• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतबाट फर्किन तँछाडमछाड : फर्किएकाहरूको व्यवस्थापनमा कठिनाइ

64x64
शेरबहादुर ऐर शनिबार, जेठ १०, २०७७  ०९:२७
1140x725

धनगढी- पाँच दिनदेखि भारतका विभिन्न शहरबाट दिनहुँ ठूलो संख्यामा नेपाल आइरहेका नेपालीहरूलाई स्वास्थ्य परीक्षण नै नगरी पठाइएको छ। 

सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार नाका भएर भारतबाट पाँच दिनदेखि दैनिक दुई हजारभन्दा बढीको संख्यामा नेपाली ओइरिरहेका छन्।

भारतका विभन्न शहरबाट कैलाली भन्सार नाका हुँदै आएका नेपालीहरूलाई स्वास्थ्य परीक्षण नै नगरी सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाउने गरिएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को जोखिम ह्वात्तै बढेको छ। 

शुक्रबार कैलाली, बैतडी र डडेल्धुरामा गरी पाँच जनामा कोभिड–१९ संक्रमण पोजिटिभको पुष्टि भइसकेको छ। 

शुक्रबारमात्र भारतबाट आएका एक हजार ८ सय नेपाली कैलाली भन्सार नाका हुँदै नेपाल भित्रिएको कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

उनले आरडीटी किट नभएका कारण शुक्रबार नेपाल भित्रिएका नेपालीमध्ये कसैको पनि स्वास्थ्य परीक्षण गर्न नसकिएको बताए। 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले भारतबाट नेपाली आउनेबारे पूर्वजानकारी नहुँदा व्यवस्थापन गर्न कठिनाई भइरहेको स्वीकारे। उनले भारतबाट आउनेहरूको पूर्वजानकारी नहुँदा परीक्षण किट र यातायात व्यवस्थापनमा निकै कठिनाइ भएको बताए।

उनले भने‚ ‘प्रदेशमा कोभिड- १९ को जोखिम बढेको छ, व्यवस्थापन गर्न निकै अप्ठेरो भइरहेको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि बिहीबारसम्म तीन हजार २ सय ५५ नेपाली भारतबाट नेपाल प्रवेश गरेकोमा आरडिटी किटको अभावमा ६ सय ७० जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १५ जनामा आरडिटी पोजेटिभ देखिएको कैलाली स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालसिंह धामीले जानकारी दिए।

‘पोजेटिभ देखिएका व्यक्तिहरूको पिसिआर चेकजाँच हुँदैछ। अहिले उहाँहरूलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ’ निमित्त प्रमुख धामीले भने‚ ‘आरडिटी किटको अभावमा स्वास्थ्य जाँच गर्न सम्भव नभएकाहरूलाई सम्बन्धित जिल्ला र स्थानीय तहको जिम्मा लगाइएको छ।’ 

उनले पनि दिनहुँ भारतका विभिन्न शहरबाट नेपाल आउनेको भीड बढेपछि सामान्य चेकजाँच र व्यवस्थापनमा कठिनाइ थपिएको बताए। 

भारतमा कोभिड–१९ को संक्रमण तीव्र बन्दै गएपछि घर फर्किने नेपालीहरूको संख्या निकै बढेको छ। 

कैलालीमा ६ सयजति किट मौज्दात रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।

उनले प्रदेशका अन्य जिल्लाहरूमा पनि केही किट मौज्दात रहेको बताए। रोजगारीका लागि भारतका विभिन्न शहरबाट सीमावर्ती  क्षेत्रमा अलपत्र परेका नेपालका ३४ जिल्लाका नेपालीलाई स्वदेश ल्याइएको कैलाली जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले मुम्बईमा रहेका नेपालीहरूलाई मे १८ मा फोन गरेर ‘सरकारले भारतमा रहेका नेपालीलाई आउनु भनेको’ भनेर भनेको फोन टेप सार्वजनिक भएको छ।  तर, सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुवेदीले प्रदेश सरकारले यस्तो कुनै आह्वान नगरेको बताए। 

