• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

दुई प्रतिशत ब्याज छुटको नीतिले लाभांश दिन नसक्ने अवस्थामा बैंक 

बैंकको नाफा घटेपछि लगानीकर्ता अन्यौलमा, कोरोनाको प्रभाव सकिएपछि रिकभर हुन्छ : बैंकर
64x64
अरुण सापकोटा बिहीबार, जेठ १, २०७७  ०८:३३
1140x725

काठमाडौं- करोनाबाट प्रभावित कर्जाको प्रोभिजनिङ गर्दा बैंकहरूको लाभांश वितरणयोग्य नाफा १२ अर्ब ४१ करोड रूपैयाँमात्रै देखिएको छ। कतिपय बैंकहरूको यस्तो नाफा ऋणात्मक देखिएको छ। बैंकहरू पिच्छे नै कोरोनाबाट प्रभावित कर्जालाई फरक-फरक हिसाबले प्रोभिजनिङ गर्दा लगानीकर्ताहरू अन्योलमा देखिएका छन्। 

समान नाफा हुँदा कुनै बैंकको लाभांश वितरणयोग्य नाफा कसैको धेरै देखिन्छ भने कसैको ऋणात्मक छ। यसमा बैंकहरूले आफूखुसी चलाखी गरेको पूर्वबैंकर सुरज अधिकारीले आरोप लगाए। बैंकिङ क्षेत्र एउटै‚ समस्या पनि एउटै तर गणना विधि भने फरक हुनुले बैंकका सिइओहरूले आफूखुसी चलाखी गरेको अधिकारीको तर्क छ। ‘सबैको समस्या एउटै, लेखा प्रणाली एउटै तर नाफा गणना विधि किन फरक?,’ उनले भने। 

कोभिड १९ बाट प्रभावित कर्जालाई बैंकहरूले कसरी लिएका छन् त्यसै आधारमा उनीहरूको प्रोभिजनिङ फरक फरक देखिएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। ‘बैंकहरूले ब्याज गणना गरेअनुसार नाफा फरक-फरक देखिँदै आएको छ,’ उनले भने। 

कोभिड १९ले भविष्यमा पुर्‍याउने जोखिमलाई व्यवस्थापन गर्न भन्दै अधिकांश बैंकले अहिले नै प्रभिजनिङ गरिरहेका छन्। कोभिड १९ को प्रभाव विस्तारै कम हुँदै गएपछि अहिले प्रभिजनिङ गरिएको रकम वितरणयोग्य नाफामा परिणत हुने शेरचनले बताए।

अधिकांश ऋणीले नेपाल सरकारबाट अझै केही राहातको स्किम आउँछ भन्ने आशाले कर्जाको ब्याज तथा किस्ता भुक्तानी नगरेको शेरचन बताउँछन्। नेपाल राष्ट्र बैंकले चैत मसान्तमा ब्याज भुक्तानी गर्ने ऋणीहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरेको थियो। तर ऋणीहरूले अझै ठूलो स्किम आउने आशामा सक्नेले पनि ब्याज तथा किस्ता तिरेका थिएनन्। यसको प्रभाव तेस्रो त्रैमाशिक वित्तीय विवरणमा देखिएको शेरचन बताउँछन्।

कोभिड १९ को प्रभाव अझै केही समय रहिरहने देखिन्छ। असार मसान्तसम्म पनि यस्तै अवस्था रहिरह्यो भने कुनै पनि बैंकहरूले साधारणसभा नै गर्न नसक्ने अधिकारीको विश्लेषण छ। ब्याज छुटले ठूला लगानीकर्ता लाभान्वित हुन्छन्। तर साना लगानीकर्ता सबैभन्दा धेरै प्रभावित हुने अधिकारीले बताए। यस्तो समयमा साना लगानीकर्ताहरू विरोधमा उत्रन सक्छन्। 

बैंकरहरूले नेपाल राष्ट्र बैंकको दुई प्रतिशत छुट गर्नैपर्ने बाध्यात्मक व्यवस्थाको झोंकमा मनलाग्दी वितरणयोग्य नाफा सार्वजनिक गरेको विश्लेषकहरूको आरोप छ। यो समय कतिपय बैंकका सिइओले आफ्नो विगतको नराम्रो ‘पर्फर्मेन्स’ ढाकछोप गर्ने अवसर पाएको अधिकारीको विश्लेषण छ। कोरोनाले प्रभावित पार्नुभन्दा अगाडिदेखि नै बिग्रिएका कर्जालाई पनि कोरोनाकै कारणले बिग्रिएको भन्दै उन्मुक्ति पाउने अवस्था आएको उनले बताए। त्यस्ता सिइओले बैंकको वितरणयोग्य नाफालाई कम देखाएको उनको आरोप छ। 

कतिपय बैंकहरूले अहिलेलाई ऋणात्मक देखाएर भविष्यमा उपलब्धि भएको देखाउन पनि जबरजस्ती ऋणात्मक विवरण सार्वजनिक गरिरहेका छन्। यदि कोरोनाको प्रभाव सामान्य हुँदै गयो भने उनीहरूले अहिले जति पनि 'वाचलिस्ट'मा राखिएको छ‚ ती सबै ऋणलाई असल ऋणभित्र गणना गर्न सक्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल राष्ट्र बैंकले भने कोरोनाबाट प्रभावित कर्जालाई प्रोभिजनिङ के/कसरी गर्ने भन्नेतर्फ निर्देशन जारी गरेको छैन। बैंकहरूले कोरोनाबाट प्रभावित कर्जालाई जोखिम व्यवस्थापनका लागि छुट्याए पनि त्यस कर्जालाई खराब कर्जाअन्तर्गत भने गणना गरेको पाइँदैन। अधिकांश बैंकको खराब कर्जामा खासै परिवर्तन छैन। तर लाभांश वितरणयोग्य नाफा भने धेरै कम छ। 

