• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोभिड–१९ विरुद्धकाे सम्भावित खोपबारे महत्त्वपूर्ण चार तथ्य

दीपक अधिकारी शनिबार, वैशाख २७, २०७७  ०९:११
1140x725

कोभिड–१९ महामारीका कारण विश्वको अधिकांश जनजीवन ठप्प भएको यसबेला यसको उपचार विधि बारे सबैतिर जिज्ञासा व्याप्त छ। हालको लकडाउन संक्रमण फैलिन नदिने तात्कालिक उपाय मात्र हो। कोभिड–१९ को उपचारका लागि या त भरपर्दो औषधि या खोपको विकास हुनु जरुरी छ। कैयौं औषधिमाथि परीक्षण र अनुसन्धान भइरहे पनि विश्वलाई नै गाँजेको यस महामारी विरुद्ध खोप मात्र अचुक अस्त्र हुनसक्ने वैज्ञानिकहरु बताउँछन्।

कुनै पनि भाइरसको संक्रमणबाट हुने सरुवा रोग विरुद्ध खोप बनाउन त्यति सजिलो छैन। सामान्यतया खोप बन्न १० देखि १५ वर्ष (शोध, परीक्षण, उत्पादन र वितरणसहित) लाग्ने तर तीमध्ये करिब १० प्रतिशतमात्र अन्ततः प्रयोगमा आउने न्युयोर्क टाइम्सको हालैको रिपोर्टमा जनाइएको छ।

तर विश्वले सामना गरिरहेको यो समस्या सुल्झाउन विश्वस्तरमै खोपको विकासका लागि यसअघि कहिल्यै नदेखिएको युद्धस्तरको अनुसन्धान र परीक्षण भइरहेको छ। विभिन्न मुलुक र तिनका प्राज्ञिक अनुसन्धान संस्था अनि औषधि निर्माता कम्पनी खाेपको विकासका लागि अहोरात्र खटिरहेका छन्। १०० भन्दा बढी खोपमाथि अनुसन्धान भइरहेको छ जसका लागि विश्व स्वास्थ्य संगठन, गेट्स फाउण्डेसनजस्ता स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका संस्था लागिपरेका छन्। त्यसैगरी विकसित र कोरोना भाइरसको महामारीबाट बढी प्रभावित देश पनि खोप निर्माणको अग्रमोर्चामा देखिएका छन्।

यस अभियानले कोभिड–१९ विरुद्धको लडाइँमा आशाको सञ्चार गरेको छ तर यो प्रक्रिया एकदमै जटिल र लामो छ। परीक्षण सकिएपछि खोपको उत्पादनका लागि कारखानाको स्थापना गर्नुपर्ने हुन्छ। त्यसपछि खोपको उत्पादन र वितरणका लागि स्वास्थ्य संस्थाबाट अनुमति लिनुपर्दछ। कोरोना भाइरस परिवारबाट यसअघि फैलिएका सार्स र मर्स रोगका विषयमा शोध अनुसन्धान भइसकेकोले अहिले केही सजिलो भएको न्युयोर्क टाइम्सको एक आलेखमा जनाइएको छ।

यस महामारीबाट बच्न सबैभन्दा भरपर्दो उपाय मानिएकाे खोपका लागि हाल जारी प्रयासबारे एक जानकारीमुलक सामग्री प्रस्तुत छ।

कसरी गरिँदैछ कोभिड–१९ विरुद्धकाे खोपको अनुसन्धान र परीक्षण ?

सबैभन्दा पहिला खोपलाई जनावरमा परीक्षण गरिन्छ। त्यसपछि खोप सामान्यतया तीन चरणमा मानिसमाथि परीक्षण गरिन्छ जसमा त्यो कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने जाचिन्छ। पहिलो चरणमा त्यो कत्तिको सुरक्षित छ भनी परीक्षण गरिन्छ। यो परीक्षण स्वस्थ स्वयंसेवकको सानो समूहमाथि गरिन्छ। यसमा विभिन्न डोजको खोप तिनलाई दिएर शरीरको प्रतिरोधी क्षमता जाँचिन्छ।

दोस्रो चरणमा सयौँ स्वयंसेवकमा परीक्षण गरिन्छ। यसबाट खोपले लक्षित मानिसमा कत्तिको काम गर्छ भन्ने जानकारी मिल्छ। तेस्रो चरणमा हजारौँ स्वयंसेवकमाथि यसको परीक्षण गरिन्छ। यो चरणमा सम्बन्धित भाइरस संक्रमणको जोखिममा रहेका मानिसमा परीक्षण गरिन्छ। यस परीक्षणबाट उक्त भाइरसबाट कति मानिस संक्रमित हुन्छन् भन्ने थाहा पाउन सकिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