नगर प्रमुख वडले भने- व्यवस्थापन गर्न निकै कठिनाइ भो
धनगढी उपनगरप्रमुख नृपबहादुर वडले भारतका विभिन्न शहरबाट कैलाली भन्सार नाका हुँदै दिनहुँ सयौंको संख्यामा नेपाली ओइरिन थालेपछि व्यवस्थापनमा निकै कठिनाइ थपिएको बताए। 

उनले आफूले पटकपटक भारतमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई ‘जो जहाँ हुनुहुन्छ, त्यही सुरक्षित भएर बस्नुस्’ भनेर पटकपटक अनुरोध गरेको बताउँदै अहिले दैनिक भारतका विभिन्न शहरबाट दर्जनौं बसमा नेपाली आइरहेकाले व्यवस्थापन गर्न निकै गाह्रो भएको बताए। 

नगर प्रमुख वडले भने‚ ‘धनगढी त्रिनगर भन्सार नाका भएर दैनिक सयौंको संख्यामा आइरहेका छन्। हामीसँग न आरडिटी किट छ, न यतिका मान्छेलाई राख्ने, खुवाउने व्यवस्था नै।’ 

उनले आफूहरूले पलियामा लामो समयदेखि क्वारेन्टाइनमा रहेका १ सय ६९, रामपुरमा रहेका ९५ र पिलिभितमा रहेका ३५ जना नेपालीलाई नेपाल ल्याउन पहल गरेको र उनीहरूको स्वास्थ्य जाँच तथा अन्य व्यवस्था गरिएको बताए। 

‘अहिले दैनिक आइरहेका यति धेरै मानिसको उपमहानगरपालिका एक्लैले व्यवस्थापन गर्न सक्दैन’ उनले भने‚ ‘त्यसैले अब नेपाल आउनेहरूलाई सम्बन्धित जिल्ला वा स्थानीय तहको जिम्मा लगाउने बाहेक अरु विकल्प छैन।’ 

उद्धारमा खटिए वडाध्यक्ष विष्ट
कैलालीको  त्रिनगर सिमानाकामा डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हर्क बहादुर विष्ट तीन दिनदेखि भारतबाट फर्किएका नेपालीको उद्धार गर्न अहोरात्र खटिरहेका छन्। भारतका विभिन्न शहरबाट त्रिनगर भन्सारमा अलपत्र परेका नेपालीलाई उद्धार गरी वडाध्यक्ष विष्टले डोटीका विभिन्न स्थानीय तहहरूसँग समन्वय गरी घर पठाउने व्यवस्था गरिरहेका छन्।

उनले तीन दिनको अवधिमा केआइसिंह गाउँपालिकाका २ सय ३७ जना र शिखर नगरपालिकाका २ सय जनालाई ६ वटा बसमा पठाएको बताए। सीमानाकामा ब्यानर टाँगेर अलपत्र परेका नेपालीहरूलाई नास्ता, पानी खुवाउने व्यवस्था गर्दैआएको वडाध्यक्ष विष्टले बताए। 

