• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
माधव नेपालका खुट्टा कता?
64x64
वीरेन्द्र ओली सोमबार, वैशाख १५, २०७७  २३:१६
1140x725
फाइल तस्बिर

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तीव्र ध्रुवीकरण हुँदा वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक भूमिकामा छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली वा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'मध्ये जसलाई नेपालले साथ दिन्छन्, सोही समूह पार्टीमा बलियो बन्ने अवस्था छ। पार्टीमा नेपालको 'बडी ल्यांग्वेज'देखि हरेक पाइलापाइलाको निगरानी गरिरहेका छन्, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड। 

नेपाललाई प्रभावमा पार्न ओली समूहले समय खर्च गरेको पनि लामै समय व्यतित भइसकेको छ। तर नेपालले बाहिर निर्धक्क आफ्ना कुरा खुलाउन सकेका छैनन्। तत्कालीन माओवादीमा रहँदा नेता डा बाबुराम भट्टराईले एमालेलाई आरोप लगाएजस्तै नेता नेपाल 'यताउता कतै पनि नखुल्ने पक्षजस्तै हुन्छन्' वा आन्तरिक शक्तिबीच खेलेर आफ्नो उपस्थिति देखाउँछन्, त्यो हेर्न भने समय पर्खिनैपर्ने देखिएको छ। 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ माधव नेपालले खुमलटार वा बालुवाटार कतै पनि खुट्टा नटेकेको बताए। ‘अहिले माधव नेपाल पार्टीमा जता सपोर्ट गर्छन्, उतै बहुमत पुग्ने अवस्था छ,’  श्रेष्ठले भने, ‘हिजोसम्म प्रचण्डतिर जस्तो देखिन्थ्यो। आज दिनभर ओली समूहले फकायो। माधवले कता खुट्टा टेक्छन्। त्यो हेर्न पर्खिनैपर्ने भयो।’ विगतको अध्यक्ष ओलीको पेलानलाई बिर्सिएमा नेपालले साथ दिन पनि सक्ने श्रेष्ठको अनुमान छ। 

नेपाललाई ओलीको प्रस्ताव : अध्यक्ष लिनुस्, प्रधानमन्त्रीमा सघाउनुस्
अध्यादेशलाई लिएर पार्टीमा तीव्र ध्रुवीकरण भएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई अध्यक्ष पद लिएर आफूलाई प्रधानमन्त्रीमा सघाउन आग्रह गरेको सार्वजनिक भइसकेको छ। प्रधानमन्त्री निवास बालुवाटारको भेटमा ओलीले अध्यक्ष पद लिएर प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह नेता नेपालसँग आग्रह गरेपनि उनले कुनै प्रतिक्रिया नदिई निस्केको एक स्थायी कमिटी सदस्यले बताए। लगत्तै छलफल गर्न माधव नेपाल निवास नजिक ओली समूहका नेताहरुबीच छलफल भएको थियो। भेटमा पार्टीमा विवाद बढ्दै गएकाले तत्काल सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। 

कोटेश्वर भेलामा प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने तवरले नेपाल समूहले प्रस्ताव राखेको अर्का एक जना स्थायी कमिटी सदस्यले बताए। ‘प्रधानमन्त्री ओली पार्टीको अध्यक्ष पनि हो। पार्टीमा विवाद हुँदा सल्टाउने उहाँ नै हो,’ ती स्थायी कमिटी सदस्यले भने, ‘तत्काल बैठक बोलाएर विवाद हल गर्नुपर्छ। आवश्यक परे प्रधानमन्त्रीले विकल्प दिनुपर्छ।’ प्रचण्ड-नेपालबीच सम्बन्ध गहिरिँदै गएपछि ओली एक्लिदै गएको विश्लेषण हुन थालेको छ। 

