• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

श्रमिकलाई तलब दिनैपर्छ : सरकार, उद्योगी भन्छन्- घरमा बस्नेलाई तलब दिन सकिन्न

64x64
निर्मला घिमिरे बिहीबार, जेठ ८, २०७७  १५:४७
1140x725

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको निजी क्षेत्रमा कार्यरत श्रमिक बढी परेका छन्। दुई महिनादेखि नेपालको उद्योग, धन्दा बन्द भएकाले रोजगारदाताहरुले श्रमिक कटौती गरेका छन् भने कतिपय रोजगारदाताले बेतलबी बिदामा पठाएका छन्। 

लकडाउन अवधिमा चैत महिनाको पूरै पारिश्रमिक दिनुपर्ने र बैसाख महिनाको पारिश्रमिक तत्काल ५० प्रतिशत र बाँकी ५० प्रतिशत अवस्था सामान्य भएपछि उपलब्ध गराउन सरकारले सबैमा निर्देशन जारी गरेको छ। तर उद्योगीहरुले  सरकारको निर्देशनअनुसार घर बस्ने श्रमिकलाई पूरै पारिश्रमिक उपलब्ध गराउन नसक्ने बताएका छन्। 

बुधबार उद्योग परिसंघले आयोजना गरेको एक भिडियो छलफल कार्यक्रममा सेल्फ क्वारेन्टाइनमा बसिरहेका श्रमिकहरुलाई पारिश्रमिक दिन नसकिने बताएका हुन्। अहिले पारिश्रमिक दिन सक्ने अवस्था नभएको र काममा खट्नेलाई मात्रै ५० प्रतिशत पारिश्रमिक दिने सकिने उद्योगीहरूको भनाइ छ। सरकारले भने जटिल परिस्थितिमा उद्योगी तथा श्रमिकका समस्या सम्बोधन गर्ने गरी तयारी गरिरहेको बताएको छ।

मातहतका मन्त्रालय, रोजगारदाता ट्रेड युनियन बीच पनि लकडाउनका कारण निजी क्षेत्र र श्रमिकबीच आउन सक्ने समस्या पहिचान गर्ने तथा देखिएका समस्या सुल्झाउने सम्बन्धमा छलपल भइरहेको र थप छलफल समेत गरिने मन्त्रालयको भनाइ छ। 

पारिश्रमिकका सम्बन्धमा थप छलफल गर्न सकिन्छ : उद्योगमन्त्री भट्ट 
उद्योग क्षेत्रका कमिकमजोरी तथा अप्ठ्याराहरुलाई सरकारका तर्फबाट कसरी सहजीकरण गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए। 

उद्योगमन्त्री लेखराज भट्ट

‘हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, श्रम मन्त्रालयबीच कसरी जान सकिन्छ भनेर व्यापक छलफल पनि गरिरहेका छौँ,’ मन्त्री भट्ट भन्छन्, ‘छलफलमा उद्योगहरु कसरी सञ्चालन गर्ने र रोजगारीलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल केन्द्रित छ।’

कोरोनाका कारण उद्योगी, व्यवसायी तथा मजदूरहरुकाबीचमा निम्तिएको समस्या केलाएर ठोस रुपमा समाधानको पहल गर्ने मन्त्री भट्टले प्रतिबद्धता जनाए। 

'हामीले काममा आउने/नआउने सबै श्रमिकहरुलाई चैत महिनाको शतप्रतिशत पारिश्रमिक दिनुपर्छ भनेका छौँ। वैशाखको ५० प्रतिशत दिनुपर्ने निर्णय भएको छ। त्यसमा काममा आउने/नआउनेलाई बराबर दिने वा के गर्ने सन्दर्भमा फेरि छलफल गर्न सकिन्छ,' मन्त्री भट्टले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

पारिश्रमिक दिनुपर्छ बरु ऋण चाहिए सरकारले सहजीकरण गर्छ : श्रम सचिव केसी सचिव 
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले सरकारले यो वर्तमान अवस्थामा उद्योगी तथा श्रमिकहरुको समस्यालाई ध्यानमा राखेर श्रमिक र रोजगारदाताको हितमा रहेर काम गरिरहेको बताए। 

विनोद केसी, श्रम सचिव

रोजगारदाताले चैत महिनाको पुरै पारिश्रमिक दिनुपर्ने र वैशाखको ५० प्रतिशत तत्काल दिने बाँकी सामान्य अवस्था भएपछि भुक्तानी गर्न सकिने निर्णय पनि अहिलेको अवस्था हेरेर गरिएको सचिव केसीको भनाई छ। यसका लागि ऋण चाहिए सरकारले सहजीकरण गरिदिने सचिव केसीले जानकारी दिए। 

‘पछिल्लो समय साना तथा घरेलु उद्योगहरुलाई चाहि लकडाउनको अवधिमा श्रमिकहरुलाई पारिश्रमिक दिने कुरामा समस्या परेको छ । यसमा सरकारपनि सचेत छ,’ उनी भन्छन्, ‘ठूला उद्योगहरु जो संगठित रुपमा चलेका छन्। यी उद्योगहरुले श्रमिकहरुको पारिश्रमिक उपलब्ध गराउन सहजीकरण गरिदिँदा केही अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन। त्यो चाँहि सकिन्छ कि जस्तो लाग्छ।’ उद्योगीहरुको गुनासोमाथि अर्थ मन्त्रालयसँग बसेर थप छलफल गर्न सकिने उनले बताए।

