• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‍मा प्रतिपक्षीको एकै स्वर- सरकार असफल, सत्तापक्षको प्रतिवाद

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २६, २०७७  २१:५८
1140x725
फोटो; संसद सचिवालय

काठमाडौं- प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रतिपक्षी दलका नेताहरुले सरकारको चर्को आलोचना गरेका छन्। उनीहरुले कोरोना महामारीको जोखिम कम गर्न सरकारले काम गर्न नसकेको बताए। प्रतिपक्षी दलका तर्फबाट धारणा राखेका शेरबहादुर देउवा, राजेन्द्र महतो, डा बाबुराम भट्टराई, दुर्गा पौडेल तथा प्रेम सुवालले विभिन्न कोणबाट सरकारको आलोचना गरे।

सुरुमै आफ्नो धारणा राखेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले प्राथमिकता भुलेर काम गरिरहेको आरोप लगाए। त्यसक्रममा उनले सुकुम्बासी आयोग गठनदेखि सांसद अपहरणसम्मका घटना जोडे। उनले कोरोना संक्रमणको परीक्षण गर्ने सामाग्री अझै अभाव हुनु दुःखद र लज्जास्पद भएको बताए। साथै, स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी नभएको र बजार मूल्यभन्दा बढी रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गर्नु अत्यन्तै गम्भीर र अक्षम्य भएको भन्दै दोषीहरुलाई कारबाहीको माग गरे।

देउवाले विवादित अध्यादेश ल्याएर सरकारले अलोकतान्त्रिक र गैरजिम्मेवार चरित्र प्रस्तु गरेको पनि आरोप लगाए। उनले अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियोजित नियत भएको आरोप लगाए। ‘दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’, उनले भने।

उनले सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु दुर्भाग्यपूर्ण कार्य भएको बताए।

उनले कोरोना नियन्त्रणका लागि आवश्यक रणनीति तय गर्न सरकार असफल भएको बताए। व्यापक परीक्षण गर्न नसकेकोमा आलोचना गरे। ‘कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई कार्य गर्नु पर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको छ’, उनले भने, ‘सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन सकेको छैन।‘

उनले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको आरोप लगाए।

त्यस्तै राजेन्द्र महतोले नेपाली जनता संकटमा भएकाले जीवन रक्षा गर्न माग गरे।

Ncell 2
Ncell 2

उनले जनताको जीवनरक्षा, राहत तथा उपचार गर्ने दायित्वबाट भुलेर सरकारले मानवता विरोधको अपराध गरेको बताए। ‘जनता त्राहीमाम, उता पद पाऊ, पद बचाऊ। त्यसका लागि रातारात अध्यादेश ल्याऊ। पार्टी विभाजन गर। यो के हो? यो महामारीमा जनता बचाउन सारा उर्जा लगाउनुपर्ने बेलामा सरकार के गरिरहेको छ?’, उनले प्रश्न गरे, ‘रातारात आएका दुईवटा अध्यादेश केका लागि आयो? लोकतन्त्रलाई बलियो पार्न आएको हो? स्थिरताको लागि आएको हो? पद्धतिलाई बलियो पार्न आएको हो? के गर्न आएको हो?’

उनले सांसद अपहरण गरिएको तथा जाहेरी लिन नमानेको विषयमा सरकारको चर्को आलोचना गरे। उनले जनताको हितको लागि ठूलो सरप्राइज आउँछ भनेर आफूहरुले सोचेको तर सरकारले अध्यादेश ल्याएको बताए। यस्तो सरप्राइज नेपाली जनतालाई नचाहिएको बताए। ‘दुईतिहाइको सरकार दुई कौडीको छैन। दुई कौडीको काम गरेन’, उनले भने।

उनले सरकारले कुर्सीको लडाइँमा सरकार सिपालु रहेको बताए। महतोले सरकारलाई हट भनेर आफूहरुले भन्न नसक्ने बताए तर घुमाउरो शैलीमा नेकपाले हटाउनुपर्ने संकेत गरे। ‘यो सरकारलाई हट भनेर हामीले भन्न सक्दैनौं। यो उहाँको पार्टी नै जानुन्। हामीलाई सरोकारको विषय होइन। हामीले गर्न सक्ने काम होइन। लकडाउन भएकाले सडकमा बोल्न पाइएन। तर यहाँ रोष्टममा त बोल्न पाइन्छ नि’, उनले भने।

महतोले कोरोना परीक्षणलाई व्यापक बनाउन माग गरे। महतोले प्रश्न गरे- ‘सरकारले कतिको कोरोना परीक्षण गरेको छ? विदेशबाट आएका जतिको पनि गरेको छैन। कछुवाको गतिमा कोरोना परीक्षण गर्ने अनि संक्रमित छैन भनेर पिठ्युँ थपथपाउने? यो धन्दा ठीक भएन। व्यापक रुपमा परीक्षण गर्नुपर्‍यो।‘

उनले सरकार कानमा तेल हालेर सुत्नु नहुने सुझाव दिए।

डा बाबुराम भट्टराईले आफ्नो सम्बोधनको अधिकांश समय विदेशी भूमिमा अलपत्र परेका नेपाली, देशभित्रैका श्रमिक, काठमाडौंबाट हिँडेर गाउँघर जाने नागरिकको विषयमा खर्च गरे। उनले विदेशमा रहेका नेपालीले दुःख पाएको भन्दै सरकारको ध्यानाकर्षण गरे। उनले कोरोना नियन्त्रणमा सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरे। ‘लकडाउनको बेलामा हामीले सदन बन्द गरेर बस्यौं। हामीचाहिँ पूरै तलबभत्ता खाने तर श्रमिकलेचाहिँ नपाउने? अनि, तपाईं हामीले आफूलाई कम्युनिस्ट, समाजवादी, लोकतन्त्रवादी भन्न मिल्छ?’, उनले प्रश्न गरे।