राजीनामा माग्दैमा दिन्न, जस्तोसुकै परिस्थिति आएपनि फेस गर्छु : ओली  
नेता नेपाल र अध्यक्ष प्रचण्ड समूहले आवश्यक परे प्रधानमन्त्री ओलीको राजीनामा समेत माग्ने गरी तयारी गरेको चर्चा हुन थालेको छ। तर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका नेताहरूले राजीनामा माग्दैमा नदिने बताएका छन्। सोमबार बेलुका प्रधानमन्त्री निवासमा आफू निकट सांसद बोलाएर ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडान लिएको एक सांसदले बताए। ‘पार्टीका कुनै नेताले राजीनामा माग्दैमा दिन्नँ। पार्टी अध्यक्ष महाधिशसनबाट निर्वाचित भएर आएको हुँ। अर्को महाधिवेसनसम्म फेस गर्छु,’ ती सांसदले भने, ‘प्रधानमन्त्री संसद्‍बाट निर्वाचित हुँ। संसदमै फेस गर्छु। अविश्वासको प्रस्ताव आए त्यो पनि फेस गर्छु।’ 

पार्टीमा कुनै नेतासँग कम्प्रमाइज नगर्ने ओलीले आफ्नो अडान सुनाएको ती सांसदले बताए। यस्तै ओली निकट केन्द्रीय सदस्य कर्ण थापाले सबै पार्टी कमिटी निर्वाचित नभएकाले राजीनामा माग्दैमा दिनुपर्ने अवस्था नभएको जिकिर गरे। ‘प्रधानमन्त्रीज्यू १४-१४ वर्ष जेल बसेर कठोर यातना दुःख कष्ट समाना गरेर आउँनु भएको हुनुहुन्छ,’ थापाले भने, ‘पार्टीमा कसैले राजीनामा माग्दैमा खुरुक्क दिने भन्ने हुँदैन। फेस गरेर जानुपर्छ भन्नेमा हुनुहुन्छ।’ पार्टीमा विभाजन वा मध्यवाधि निर्वाचन कुनै विकल्पमा नगई राजीनामा फेस गरिने थापाले बताए। अध्यक्ष प्रचण्डसहित नेता माधव नेपाल, झलनाथ खनाललगायत नेताहरू एक भएपनि ओलीले आफू नडगमगाएको बताएका थिए।

Ncell 2
Ncell 2

ओलीबाट एकपछि अर्को पेलानमा नेता नेपाल
तत्कालीन एमाले र माओवादी एकतापछि शक्ति हुँदापनि सबैभन्दा धेरै पेलानमा परेका नेता हुन् नेपाल। त्यसपछि मात्र प्रचण्ड पर्छन्। पार्टीमा स्थायी कमिटीदेखि केन्द्रीय कमिटीमा नेपालले लडेरै आफ्नो अंश लिएका थिए। प्रदेश कमिटी गठन हुँदा नेपाल विदेश भएको मौका छोपेर अध्यक्ष ओलीलाई पूरै पाखा लगाएका थिए। विदेशबाट फर्किपछि नेपालले लगातार असन्तुष्टि जनाएपनि अन्तमा भनेजति सुनुवाई नभएपछि नेपाल चुप लाग्न बाध्य भएका थिए।

पार्टीमा अध्यक्ष ओलीजत्तिकै हाराहारीमा पकड हुँदापनि राजनीतिक नियुक्तिमा स्पेस नै नदिँदा नेपाल रुष्ट हुँदै आएका थिए। पार्टी एकता हुँदा तेस्रो वरियतामा राखेका नेपाललाई अध्यक्ष ओलीले चौथो वरियतामा पुर्‍याइदिए। पार्टीभित्र रिस साँध्न ओलीले वरियतामा खनाल र नेपाललाई उकाल्ने र ओराल्ने गरी नै रहे। पार्टीमा चौथो वरियतामा झारेकोमा नेपालको ओलीप्रतिको रिस अझै मरेको छैन। ओलीले यस्ता नदेखिने गरी पार्टीमा धेरै खेल खेल्ने गरेको एक सचिवालय सदस्यले बताए। सानासाना विषयमा राजनीति गरेर आनन्द लिने ओलीको स्वभाव भएको ती सदस्यले बताए। 

