महामारीले अधिनायकवाद जन्माउन सक्छ

हरि शर्मा आइतबार, जेठ ११, २०७७  १६:४७
1140x725

अहिलेको परिस्थितिमा हरेक दिन नौलो अनुभव भइरहेको छ। यो समयलाई कसरी बुझ्ने?, कसरी हेर्ने? अलि बढी सोच्दा चिन्तित पनि हुन थालिएको छ। अहिलेको समय धेरै जटिल पनि छ।

राज्यका विभिन्न निकायमा बसेर मैले काम गरें। राज्यको चरित्र बुझ्ने अवसर पनि पाएँ। अहिले हरेक संयन्त्रबाट बाहिर छु। नेपाली कांग्रेस मैले माया गर्ने पार्टी हो। तर त्यसको सदस्य म छैन। डेमोक्रेट हुनु नै कांग्रेस हो भन्ने कुनै समय थियो। अहिले पनि ‘मोर अर लेस’ त्यस्तै छ। कांग्रेसमा म नभए पनि यो पार्टीले बोकेको विश्वास र धरोहरमा मलाई माया लाग्छ।

मलाई यो समय बडो संकटपूर्ण लागिरहेको छ। पुरानो पुस्ता र नयाँ पुस्तालाई हेर्ने क्रममा अनोठौ पनि लाग्छ। केही समयअघि मैले नेपाली कांग्रेसको महासमिति सदस्यको नामावली हेरें। नयाँ अनुहार पार्टी कांग्रेसमा प्रवेश गरेकै छैन। केही नयाँ छन्, तर ती पनि गुटमा रुमल्लिएका छन्। २/३ महाधिवेशन अघिबाट केही नयाँ अनुहार पसेका छन्। तिनीहरु ठेक्का वा व्यवसायको नामबाट पसेको पाइन्छ। राजनीति विश्वासको आधारमा भएको छैन।

नेपाली कांग्रेस पार्टी विभिन्न कालखण्डमा सत्तामा बसिसकेको पार्टी हो। व्यावहारिक रुपमा कांग्रेसले धेरै कुरामा ‘कम्प्रोमाइज’ गरेको छ। काम गर्दा व्यक्तिले कतिपय कुरामा समर्पण गर्नुपर्ने हुन्छ। राजनीतिक नेतृत्वले पनि निर्णय लिँदा गल्ती हुन्छ। गल्ती गरें भन्ने परम्परा न सत्तामा भएको पार्टी वा विपक्षीमा रहेको पार्टीमा छ।

आत्माआलोचन भन्ने कहिलेकाहीँ नक्कली कुरा सुनिन्छ। काम गर्दा ‘प्रोफेसनल हेजार्ड’ हुन्छ। जबसम्म कुनै संस्थाले मैले गल्ती गरें र गल्तीबाट सिकें भन्दैन, तबसम्म त्यो अघि लाग्न सक्दैन। नेपाली कांग्रेसले इतिहासमा धेरै राम्रो काम गरेको थियो भने यसले आफ्नो पेन्सन पाइसक्यो। मलाई तितो कुरा गर्न मन छ।

भविष्य हेर्न सक्ने दृष्टिकोण यो पार्टीमा छ कि छैन भन्ने कुरामा आज/भोलि संसय लागेको छ। किनभने कांग्रेसले कुनै कुरामा ‘रेस्पोन्स’ गरेकै छैन। सत्तापक्षले कांग्रेसको बेलामा यस्तो भएको थियो भनी कुनै कुरा फिस्स निकाले कांग्रेस मुखमा बुझो लगाएर बसेको हुन्छ। जबकी कांग्रेसले केही भन्छ कि भनेर देशभर प्रतीक्षा गरेका हुन्छन्। आफ्नै लघुताभाषले, सत्तामा बस्दा भएको कमजोरी सार्वजनिक हुन्छ कि भन्ने डरले बोल्ने कुरामा पनि यो पार्टी बोल्न सकिरहेको छैन। कांग्रेसबाट म धेरै आशावादी हुन सक्दिनँ। 