डा भट्टराईले पनि विवादित अध्यादेशको विषयमा बोले। ‘हामी मानवीय प्रश्नमा केन्द्रित हुने बेलामा हाम्रो देशका प्रमुख कार्यकारी नेतृत्व रातभर पार्टी फुटाउने षडयन्त्र गरेर बस्छ र संवैधानिक अंगहरु कब्जा गर्ने भाव प्रवाह गरेर बस्छ भने त्यो लोकतन्त्रको लागि शुभसंकेत होइन’, उनले भने।

डा भट्टराईले प्रधानमन्त्रीको राजीनामा माग गरे। उनले प्रधानमन्त्रीको शरीरलाई आराम दिन, लोकतन्त्र र आफ्नो छविलाई जोगाउन राजीनामा दिनु उचित हुने सल्लाह दिए। ‘त्यो नै एउटा उचित निकास हुन्छ। त्यसले समाज र देशलाई अगाडि बढाउन सक्छ। तपाईंको उचाइ कायम रहन्छ। लोकतन्त्र सुनिश्चित हुन्छ। देशले नयाँ दिशा पक्रन सक्छ,' उनले भने।

देउवापछि बोलेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारको बचाउ गरे।

नेम्वाङले विकल्प नभएकाले लकडाउन लगाइएको बताए। ‘समयमा लकडाउनको लगाएकै कारण सरकारले कोरोनालाई हामीले यो अवस्थामा, योभन्दा अगाडि बढ्न दिएनौं। धेरै हदसम्म लकडाउनलाई प्रभावकारी ढंगले सदुपयोग गरौं। नेपालमा कोरोनालाई विस्तारित हुन दिएनौं’, उनले भने।

उनले सकारले ल्याएको अध्यादेश खारेज भइसकेको बताए। ‘अध्यादेश खारेज भएको कारणले त्यसले जुन कानुनी व्यवस्थालाई संशोधन गरेको थियो, त्यसलाई जगाएर यथावत् गर्नुपर्ने छ। यसबारेमा सम्बन्धित मन्त्रीहरुले आफ्नो प्रस्ताव पेश गरिसक्नुभएको छ’, उनले भने।

उनले देशबाहिर रहेका नेपाली श्रमिकहरुका बारे सरकारले आफ्नो ध्यान पुर्‍याएको बताए। ‘त्यसबारेमा यथोचित कार्यहरु भइरहेका छन्’, उनले भने।

उनले चर्चामा रहेको सांसद ‘अपहरण’ प्रकरणलाई पनि सम्बोधनमा जोडेका थिए। ‘विवादै छैन, सांसद अपहरणको कुरा, कुनै पनि नाममा यस्ता खालका कामहरु हुनुहुँदैन। तर भएको के हो, यथार्थ के हो भन्ने कुरा यही संसद चल्दाचल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ’, उनले भने, ‘हामी कुनै पनि आपराधिक कार्यहरुको पक्षमा छैनौं।’

साथै, उनले कोरोना संक्रमणका विरुद्धको लडाइँमा एक्यबद्धता अपनाएका र अग्रपंक्तिमा खटिएकालाई धन्यवाद दिए। उनले अबको छलफलको प्राथमिकतामा कोरोना नै भएको बताए। यसले पुर्‍याएको क्षतिको न्यूनिकरणमा केन्द्रित हुने विश्वास व्यक्त गरे।

तर देउवाले उठाएका धेरै सबाललाई भने नेम्वाङले छोएनन्। बरु, उनले संविधानको सफल कार्यान्वयन तथा द्वन्द्वकालीन मुद्दाको टुंगो लगाउने विषयलाई पनि आफ्नो सम्बोधनमा जोडे।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  २१:५८
  • #संघीय_संसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इन्डोनेसियाको पश्चिम जाभामा भीषण पहिरो : २५ जनाको मृत्यु, ७२ बेपत्ता
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल
परराष्ट्र मन्त्री शर्मासँग गैरआवासीय नेपाली संघको भेट
सम्बन्धित सामग्री
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका थापा आज मतदातालाई सम्बोधन गर्न जान लागेका ह... सोमबार, माघ १२, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आयोगका अनुसार तोकिएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रिय सभाका लागि आवश्यक सदस्य चयन गरिएको हो । आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी महिला समूहअन्तर्गत नेकपा एमालेकी रेखा झा निर्वाचित भइन् । उनले ७ हजार २२२ मतभार प्राप्त गरिन् । यस समूहमा प्रतिस्पर्धामा रहेकी नेकपा... आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
इन्डोनेसियाको पश्चिम जाभामा भीषण पहिरो : २५ जनाको मृत्यु, ७२ बेपत्ता सोमबार, माघ १२, २०८२
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल सोमबार, माघ १२, २०८२
परराष्ट्र मन्त्री शर्मासँग गैरआवासीय नेपाली संघको भेट सोमबार, माघ १२, २०८२
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु सोमबार, माघ १२, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्