ओली-नेपाल सम्बन्ध एकता र संघर्ष दुवै
तत्कालीन कोर्डिनेसन केन्द्र हुँदै मालेमा संगठित भएका अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल समकालीन नेता हुन्। ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मेका हुन् भने नेपाल २००९ साल फागुन २६ गते रौतहटमा जन्मेका थिए। राजनीतिमा समकालीन जस्तै भएपनि पदीय रूपमा अघिअघि नेपाल पछिपछि ओलीजस्तै भएका छन्। २०२८ सालमा पक्राउ परेपछि १४ वर्ष जेल बिताएर २०४४ साल मात्रै छुटेका थिए। नेपाल भने २०३२ सालमा राजकाज मुद्दामा २ वर्ष मात्रै जेलजीवन बिताए। २०५० सालमा दासढुंगा दुर्घटनामा तत्कालीन महासचिव मदन भण्डारीको निधन भएपछि नेपाल नेतृत्वमा आएका थिए। नेतृत्वमा आउँदा पार्टीमा ओलीले नै नेपाललाई सघाएका थिए।

२०५६ सालको संसदीय चुनावपछि पार्टीको नेतृत्वमा नेपाल भएपनि संसदीय दलको नेतामा ओलीले इच्छा देखाएका थिए। महाधिवेशनबाट नेपाल महासचिव भएकाले दलको नेता ओलीलाई छोड्न मानेनन्। त्यसपछि ओलीले आफ्नो आधिकारिक गुट खडा गरेर पार्टीमा शक्ति सञ्चय गर्न थालेको एमाले समूहका नेताहरू बताउँछन्। २०५० सालदेखि नेतृत्वमा आएका नेपालले १५ वर्ष पार्टी चलाएका थिए। पार्टीमा ओली र नेपालको माओवादीलाई हेर्ने दृष्टिकोणमा समान हुँदै आएको थियो। दुवै नेता माओवादी जनयुद्धलाई उग्रवामपन्थी भड्काउको संज्ञा दिन्थे। पार्टीको मार्गदर्शक सिद्धान्त 'जनताको बहुदलीय जनवाद' बनाउने बैला दुवै नेता एक ठाउँमा थिए। 

पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेले नराम्रोसँग हार व्यहोर्‍यो। नेपालको राजनीतिक यात्रा सोही निर्वाचनपछि नैतिकताका आधारमा पार्टी महासचिवबाट राजीनामा दिएपछि ओरालो लागेको हो। महासचिवबाट राजीनामा दिएपछि नेपाललाई नेतृत्वमा पुग्न निक्कै कठिन भयो। तत्कलीन एमालेको २०६५ साल बुटवलमा भएको आठौं महाधिवेसनमा ओली र झलनाथ खनाल नेतृत्वका लागि चुनावमा गए। माहाधिवेशनमा नेपाल मौन भएपनि ओलीलाई नै सघाएका थिए। 

संविधानसभा निर्वाचनमा हारेपनि नेपाल २०६६ सालमा प्रधानमन्त्री हुने बेला ओलीले नेपाललाई साथ दिएका थिए। सबैभन्दा ठूलो दल माओवादी प्रतिपक्षमा हुँदा नेपाललाई ओलीले दरो साथ दिएका थिए। पुनः २०७१ सालमा भएको नवौं महाधिवेशनमा ओली र नेपाल अध्यक्षका लागि प्रतिस्पर्धा हुँदा नेपाल पराजित भए। नेतृत्वमा आएपछि नेपाल प्रधानमन्त्री भएको ६ वर्षपछि २०७२ सालमा ओली प्रधानमन्त्री भएका थिए। 