सामान्य अवस्थामा यी तीन चरणका परीक्षणपछि त्यसको उत्पादनका लागि कारखाना बनाउन थालिन्छ। तर अहिले आपतकालीन अवस्था भएकाेले प्रक्रिया छोट्याइएको र खोप कारखानाको निर्माण पनि सँगसँगै गर्ने तयारी भइरहेको विज्ञहरुले बताएका छन्। सफल र सुरक्षित खोप बन्नु र त्यसलाई विश्वभर पुर्‍याउनु अलग-अलग कुरा भएको गेट्स फाउण्डेसनको खोप अनुसन्धानकी निर्देशक डा लिण्डा स्टुआर्टले बताएकी छन्। 'सबैभन्दा पहिले खोप सुरक्षित छ भन्ने कुरा सुनिश्चित हुनुपर्‍यो', अमेरिकास्थित इन्टरनेसनल सेन्टर फर जर्नालिस्टले हालै आयोजना गरेको एक वेबिनारमा उनले बताइन्, 'सामान्यतया खोपको परीक्षण शुरु गर्नै झण्डै एक वर्ष लाग्छ। तर हामीले त्यो प्रक्रिया २–३ महिनामै सुरु गर्‍यौं। हामीले सम्भावना भएका खोपको पहिचान गरेर सुरुमै उत्पादनका लागि कारखानाको तयारी गर्दैछौं।'

कतिपय विज्ञहरुले प्रक्रिया छलेर खोप बनाउँदा त्यो सुरक्षित र भरपर्दो नहुने बताए पनि महामारी जारी रहेकाले अरु विकल्प नभएको नेपालका एक संक्रमण रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए। 'यति समयमा बनाइसक्ने भनेर एउटा टार्गेट राख्नु स्वाभाविक हो। इबोलाको बेलामा भएका प्रयास हेर्दा त्यतिबेला पनि एउटा चक्र पूरा गर्ने कि प्रारम्भिक अवस्थाको अनुसन्धान र परीक्षण पछि चलाउने भन्ने विवाद थियो', उनले बताए, 'त्यतिखेर पनि अहिलेजस्तै मान्छेहरु मरिरहेका थिए। यस्तो अवस्थामा मेरो विचारमा कुर्नुपर्दैन। मान्छे मरिरहेको अवस्थामा प्रमाणित र स्थापित प्रक्रियालाई छलेर जानसक्ने सम्भावना रहन्छ।'

विज्ञहरुका अनुसार खोपले मानिसको रोग प्रतिरोधात्मक प्रणालीलाई भाइरस विरुद्ध लड्न सिकाउँछ।

कुन कम्पनीले खोपमाथि के कस्ता अनुसन्धान गरिरहेका छन् ?

यतिखेर अमेरिका, चीन, जर्मनी, बेलायत, अस्ट्रेलिया, भारत लगायतका देशमा १०० भन्दा बढी खोपहरु विकासका क्रममा छन् भने विश्वभरिमा कम्तिमा ८ वटा खोपको मानिसमाथि परीक्षण भइरहेको अमेरिकाको मिल्केन इन्स्टीच्युटको कोभिड–१९ ट्रयाकरले जनाएको छ। अमेरिकाको मोडेर्ना कम्पनीले त्यहाँको नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्टीएस डिजिजसँग मिलेर अनि अमेरिकाकै फिजर नामक कम्पनीले जर्मनीको बायोएनटेकसँग मिलेर खोपमाथि परीक्षण गरिरहेका छन्। त्यस्तै जोन्सन एण्ड जोन्सन र नोभाभ्याक्स (पिट्सबर्ग विश्वविद्यालयसित मिलेर) लगायतका अमेरिकी कम्पनीले पनि विभिन्न चरणमा कोभिड–१९ विरुद्ध खोपको परीक्षण गरिरहेका छन्। फ्रान्सेली औषधि निर्माता सनोफीले सन् २०२१ को अन्त्यसम्ममा खोप तयार हुने बताएको न्युयोर्क टाइम्सको एक रिपोर्टमा उल्लेख छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयस्थित जेनर इन्स्टिच्युटले एक खोपमाथि गत अप्रिलमै परीक्षण सुरु गरिसकेको थियो। त्यसैगरी विश्वमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरुम इन्स्टिच्युट (जसले बर्सेनी एक करोड ५० लाख खोप उत्पादन गर्छ) ले सन् २०२० भित्रै ६ करोड खोप उत्पादन गर्ने लक्ष्य राखेको रोयटर्सको एक समाचारमा जनाइएको छ।

