• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'प्रि-बजेट' छलफलका लागि संघीय संसद् तयार [फोटोसहित]

दुर्गा दुलाल/निमेषजंग राई बिहीबार, वैशाख २५, २०७७  १४:५२
1140x725

काठमाडौं- विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ। नेपालमा पनि यसको असर परेको छ। देश लकडाउनको ४५ दिनमा रहेको छ। सरकारले पछिल्लो पटक थपेर जेठ ५ गतेसम्म लकडाउनको समयावधि तोकेको छ।

कोरोनाकै कारण विश्वभरको आर्थिक क्षेत्र तहसनहस भइरहेको बेलामा नेपालमा भने शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ। २८ गतेदखि संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाले प्रिबजेट छलफल सुरु गर्ने कार्यसूची तय भएका छन्। त्यस्तै, जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ।

सरकारले अब कोरोनाको असरका कारण थिलथिलो भएको अर्थतन्त्रमा सुधार गर्ने कार्यक्रम ल्याउनुपर्ने अर्थविद्हरुले बताइरहेका छन्। हरेक वर्ष विकास खर्च नै नहुने देशमा करिब डेढ महिनासम्म लकडाउन गर्नुपर्दा परेको असरलाई अबको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गनुपर्ने छ। विकास खर्च र कृषिलाई प्राथमिकता दिँदै बजेटले उत्पादनका क्षेत्र खोज्नुपर्ने छ।

अर्कोतिर, नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने त छँदैछ, विदेशमा रहेका लाखौं नेपाली फर्किएमा उत्पन्न हुनसक्ने जोखिमलाई पनि सम्बोधन गर्नुपर्ने छ।

अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउनकै बीचमा  बजेटको आन्तरिक तयारी भने गरिरहेका छन्। अर्थ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नीति तथा कार्यक्रमको पनि तयारी गरेका छन्।

यता बैठकस्थल नयाँ बानश्वेरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि तयारी पूरा भएको छ। संसद सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकतामा दिएर तयारी पूरा गरेको हो। संसद अधिवेशनका लागि सचिवालयले कुर्सी मिलाउनेदेखि सांसदको कोरोना परीक्षणसम्मको कार्य गरेको छ।

संघीय संसदको दुवै सदन अब प्रिवजेट छलफलका लागि तयारी अवस्थामा रहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।

Ncell 2
Ncell 2

शुक्रबारदेखि सुरू हुने संसदको बजेट अधिवेशनको बैठकमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली राखिने गरी दूरी कायम गरिने छ।  संसदमा प्रवेश गर्ने सांसदहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ। त्यस्तै सांसद र अन्य दर्शकले लैजान नपाउने वस्तुको पनि सूचना सचिवालयले जारी गरेको छ।

‘सेनिटाइजरको प्रयोग गर्ने, हात नमिलाउनेदेखि विश्व स्वास्थ्य संगठनले तोकेका अन्य मापदण्ड कडाइका साथ पालना गर्ने तयारी अवस्थामा हामी छौ’,  प्रवक्ता पाण्डेले  भने, ‘संसद भवनबाहिर हात धुन साबुन पानीको व्यवस्था गरिएको छ। प्रधानमन्त्रीको हकमा विशेष व्यवस्था गर्दै पहिलो लहरमा एक्लै बस्ने व्यवस्था मिलाइएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै मात्र मृगौला प्रत्यारोपण गरिएका कारण संक्रमणको उच्च जोखिमलाई ख्याल गर्दै संसद सचिवालयले तयारी गरेको उनले बताए। कोरोनाको रिर्पोट नेगेटिभ आएका सांसदलाई हात धोइपछि मात्रै संसद भवनमा प्रवेश दिइने उनले बताए।

‘सांसदको बीचका दुई कुर्सी खाली राख्छौं, सांसदलाई मास्क अनिवार्य गर्छौं’, पाण्डेले भने, ‘सांसदहरूको टेबलमा सेनिटाइजर अनिवार्य गरिएको छ र बोल्नुअघि माइक पनि अनिवार्य रुपमा सेनिटाइज गर्नुपर्ने छ।’

संसद बैठकमा सबै पार्टीका सबै सांसदहरुलाई एकै पटक उपस्थित नगराउने रणनीति बनाइने भएको छ। सम्भव भएसम्म कोरम पुग्ने र सत्ता पक्षको बहुमत हुने गरी सांसदलाई उपस्थित गराउने तयारी सचिवलयको छ। सबै पार्टीका सांसदहरुको संख्याका आधारमा उनीहरुलाई उपस्थित हुने दिनको तय गरिने प्रारम्भिक तयारी छ।

संसद सचिवालयले सांसदको सिटसमेत तोक्ने तयारी गरेको छ। तर, दलहरुमा सांसदको वरियता विवादले सिट तोक्ने विषयमा संसद सचिवालयले कुनै टुंगो गर्न सकेको छैन।

संसद बैठकमा पहिलो लाइनमा शीर्ष नेताहरु बस्दै आएका छन्। पूर्व प्रधानमन्त्री, संसदीय दलका दलका नेता र पूर्व सभामुखले पहिलो लाइनमा सिट पाउँछन्। तर, कुर्सी खालि राख्नुपर्दा सिट व्यवस्थापन गर्न सचिवालयलाई अप्ठ्यारो परेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन भएको बखतमा भने थप अप्ठ्यारो हुने देखिएको छ। ‘त्यस्तो अवस्थामा तीन सय सांसदका लागि ९ सय कुर्सी आवश्यक हुन्छ’, पाण्डेले भने, ‘यसपटक  संसद हेर्न आउने दर्शकका लागि कुनै पास वितरण हुने छैन।’

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा १५ सय कुर्सी छन्।


प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १४:५२
  • #संघीय_संसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इन्डोनेसियाको पश्चिम जाभामा भीषण पहिरो : २५ जनाको मृत्यु, ७२ बेपत्ता
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल
परराष्ट्र मन्त्री शर्मासँग गैरआवासीय नेपाली संघको भेट
सम्बन्धित सामग्री
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका थापा आज मतदातालाई सम्बोधन गर्न जान लागेका ह... सोमबार, माघ १२, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आयोगका अनुसार तोकिएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रिय सभाका लागि आवश्यक सदस्य चयन गरिएको हो । आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी महिला समूहअन्तर्गत नेकपा एमालेकी रेखा झा निर्वाचित भइन् । उनले ७ हजार २२२ मतभार प्राप्त गरिन् । यस समूहमा प्रतिस्पर्धामा रहेकी नेकपा... आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
इन्डोनेसियाको पश्चिम जाभामा भीषण पहिरो : २५ जनाको मृत्यु, ७२ बेपत्ता सोमबार, माघ १२, २०८२
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल सोमबार, माघ १२, २०८२
परराष्ट्र मन्त्री शर्मासँग गैरआवासीय नेपाली संघको भेट सोमबार, माघ १२, २०८२
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु सोमबार, माघ १२, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्