लोकतन्त्रमा ३/४ विषय अति महत्वपूर्ण हुन्छन्। जुन लोकतन्त्रमा अल्पसंख्यक हुँदैन, जुन लोकतन्त्रमा विरोधी हुँदैन, त्यो लोकतन्त्र हुन सक्दैन। जुन लोकतन्त्रमा सबै एकनासका मान्छे हुन्छन्, त्यो लोकतन्त्र हुँदैन। लोकतन्त्र भन्नु नै विविधता र बहुलता हो। असहमति हुँदैन, विपक्षी हुँदैन भने त्यो लोकतन्त्र हुन सक्दैन। राष्ट्रवादको एकोहोरो कुरा सबैले गर्ने हो भने पनि त्यो संकीर्णतावाद हुन्छ। राष्ट्रवाद कसैको निजी सम्पत्ति होइन। राष्ट्रवाद कुनै धर्म होइन।

नेपाली नागरिक महाकाली नदीमा हेलिएर आफ्नो देश आउन खोजिरहेका थिए। त्यही महाकाली नदीमा आज संकट भइरहेको छ। आफ्ना नागरिक नदीमा हेलिएर आउन खोज्दा चिम्म गर्ने सरकारले अहिले कुन मुखले त्यहाँ नेपालको जग्गा छ भनेर जान सक्छ? नागरिक मेरो होइन भन्ने जग्गा मेरो भन्ने? जग्गा विनाको मानिस हुन सक्छ? देश किन चाहियो?

Ncell 2
Ncell 2
nimb
nimb

नागरिकको भावना मुखरित नगर्ने हो भने जमिनको कुनै अर्थ छैन। जमिन उभिनको लागि चाहिएको हो। नागरिकको अस्तित्व स्वीकार नगर्ने, सीमामा लाखौं मानिसले मेरो देश जान पाउँ भन्नेलाई ल्याउन नसक्ने सरकार छ। यस्तो बेलामा बोल्न नसक्ने प्रतिपक्षी दल छ। वैश्विक महामारीलाई अधिनायकवादी शक्तिहरुले प्रयोग गर्न सक्दा रहेछन्।

नागरिकलाई घर बस्न भनिएको छ। एक्लै बस्न भनिएको छ। राज्य भन्छ, ‘तँ बाहिर गइस् भने संक्रमण हुन्छ।’  फेरि राज्य भन्छ, ‘तँलाई म सुरक्षा गर्छु।’ राज्यले के सुरक्षा गरेको छ? अस्पतालको व्यवस्था छैन। सुत्केरी भएर जाँदा मरेको स्थिति छ। सामान्य बिरामी भएर अस्पताल जान पाइँदैन। महामारीको नाममा अस्पताल ठप्प पारेर राखिदिने? मानव सभ्यता एउटै महामारीबाट मात्रै गुज्रेको छ त? अन्य सार्वजनिक सेवा र सुविधाका विषयमा सत्ता र प्रतिपक्ष बोल्न पर्ने होइन?

कोरोना महामारीका कारण नागरिक बोल्न सक्दैनन्। सडकमा जान सक्दैनन्। पहुँच भएका व्यक्ति त बोल्नुपर्छ नि। अनिश्चितता र भयबाट नागरिक आक्रान्त छन्।

नागरिक बेघरबार भएका छन्। भोकभोकै हिँडेका छन्। यसमा बोल्नु छैन। तर भनिएको छ, ‘तँ घरबाट बाहिर निस्किस् भने असुरक्षित हुन्छस्। किनभने तैलै रोगको संक्रमण लिएर हिँडन सक्छस्।’ जनता लकडाउनमा छन्। सरकार ‘ओपन’ छ।

Xtrem

Xtrem

अध्यादेशको कुरा गर्ने बेला सरकारलाई अहिले हो? अध्यादेश खारेज भएको भोलिपल्ट शेरबहादुर देउवा कुन मुख लिएर प्रधानमन्त्री ओलीलाई भेट्न गएका? देउवाले ओलीसँग के भने पार्टीमा सर्कुलर गरिएको छ? ‘कम्प्रोमाइज’ गरेर आइएको छ। संवैधानिक निकायमा नियुक्ति हुँदा व्यक्ति छनोट ‘मेरो आधारमा’ हुने भनिएको छ। तसर्थ ‘कम्प्रोमाइज लिडरसिप’ले आवाज उठाउन सक्दैन।