खोपको विकासमा विभिन्न देश र अनुसन्धान संस्थाबीच प्रतिस्पर्धा हुनुलाई डा पुन सकारात्मक मान्छन्। गेट्स फाउण्डेसनकी स्टुवार्टले इबोला भाइरसको प्रकोपपछि गठित कोअलिसन फर इपिडेमिक प्रिप्यर्डनेस इनोभेसन (सिइपिआई) जस्ता संस्थाको सक्रियताका कारण खोपको चरणबद्ध विकास केही हदसम्म व्यवस्थित भएको बताएकी छन्। 'हामी सबैलाई तत्कालै खोप चाहिएको छ। तर यसको उत्पादनको गति र मात्रा दुई महत्वपूर्ण पाटा हुन्', उनले भनिन्, 'कुनै खोप चाँडै बन्छन् भने कुनैले करोडौँ डोज उत्पादन गर्ने क्षमता राख्छन्। यी दुवै पक्षलाई हामीले विचार गर्नुपर्छ।' विश्व स्वास्थ्य संगठनले पनि ‘सोलिडारीटी भ्याक्सिन ट्रायल‘ नामक अभियान शुरु गरेको छ।

कसरी हुन्छ कोभिड–१९ विरुद्धकाे खोपको उत्पादन र वितरण?

जब हाम्रो शरीरमा भाइरस पस्छ, शरीरले भाइरसविरुद्ध प्रभावकारी हुने एन्टीबडी बनाउन थाल्छ। तर भाइरस छिट्छिटो बढ्ने भएकाले कहिलेकाहीँ भाइरसले जित्छ र मानिसमा संक्रमण हुन्छ। खोपले शरीरलाई भाइरससँग लड्न सिकाउँछ। हरेक खोपका लागि छुट्टै कारखाना बनाउनुपर्ने भएकाले यो प्रक्रिया खर्चिलो भएको विज्ञहरु बताउँछन्। यसको उत्पादन भइरसकेपछि सम्बन्धित देशका स्वास्थ्य सेवा नियामक निकायले त्यसलाई प्रयोग गर्न अनुमति दिनुपर्दछ। अमेरिकामा उत्पादित खोप वा औषधिलाई त्यहाँको फुड एण्ड ड्रग एड्मिनिस्टेसनले अनुमति दिन्छ।

कुन कुन खोप प्रभावकारी हुन्छ भन्ने कुरा त्यसको उत्पादन क्षमता र मानिसमा गरिएका सुरुतिरका परीक्षणको नतिजामा भरपर्ने नेचर पत्रिकाको एक आलेखमा उल्लेख छ। कोभिड–१९ विरुद्धका विभिन्न खोपलाई एक अर्काबीच कसरी तुलना गर्ने भन्ने पनि चुनौती रहेको लेखमा जनाइएको छ।

गेट्स फाउण्डेसनकी स्टुआर्ट खोपलाई जतिसक्दो चाँडो उपलब्ध गराउन विभिन्न देशमा कारखाना खोल्ने योजना रहेको बताउँछिन्। 'हामीले सम्भावना भएको खोपको पहिचान गरेर सुरुमै उत्पादनका लागि कारखाना स्थापना गर्ने तयारी गरेका छौं', उनले बताइन्।

गेट्स फाउण्डेसनले सातवटा खोपका लागि कारखाना बनाउने बताएको न्युयोर्क टाइम्सले जनाएको छ।

'केही खोपहरु सजिलैसँग विभिन्न ठाउँमा बनाउन सकिन्छ भने केहीलाई विशेष किसिमको कारखाना चाहिन्छ। यो पछिल्लो खालको खोपको उत्पादन बढाउन गाह्रो हुन्छ', उनले भनिन्।

त्यसरी मान्यता प्राप्त खोप सबैभन्दा पहिला अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी र बुढाबुढीलाई दिइने उनले बताइन्। अहिलेकै गति कायम रहे सन् २०२१ को मध्यतिर खोप उपलब्ध हुनसक्ने तर समुदायमा संक्रमण फैलिन नदिन व्यापक खोप अभियान सुरु हुन त्यसपछि पनि झण्डै एक वर्ष कुर्नुपर्ने बताइएको छ। शून्य डिग्रीभन्दा कम तापक्रममा ठूलो मात्रामा आपुर्ति गर्नुपर्ने भएकोले खोपको वितरण अर्को चुनौती रहेको छ।