मुख्यमन्त्रीका स्वकीय सचिवले नेपाल फर्किन खुला भएको भनेपछि...
भारतका विभिन्न शहरमा रहेका नेपालीहरू पछिल्ला कैलालीको भन्सार नाका हुँदै नेपाल आउने क्रम पछिल्ला पाँच दिन यता निकै बढेको छ। पछिल्ला पाँच दिनमा मात्रै कैलाली भन्सार नाका हुँदै करिब पाँच जना नेपाली नेपाल भित्रिएको सरकारी तथ्यांक छ। त्यहाँ रहेका नेपालीहरूले ‘नेपाल सरकारले नेपाल आउन खुला गरेको’ भन्ने हल्ला सुनेपछि आउन हतारिएको जनाइएको छ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ ले केरालामा रहेका एक नेपाली युवासँग फोनमा नेपाल आउन सरकारले खुला गरेको भनेका छन्। मे १८ मा सार्वजनिक भएको सो फोनवार्ताको अडियोमा उनले स्पष्टसँग भनेका छन्‚ ‘नेपाल सरकारले आउन भनिसकेको छ, आउनुपर्‍यो नि’। मुख्यमन्त्रीका स्वकीय सचिव प्रख्यात र केरलामा रहेका नेपाली युवाबीचको फोन वार्ता :    
भारतको केरलाबाट एक नेपाली युवा- हजुर सर! त्रिलोचन भट्ट ज्यू हो? 
प्रेम कुँवर– होइन। म उहाँको स्वकीय प्रख्यात (प्रेम कुँवर) बोलेको हो, भन्नुस्। 
नेपाली युवा– प्रदेश नम्बर ७ मा के छ? यहाँ त धेरै समस्या परिरहेको छ। म भारत केरलादेखि हो। 
प्रेम कुँवर– आउने भनिसकेको छ त, नेपाल सरकारले। आउनुपर्‍यो नि हजुर।
नेपाली युवा– आउने त भनिसक्यो यहाँबाट कसरी आउने? यहाँ त गाडी चालू भएको छैन। नेपाल सरकारले भारतको सरकारसित कुरा गर्नुपर्‍यो नि।
प्रेम कुँवर– भारत सरकारसँग समन्वय गरी आउनलाई भनिसकेको छ। आउने मान्छेहरू आएका आयै छन्। धेरै आइसकेका छन्। दुई/तीन सय हिजो आए। धेरै जना अस्ती आए। अढाई सय जना आज आएर पठाइसक्यौं। आउनेलाई गाडीको व्यवस्था गरिएको छ। त्यताबाट मानिस गाडी रिजर्भ गर्दै आइरहेका छन्, सबै।
नेपाली युवा– मुम्बई बेंग्लोरदेखि पनि आएका छन् कि क्या हो?
प्रेम कुवर– मुम्बईबाट भोली आउँदैछन्। मेरा आफ्नै गाउँका मान्छे आउँदैछन्। झण्डै–झण्डै ६०/७० जना।
नेपाली युवा– अनि त्यो बाउडर (बोर्डर) त खुल्ला हुन्छ नि सर? नेपाल सरकारले बोर्डरमा त गाडी पठाउँछ नि?
प्रेम कुँवर– खुल्ला त हुँदैन, तर मिलाएर पठाउँछौं।
नेपाली युवा– मतलब केरलादेखि दिल्ली आउँदाखेरी दिल्लीबाट बनबासा आउनका लागि नेपाल सरकारले बस दिएको छ की? कसरी हेर्नुभाको छ?
प्रेम कुँवर– हुँदैन। केही पनि छैन हजुर। त्यतिका कहाँ सम्भव हुन्छ। नेपाली कति छन्। १० लाख नेपाली छन्। १० लाख नेपालीलाई त्यहाँबाट भाडा दिएर सम्भावना हुन्छ? त्यो त सम्भव भएन। तपाईंहरू आफैं  मिलाएर त्यहाँबाट आउनुपर्‍यो।
नेपाली युवा– नाईं। मतलब हामी मिलाएर आउला यहाँबाट। त्यो आफ्नै पैसाले आउँला। नेपालमा आएर आफ्नै देशमा क्वारेन्टाइनमा बस्न चाहन्छु भनिरहेका छन् साथीहरूले।
प्रेम कुँवर– ल, ल आउनुस् न‚ आउनुस्। तपाईं आइहाल्नुस्। हिजो मिडिया हेरिहाल्नु भा छ। हिजो चाहीँ विदेशमा रहेका दाजुभाइहरूलाई पनि स्वदेश आउन दिने भनिसक्या छ। तपाईंहरू त्यहाँबाट ग्रुप मिलाएर आउनुहोस् त्यसपछि यता हामी पहल गरूँला है।
नेपाली युवा– हस् हजुर। धन्यवाद।
प्रेम कुँवर– ल ल, हस्।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढीपछिको प्रतिकार्यमा सघाउन अमेरिकाले मेगनलाई दियो कार्यवाहक राजदूतको जिम्मेवारी मंगलबार, भदौ २३, २०८३
कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६–१९ मै, तल्लो तहको निर्वाचन तालिका परिमार्जन मंगलबार, भदौ २३, २०८३
रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्यायो मंगलबार, भदौ २३, २०८३
ठमेलका क्षेत्रमा गैरकानुनी रुपमा बस्दै आएका १० बंगलादेशी नागरिक पक्राउ मंगलबार, भदौ २३, २०८३
भोटेकोशी बाढी : मृतको संख्या १३५७ पुग्यो, अझै पाँच हजार बढी सम्पर्कविहीन मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्