ओली-नेपाल भेटघाटपछि खुमलटार सशंकित
सोमबार वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गए। लगतै नेपाल निवास कोटेश्वरमा ओली टिकट ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञावली र नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त छलफलमा थिए। पार्टीमा भई रहेको विवाद हल गर्न मंगलबार सचिवालय बैठक लगत्तै स्थायी कमिटी बैठक बोलाउने निष्कर्ष निकाल्यो। 

कोटेश्वरमा भेटघाट बाक्लिँदै जाँदा खुमलटार सशंकित हुँदै आफ्नो भेटघाटलाई तिव्रता दिएको थियो। वरिष्ठ नेता झलनाथ खनाल प्रचण्डलाई भेट्न खुमलटार पुगे। ओली नेपालको गुटको भेलाप्रति सशंकित हुँदै गुटका भेला कोठाचोटामा हुन थालेको भन्दै तत्काल बैठक बोलाउनु पर्ने निष्कर्ष निकालेको नेता खनालले बताए। ‘पार्टीमा विवाद धेरै भयो। यसरी गुटको भेला गर्दै जाँदा बाहिर नराम्रो सन्दशे जाने भयो,’ नेता खनालले भने, ‘तत्काल पार्टीको बैठक बोलाएर पार्टी कमिटीभित्रै छलफल गरौं भन्ने भयो।’ अन्तमा नेकपाले मंगलबारका लागि सचिवालय बैठक बोलाउने निर्णय गरेको छ।   

महासचिव पौडेलले ओली क्याम्प छोडे
पार्टी महासचिव विष्णु पौडेलले अध्यक्ष ओलीलाई छोडेको विषयमा पार्टीमा नेताहरू चकित परेका छन्। पौडेललाई महासचिव बनाउनेदेखि बालुवाटारस्थित ललिता निवासको आठ आना जग्गा खरिदमा मुछिएपछि अख्तियारबाट चोख्याउन ओलीले निक्कै ठूलो गुण लगाएका थिए। तर, वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्नेदेखि विवादित अध्यादेशका विषयमा ओली क्याम्प चटक्क छोडेपछि धेरै नेता दंग परेका छन्।

अन्तर्मुखी स्वाभावका नेता पौडेल नेपाल र प्रचण्ड गुटलाई साथ दिएपनि त्यहीँभित्रकै नेताहरूले शंकाको दृष्टिकोणले हेर्न थालेका छन्। तर पार्टीमा गुटको भेलामा सहभागी हुँदा ठूलै अस्त्र बन्ने भन्ने भएकाले प्रचण्ड नेपाललगायत नेताहरू भने खुसी छन्।

बादल फर्किए प्रचण्ड क्याम्पमा
सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अध्यक्ष ओलीतिर कि अर्का अध्यक्ष प्रचण्डतिर हुन् भन्ने विषयमा लामो समय अन्योलमै थिए। तर, राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद ऐन संशोधन अध्यादेश प्रकरणपछि पार्टीमा ध्रुवीकरण बढ्न थालेपछि बादल कित्ता स्पष्ट पारेका छन्। अध्यादेशका विषयमा पार्टीमा चर्को विवाद भएपछि बादल प्रधानमन्त्रीलाई छोडेर प्रचण्डतिर लागेको बादल निकट एक केन्द्रीय सदस्यले बताए। 

‘बादल कमरेड गृहमन्त्री हुनुहुन्छ। त्यो बेला बराम्बार प्रधानमन्त्रीसँग सहकार्य गर्नुपर्ने हुन्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘जब पार्टीमा विचार, सिद्धान्त र लाइनको कुरा आउँछ। त्यो बेला प्रचण्डतिर हुनुहुन्छ।’ स्थायी कमिटी बैठक बोलाउने विषयमा पार्टीमा विवाद बढ्दै गएपछि बादलले गत साता नै खुमलटार पुगेर प्रचण्डलाई भेटेर आफ्ना भनाइ राखेका थिए। बादल प्रचण्डले बोलाउने गुटको भेलामा भने न्यून मात्रामा मात्र सहभागी हुने गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  २३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्। शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै नभएको भन्दै... शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीनदिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्