खोप बनिसकेपछि त्यसको वितरणको अनुगमन गर्ने कुनै निकाय नभएकाले मास्क र भेन्टिलेटर खरिद र आपुर्तिमा देखिएकोजस्तो खोसाखोस हुनसक्ने विज्ञहरुको आकलन छ। 'यो एकदमै चुनौतीपूर्ण छ। गेट्स फाउण्डेसनजस्ता संस्थाले सहयोग गरे भने नेपालजस्ता अल्प विकसित देशलाई केही सहज होला', सरुवा रोग विशेषज्ञ पुनले भने, 'फेरि यो भाइरसविरुद्धको खोप एक पटक लगाएपछि पुग्ने हुन्छ कि फ्लुको खोपजस्तो हरेक सिजनमा लगाउनुपर्ने छ भन्ने पनि थाहा छैन।'

कोभिड–१९ विरुद्धकाे खोप बनेकाे कति समयमा आइपुग्ला त नेपाल?

नेपालको स्वास्थ्यसेवा कति कमजोर छ भन्ने कोभिड–१९ का लागि अपर्याप्त परीक्षण, कन्ट्याक्ट ट्रेसिङमा देखिएको ढीलासुस्ती र मेडिकल सामग्रीको आपुर्तिकाे कमीले प्रष्ट पारेको छ। महामारीले नेपालकाे जारी खोप कार्यक्रमलाई समेत असर पुर्‍याएको छ।दादुराबाट मुक्त भइसकेको भनी दाबी गरिएकाे जिल्लामा हालै दुईजनाको यसबाट निधन भएको छ, जसले नेपालको खोप प्रणालीको कमजोरी उदांगो पारेको छ। त्यसैले नेपालले बेलैमा खोपका लागि पहल सुरु गर्नुपर्ने विज्ञहरु बताउँछन्।

आफ्नो देशको औषधि कम्पनीले बनाएको खोप सबैभन्दा पहिले त्यही देशले प्रयोग गर्ने भएकाले नेपालका लागि भारतीय औषधि निर्माताको पहल सान्दर्भिक हुने डा पुन बताउँछन्। 'जुन देशको कम्पनी हो, त्यही देशका बिरामीमाथि त्यसको सर्वप्रथम प्रयोग हुन्छ। हामीकहाँभन्दा अघि उनीहरुकहाँ त्यसको प्रयोग हुन्छ', उनले भने, 'अहिले हेर्दा महामारी पनि अल्पविकसितभन्दा विकसित देशमै बढी देखिन्छ। खोपको विकास भएर तयारी अवस्थामा आएपछि पनि हामीले केही समय कुर्नुपर्ने देखिन्छ।'

यस महामारीबाट बच्न बारम्बार साबुनपानीले हात धुने, नाक, मुख र आँखामा हात नलैजाने जस्ता मान्छेको आनीबानीसँग सम्बन्धित उपाय सुझाइएको छ। तर यिनको पालना हुन्छ नै भन्ने यकिन नभएको डा पुन बताउँछन्। 'यी कुरामा सचेत हुनु राम्रो हो तर सबैमा यो लागु नहुन सक्छ। हामीले बिर्सेर वा झुक्किएर त्यसो गर्न सक्छाै', उनले बताए, 'त्यसैले खोप मात्र यसको स्थायी समाधान हो तर त्यो कहिले बन्छ र हामीकहाँ कहिले आइपुग्छ भन्ने कुरा अझै अनिश्चित छ।'

(साउथ एसिया चेकमा प्रकाशित सामाग्री)

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  ०९:११
  • #कोरोना
  • #कोरोना_अपडेट
  • #खोप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
सम्बन्धित सामग्री
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! कुनैबेला जंगलमा बन्दुक बोकेर हिँड्ने सुकमाकी पूर्व माओवादी महिलाले अब हिंसात्मक आन्दोलन छाडेर सामाजिक जीवन अपनाएका छन् । रायपुरमा पा... शनिबार, साउन ३०, २०८३
‘फरक सन्दर्भ, साझा आकांक्षा’मा युवाका मुद्दा र राजनीतिक नेतृत्वबारे बहस एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सांसद क्षीतिज थेबेले नेपालमा आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा देखि... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्