सार्वजनिक सेवाहरु संकुचनमा गएको छ। अर्थतन्त्र चौपट भएको छ। प्रतिपक्षी दलसँग के छलफल भएको अर्थतन्त्रका बारेमा? नीति तथा कार्यक्रमको छलफल संसदमा सुनियो। राजनीतिको दायरा फराकिलो भएको छैन। संक्रमणको नाममा राजनीति संकुचन भएको छ। टेलिफोन ट्यापिङ गर्ने गरी जनताको अधिकार कुन्ठित गर्ने यो समय हो? वाक स्वतन्त्रतालाई बन्देज लगाउने कार्य भएको छ। राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद छैनन्? सरकारले ल्याएको प्रस्तावमा ताली बजाए। 

कोरोना महामारीका कारण नागरिक बोल्न सक्दैनन्। सडकमा जान सक्दैनन्। पहुँच भएका व्यक्ति त बोल्नुपर्छ नि। अनिश्चितता र भयबाट नागरिक आक्रान्त छन्। नागरिक नेतृत्वले जनतासँग संवाद गरेको छैन। चार जना कर्मचारीलाई दिनहुँ यो सरकारले संक्रमितको संख्या भन्न लगाउँछ। नागरिकलाई नआत्तिनुस्, धैर्य गर्नुस्, कुन नेताले भनेका छन्? कोरोना संक्रमणको बेलामा अधिनायकवादको शैलीमा संस्थाहरु तहसनहस बनाइँदैछ।

भूकम्पको बेला सामाजिक संयन्त्र चलायमान थियो। खाना अभाव भएकालाई खाना पुर्‍याउन सामाजिक संयन्त्र क्रियाशील थिए। नागरिकलाई राज्यसँग आइसोलेट गरिएको छ। राज्यसँग जोड्ने सामाजिक संस्थाहरुलाई बेकामे बनाइएको छ। नागरिकका मागलाई राज्यसम्म पुर्‍याउने संस्था क्षतविक्षत भएका छन्।

महासंकटको कारण विश्वमा जस्तै हाम्रोमा पनि अधिनायकवादी शक्ति हावी हुँदै जान्छन्।

कोरोना महासंकटको बेलामा प्रतिपक्ष दलले ‘श्वेतपत्र’ निकाल्न सकेको छैन। हाम्रो काम पुनर्परिभाषित गर्ने बेला आएको छ। ‘कलेक्टिभ बार्गेनिङ’का लागि जोड्ने आधार के हो? ट्रेड युनियनले कलेक्टिभ बार्गेनिङको पावर छिन्नभिन्न भएको छ। आजसम्मको राजनीतिको धरोहर भनेकै एक अर्कासँग अन्तर्क्रिया गर्ने हो। हिजोका दिनमा पार्टीका संरचनाले अवरोध गरे भने अहिले कोरोना संक्रमणले अन्तर्क्रियाहरु हुन छोडे। नागरिक, पार्टी कार्यकर्तासँग संवाद गर्ने परिवेश पनि खत्तम भएर गएको छ। ‘लिमिटेड कन्ट्रोल’मा बसेर राजनीति चल्दैन। सबैभन्दा शक्तिशाली राज्य संयन्त्र भएको छ।

महासंकटको कारण विश्वमा जस्तै हाम्रोमा पनि अधिनायकवादी शक्ति हावी हुँदै जान्छन्। प्रश्न पनि गर्न नागरिकले गर्न पाउँदैन। जसले रक्षा गर्छु भन्छ, उसले रक्षा पनि गरेको छैन। 

भोलिको व्यापार, व्यवसाय वा उद्योगमा जम्प गर्न कसरी सकिन्छ? रोजगारी गुमेकाहरु आएर फेरि कृषिमै लाग्छन् भन्ने पनि लाग्दैन। कृषिमा जानलाई लगानी जरुरी पर्छ। लाखौं युवा विदेशबाट निराश हुँदै फर्केनेछन्। काठमाडौंबाट पनि निराशा नै राखेर गाउँ फर्केनेहरु छन्। महत्वपूर्ण कुरा तिनीहरुमा ऊर्जा कसरी भर्ने कुरा हो। आज संकटमा नागरिकको ‘केयर’ नगरेको सत्ताले भोलि कसरी विश्वास दिलाउँछ?

भूकम्पपछि सामाजिक सद्भाव देखाउने बेला थियो भने अहिले सद्भाव देखाउने ठाउँ पाएका छैनौं।

(‘प्रतिपक्षी भूमिकाको कसीमा कांग्रेस’ विषयक अनलाइन संवादमा राजनीतिक विश्लेषक शर्माले राखेको धारणाको सम्पादित अंश) 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्