आपतकालीन समयमा विभेद गर्न पाइँदैन : विष्णु रिमाल, प्रधानमन्त्रीका सल्लाहकार
घरमा बसेको श्रमिक त्यो काममा खटिएको भनेर पारिश्रमिमा विभेद गर्न नपाइने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए। 

विष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

‘यो अवस्थामा घाटा कस्ले व्यहोर्ने त? रोजगारदाताले मात्रै कि श्रमिकले पनि यस विषयमा चाहिँ छलफल गर्न जरुरी हुन्छ,' उनले भने, 'किनभने उद्योग व्यवसायीहरुले पनि रहरले व्यवसाय बन्द गरेको होइन। श्रमिकहरु पनि म काम गर्दिनँ भनेर घरमा बसेको होइन।’

अहिले सबै बाध्यात्मक अवस्थामा रहेकाले व्यवसाय र श्रमिक दुवैलाई जोडेर लैजान सरकारले छलफल गरिरहेको उनको भनाई छ।  

तर नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले लकडाउनको लामो समयसम्म उद्योगी व्यवसायी घरमै रहेको र अब विस्तारै सतर्क रहेर उद्योग सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए। स्वास्थ्य मापदण्डअनुसार सतर्कताका साथ उद्योग सञ्चालन ल्याउने, यो अवस्थामा कामदारलाई कोरोना संक्रमण भएमा उद्योगीलाई दण्ड जरिवाना नहुने व्यवस्था नगर्न समेत अध्यक्ष मोरले आग्रह गरे। 

सतीशकुमार मोर

‘श्रमिक व्यवस्थापनका हकमा कम्तीमा ६ महिनाका लागि जगेडामा राख्ने तथा कामका आधारमा पारिश्रमिक भुत्तानी गर्ने गरी लचिलो श्रम व्यवस्था मिलाउन यसमा उद्योग र श्रम दुवै मन्त्रालयले मनन गर्नैपर्छ,’ अध्यक्ष मोरले भने। अहिले कानुन लागू गर्न नसकिने अवस्था रहेकाले सरकारले केही लचिलो बनाउनुपर्ने उनको भनाई छ। लकडाउनको अवधिमा पूरा पारिश्रमिक दिनुपर्छ भनेर सरकारले गरेको निर्णय पुनरवलोकन गर्न आवश्यक रहेको परिसंघका अध्यक्ष मोर बताउँछन्। 

‘अहिले क्यास फ्लो नै नभएकाले लकडाउनमा पूरा तलब दिन सक्ने अवस्था छैन। त्यसैले सरकारले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ,’ उनले भने। 

पछिल्लो समय धेरै उद्योगधन्दा ठप्प रहेको र सरकारले सञ्चालनका लागि छुट दिएका उद्योगहरु सञ्चालन गर्न पनि सहज नभएको नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा बताउँछन्। अझ सरकारले लकडाउनका कारण उद्योग बन्द हुँदा घरमाम बसिरहेका श्रमिकहरुलाई पनि काममा खटेका श्रमिकसरह पारिश्रमिक दिनुपर्ने निर्णयले आफूहरुलाई थप समस्यामा पारेको उनको भनाइ छ। 

हरिभक्त शर्मा

‘यदि हामीले काम नगर्दा पनि बराबर तलब दिने हो भने काम गर्नेलाई कति तलब दिने हो?,’ उनी प्रश्न गर्छन्। काम गर्न नआएकालाई पारिश्रमिक दिने हो भने काम गर्न कोही पनि आउन नचाहनेले समस्या उब्जिने हुँँदा यसमा विशेष गरी उद्योग मन्त्रालय र श्रम मन्त्तालयले कोअर्डिनेशन गरी समाधान गर्नुपर्ने शर्माको भनाई छ।

‘काम नगरी तलब भत्ता बाड्ने पैसा कहाँबाट आउँछ? कसरी त्यसको फाइनान्सियल व्यवस्थापन हुन सक्छ। अथवा काममा नगई तलब र अन्य सेवासुविधा पाइराख्ने भयो भने पनि यो जटिल अवस्थाका काममा को जान्छ?,’ उनी थप्छन् ।  

श्रमिकहरुलाई पुरै परिश्रमिक दिन सक्ने अवस्था नरहेकाले केही लचकता अपनाउनुपर्ने उनले जोड दिए। निजी क्षेत्रमा यो संकटमा कसरी अगाडि जान सक्छ वा श्रमिकहरुलाई पारिश्रमिक कसरी उपलब्ध गराउन सक्छ भन्ने सम्बन्धमा सरकारले पनि सोच्नुपर्ने बेला आएको उनले बताए। 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन मन्त्रालयले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्र... सोमबार, चैत २३, २०८२
ताजा समाचारसबै
सदनमा माननीयहरु हराएपछि... मंगलबार, साउन २६, २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान मंगलबार, साउन २६, २०८३
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना मंगलबार, साउन २६, २०८३
ब्रोडपिक आरोणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो [तस्बिरहरु] मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्