• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कालापानी जाने सडक हुँदै व्यासी सौकाको कुञ्चा लाग्यो छांगरु

नरेन्द्रसिंह कार्की बिहीबार, जेठ ८, २०७७  २३:१५
1140x725
व्यासीहरु आफ्ना लालाबाला, पशुचौपायासहित भारतीय बाटो हुँदै नेपालको कालापानी नजिकका छांगरु र तिंकर गाउँ फर्किँदै। तस्वीर : नरेन्द्रसिह कार्की/रासस

दार्चुला- बन्दाबन्दीका कारण व्यास गाउँपालिकाको छांगरु र तिंकर उक्लिन नपाएका व्यासी सौका समुदायको कुञ्चा सरेको छ। सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने झोलुङ्गे पुल भएर सौका समुदायको कुञ्चा सरेको हो। 

भारतको पिथौरागढ जिल्ला र नेपालको दार्चुला जिल्लाका अधिकारीबीच भएको सहमतिअनुसार व्यासीको कुञ्चा सरेको हो। कुञ्चा भनेको व्यासीको सौका समुदायको भाषामा बसाइ सर्नु हो। व्यासीहरु भारतले हालै उद्घाटन गरेको कालापानी लिपुलेक हुँदै चीन जोड्ने सडक भएर गाउँ फर्किएका छन्। उनीहरु व्यासस्थित नेपाल भारत जोड्ने सीतापुल भएर गाउँ पुग्नेछन्। हिमाली क्षेत्रका याक, झुपू र गाईबस्तु सदरमुकाममै अड्किएपछि उनीहरुलाई भारतीय बाटो भएर गाउँ पठाइएको छ।

गत वैशाख पहिलो साता नै गाउँ उक्लिनुपर्ने व्यासीहरु दुवैतर्फ बन्दाबन्दीका कारण गाउँ जान पाएका थिएनन्। नेपालतिरको बाटो अवरुद्ध छ। गर्मीले समस्या हुन थालेपछि व्यासीहरुलाई पुल खोल्ने सहमतिपछि कुञ्चा सार्न अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले बताए। 

व्यासीहरुका पशुचापौया खलंगामै समस्या परेपछि उनीहरुलाई गाउँ पठाइएको हो। भारतीय बाटो हुँदै उनीहरु गाउँ फर्किएका छन्। व्यास–१ छांगरुका स्थानीय विमल बोहराले यो पटक एक महिना ढिलोगरी कुञ्चा सरेको बताए। 'आफ्नै भूमि भएर गाउँ जान नपाएपछि दुवै गाउँका स्थानीय भारतीय बाटो भएर पशुचौपायासहित गाउँ गएका छौँ,' उनले भने। 

उहाँले नेपाल सरकारले एक वर्षसम्म पनि नेपालतिरको बाटो खुलाउने प्रयास नगर्दा भारतसँग अनुरोध गरेर कुञ्चा सर्नु परेको दुखेसो गर्नुभयो। 'सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हेलिकप्टरमार्फत व्यासको छांगरु पुर्‍याइयो,' बोहराले सुनाए, 'हामी पनि राष्ट्रियता बलियो भएको हेर्न चाहन्छौँ, राज्यको उपस्थिति नहुँदा पनि कालापानी नजिकैका गाउँमा बस्ने हामी हौँ।' 

यो पटक व्यासीहरुले आफ्ना लालाबालासहित गाउँ गएका छन्। दशकौँ भएको थियो, बच्चाहरु गाउँ नलगेको। यो पटक बन्दाबन्दीले विद्यालय पनि बन्द छन्। सदरमुकाम खलंगा भन्दा गाउँ नै सुरक्षित हुने देखिएपछि यो पटक बालबच्चासहित स्थानीय कुञ्चा सरेका व्यासका जहेन्द्र ऐतवालले बताए। 

'विसं २०५५/५६ यता हामीले लालाबालासहित गाउँ गएका थिएनौँ,' उनले भने, 'यो पटक कोरोनाका कारण पनि बालबच्चासहित गाउँ बसाई सरेका छौँ।' व्यास तिंकरका स्थानीयले पशुचौपायासहित भारतीय बाटो भएर गएका छन् भने छांगरुका कतिपयले नेपालकै बाटो भएर पशुचौपाया लगेका छन्। 

वैशाखमै गएर खेतीपाती लगाउनुपर्ने मौसम भए पनि यो पटक एक महिना बढी ढिलाई भइसकेको उनले बताए। 'व्यासीहरुले खेतीपाति लगाउन सकेका छैनन्, खेत पूरै बाँझै छन्, वैशाखमा खेती लगायो भने फल्छ, यो पटक अहिले गएर खेती लगाउँदा कहिले पाक्ने हो,' वडाध्यक्ष अशोकसिंह बोहराले भने। व्यासीहरु वर्षमा एक पटक मात्रै खेती गर्ने गर्छन्। व्यासीहरुको मुख्य पेशा कृषि, पशुपालन र त्रिदेशीय व्यापार हो। यो पटक भने बन्दाबन्दीका कारण सबै व्यवसायमा क्षति पुगेको व्यासीहरु बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

व्यासको वडा नम्बर १ छांगरुमा ११५ परिवार र तिंकरमा ६५ घरधुरीको बसोबास छ। व्यासीहरुको छ महिना चिसो छल्न कात्तिक मङ्सिरमा खलंगा झर्ने गर्छन्। 

सदरमुकाम खलंगामा पनि छांगरु र तिंकरका स्थानीयको बसोबास छुट्टै छ। परम्परागत रुपमा नै उनीहरुले खलंगामा छांगरु र तिंकर गाउँ बजारमा छुट्याएका छन्। तिंकरीहरु सदरमुकाम खलंगाका तिंकरी खेडामा बस्छन्। तिंकरीका खलंगामा मोती महिला सङ्घ आधारभूत विद्यालय तिंकर खलंगामै बस्छन्। 

द्वन्द्वकालअघि देखि नै व्यासीहरुका बालबच्चा सदरमुकाम खलंगामै पढ्न थालेपछि विद्यालय पनि खलंगामै सञ्चालन गरिन थालेको व्यासका दानसिह तिंकरी बताउनुुहुन्छ। अहिले व्यासमा वडा कार्यालय र स्वास्थ्य चौकी कुञ्चासँगै माथि उक्लिने र तल झर्ने गर्छन्। 

व्यासमा रहेको भन्सार कार्यालय पुनःस्थापना भएको छैन। सीमा प्रशासन कार्यालय पनि खलंगामै छ। यी कार्यालयहरु लामो समयदेखि पुर्नस्थापना भएका छैनन्। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट निर्माण भएको भए पनि बन्दाबन्दीका कारण व्यास सरेका छैनन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गत वैशाख ३१ गते हेलिकप्टरमार्फत पुर्‍याइएको छ। 

व्यासीका लागि नेपालतिर भएर जान पञ्चायतकालमा निर्माण गरिएको घोरेटो बाटो द्वन्द्वकालदेखि सञ्चालन हुन सकेको छैन। व्यासका स्थानीय भारतीय मार्गबाट हिड्न थालेपछि नेपालतिरको बाटो निर्माणमा राज्यको ध्यान जान नसकेको हो।

व्यासीहरु आफ्ना लालाबाला, पशुचौपायासहित भारतीय बाटो हुँदै नेपालको कालापानी नजिकका छांगरु र तिंकर गाउँ फर्किएका हुन्। व्यासको छांगरुमा ११५ घरधुरी र टिंकरमा ६५ घरधुरीको बसोबास छ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  २३:१५
  • #छांगरु

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्