नेपाल राष्ट्र बैंक, बैंकर, बैंकका लगानीकर्ता तथा व्यापारीहरू बीचमा राम्रो सम्बन्ध छैन। बैंकर र व्यवसायी एउटै हुँदा कता बढी लाभ हुन्छ त्यतैतिरको लबिङ गरेका छन्। नेपालको बैंकिङ क्षेत्रमा अधिकांश ठूला व्यापारीकै लगानी छ। 

बैंकहरूको ७० प्रतिशतभन्दा माथिका कर्जा ठूला लगानीकर्ता व्यवसायीमा नै प्रवाह हुने गरेको छ। उनीहरू अहिले उद्योग व्यवसाय बचाउन ५ प्रतिशतसम्मको ब्याज छुटको माग गरिरहेका छन्। बैंकको सेयरमा लगानी गर्ने लाखौं साना लगानीकर्ता यसको प्रत्यक्ष मारमा पर्छन्। त्यस्तै बैंकको ब्याजदर घटाउन माग गर्ने व्यवसायीहरूको दबाबले आफ्नो स-सानो निक्षेप बैंकमा जम्मा गर्ने साना लगानीकर्ता मारमा पर्छन्। 

नेपालको बैंकिङ क्षेत्र ठूला व्यवसायीको नियन्त्रमा पुगेको विज्ञहरू बताउछन्। अहिले बैंकको कुनै पनि निर्देशन व्यापारीले प्रधानमन्त्रीमार्फत अर्थमन्त्री हुँदै राष्ट्र बैंकसम्म आउँछ। यसको धेरै थोर राजनितिक वृत्तले पनि लाभ पाउँछन्। 

अहिलेको दुई प्रतिशत ब्याज छुटको स्किम पनि व्यापारीले प्रधामन्त्रीमार्फत अर्थमन्त्री हुँदै राष्ट्र बैंकलाई बाध्यात्मकरूपमा जारी गर्न लगाएको आरोप लाग्दै आएको छ। अहिलेको अवस्थामा वास्तविक पीडित ऋणीलाई दुई प्रतिशतको छुटले केही पनि राहात प्रदान गर्दैन। पर्यटन उद्योग क्षेत्रका व्यवसायीहरूलाई केही समयका लागि पुरै ब्याज छुट दिए पनि तङ्ग्रिन सक्दैनन्। उनीहरूका लागि नीतिगत प्याकेजको आवश्यकता पर्ने अर्थविद्हरू बताउँछन्। 

बैंकको नाफा र वितरण योग्य नाफाबीचमा तुलना

बैंकको नाम (विवरण रु.०००)

चैत२०७६

फरक (%)

वास्तविक नाफा

वितरण योग्य नाफा

नविल बैंक

३‚१५८‚६८६

२‚०९५‚२८४

३४

ग्लोबल आइएमई बैंक

३,१५३,९४६

५७९,५०५

८२

राष्ट्रिय बाणिज्यबैंक

३,०३६,२९५

१,१५८,१६६

६२

एनआइसी एशियाबैंक

२,५०२,४९६

४०७,४९८

८४

नेपाल इन्भेष्टमेन्ट बैंक

२,४९५,५२७

२४७,१५४

९०

एभरेष्ट बैंक

२,३५२,६५७

९४३,६६१

६०

हिमालयन बैंक

२,३१७,११४

८२८,७६३

६४

कृषि विकास बैंक

२,०४०,०२३

१,२५८,८१०

३८

प्राइम बैंक

२,०३०,६७५

६४१,२१४

६८

नेपाल बैंक लिमिटेड

१,९९६,५८३

-६१,९८३

१०३

एनएमबी बैंक

१,८८३,२८३

५८७,७०८

६९

स्यार्डर्ड चार्टर्ड बैंक

१,८०२,५९५

१,३१३,३३३

२७

सानिमा बैंक

१,६१८,७२२

५७६,७००

६४

प्रभु बैंक

१,४६१,१६२

७७४,९८१

४७

मेगा बैंक

१,४५१,०९०

४५९,८४७

६८

नेपाल एसबिआई बैंक

१,४३८,२११

१०४,३९२

९३

सिद्धार्थ बैंक

१,३३९,९८३

-१५३,२१०

१११

माछापुच्छ्रे बैंक

१,१६६,८५५

१८८,२१७

८४

एनसिसी बैंक

१,१६५,८८६

३०५,३२९

७४

सिटिजन बैंक

१,०९१,२४५

४१०,९६६

६२

लक्ष्मी बैंक

१,०८९,९७७

-४१०,१०९

१३८

कुमारी बैंक

१,०१२,७१३

४५०,०००

५६

नेपाल बंगलादेश बैंक

१,००५,०१०

२८,०१५

९७

सनराइज बैंक

९३५,२८३

-१७५,५२०

११९

सेञ्चुरी बैंक

९१५,७७९

१३४,११५

८५

बैंक अफ काठमाण्डू

८७३,४९३

-९०,८८३

११०

सिभिल बैंक

३६०,५३४

-१९०,७३२

१५३

जम्मा

४५,६९५,८२३

१२,४११,२२१

७३

 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्