• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

खाडी र मलेसिया : बढ्दै छ कोरोना जोखिम‚ कस्तो छ नेपालीलाई? के गर्दैछन् दूतावास?

64x64
निर्मला घिमिरे शुक्रबार, वैशाख १२, २०७७  २१:५३
1140x725

काठमाडौं– मलेसियालगायत खाडीमा अहिले १७ लाख युवाहरु कार्यरत छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी मुलुकमा रहेका कामदारबारे गरेको प्रारम्भिक आँकडामा १७ लाख नेपाली युवाहरु मलेसियलगायत खाडी मुलुकमा रहेको देखाएको छ। 

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम पछिल्लो समय खाडी मुलुकमा बढ्दै गएको छ। जसले गर्दा लाखौं नेपालीहरु जोखिमपूर्ण अवस्थामा छन्। 

कतिपय नेपाली श्रमिकहरु यतिबेला काममा खटिएका छन्। कतिपय श्रमिकहरु क्वारेन्टाइनमा छन् भने सयौं नेपालीहरुलाई कोरोना संक्रमण भएको छ। 

खाडी र मलेसियामा १ सय ५० भन्दा बढी संक्रमित 
युएईमा ७१, बहराइनमा ४९, कुवेतमा ३१, साउदी अरबमा ४, मलेसियामा ३, कतारमा २ गरी १ सय ५० भन्दा बढी नेपालीहरु मलेसिया र खाडीमा मात्रै कोरोना संक्रमित भएका छन्। कोरोनाका कारण युएईमा दुई जनाको ज्यान गएको छ भने साउदीमा ३ र युएईमा २ र मलेसियामा २ गरी ७ नेपाली निको भएका छन्। 

पछिल्लो समय नेपाली श्रमिकहरुका आकर्षक गन्तव्य मुलुक मलेसिया र खाडीलगायतका मुलुकमा कोरोना जोखिम बढ्दै गएको छ। 

यस्तो छ मलेसिया र खाडीका केही मुलुकमा कोरोना संक्रमणको अवस्था 
हालसम्म साउदी अरबमा १५ हजार १ सय २ कोरोना संक्रमित भएका छन्। १ सय २७ को ज्यान गएको छ भने २ हजार ४९  निको भएका छन्। 

संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना संक्रमितको संख्या ९ हजार २ सय नाघेको छ। ६४ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १ हजार ७ सय ६० निको भएका छन्। 

अर्को नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक कतारमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय २५ पुगेको छ। १० जनाको कोरोनाका कारयण ज्यान गएको छ भने ८ सय ९ निको भएका छन्। 

Ncell 2
Ncell 2

मलेसियामा ५ हजार ६ सय ९१ कोरोना संक्रमित छन्। ९६ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ६ सयभन्दा बढी निको भएका छन्। कुवेतमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय १४ पुगेको छ। १५ जनाले ज्यान गुमाएका छन्। ६ सय १३ निको भएका छन्। 

बहराइनमा संक्रमितको संख्या २ हजार ५ सय ६ पुगेको छ। ८ जनाले ज्यान गुमाएका छन् भने १ हजार १ सय १३ जना निको भएका छन्। ओमानमा संक्रमितको संख्या १ हजार ७ सय ९० पुगेको छ। ९  जनाको ज्यान गएको छ भने ३ सय बढी निको भएका छन्। 

श्रमिकको सुरक्षाका लागि के गर्दैछन् दूतावास?
खाडी तथा मलेसियास्थित नेपाली राजदूतहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई विशेष प्राथमिकतामा राखेको र नेपाली श्रमिकहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिएको उल्लेख गरेका छन्। 

कोरोना जोखिमका कारण विश्व लकडाउनमा रहेको अवस्थामा श्रमिकहरुको रोजगारीलाई भन्दा पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर सोहीअनुसार रोजगारदाता मुलुकहरुसँग समन्वय गरिरहेको दूतावासले जनाएको छ। 

सचेतनामा जोड : पदम सुन्दास, नेपाली राजदूत बहराइन 
बहराइनस्थि नेपाली दूतावासले सचेतनात्मक कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सामाजिक सञ्जाल र वेभसाइटमार्फत विभिन्न सचेतनात्मक जानकारीहरु अपडेट गराउँदै आएको जनाएको हो। 

पदम सुन्दास

‘हामी नेपाल सरकार र सम्बन्धित मुलुकको सरकारसँग एकदम नजिकमा रहेर कामदारको सुरक्षाका लागि समन्वय गरिरहेका छौं। अहिले कामदारहरुको रोजगारीमा भन्दा पनि खानपान र स्वास्थ्यमा ध्यान दिन जरुरी छ। दूतावास सोहीअनुसार काम गरिरहेको छ।’ बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास भन्छन्। 

बहराइनमा नेपालीहरुको पनि बिनाभेदभाव विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार उपचार भइरहेको उनको भनाइ छ। तत्काल कामदारहरुमाथि पारिश्रमिक, खाने, बस्नेलगायतका समस्या नभएपनि लकडाउन लम्बिँदै गएमा यस्ता खालका समस्या सिर्जना हुन सक्ने उनको आंकलन छ। 

अहिलेसम्म नेपालीहरु सुरक्षित छन् : शर्मिला पराजुली ढकाल, राजदूत ओमान
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालीहरुको खबर हालसम्म सुखद रहेको बताइन्। ‘नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छैन। कोरोनाको आशंकामा कतिपय क्वारेन्टाइन तथा आइसोलेसनमा हुनुहुन्छ। उहाँहरुको पनि रिपोर्ट नेगेटिभ आउने कामना गरौं‚’ राजदूत ढकालले भनिन्। अहिले कतिपय मुलुकमा नेपाली श्रमिकहरुका शव अलपत्र अवस्थमा रहँदा ओमानमा त्यस्तो समस्या पनि रहेको उनको भनाइ छ। 

सर्मिला पराजुली

कोरोनाका कारण कसैको ज्यान गएमा सम्बन्धीत मुलुकमा नै अन्तिम संस्कारको व्यवस्था मिलाउन परराष्ट्रबाट पत्र प्राप्त भइसकेको र सोहीअनुसार दूतावासले समन्वय गर्ने राजदूत ढकालले बताइन्। 

श्रमिकका समस्या संंकलन गर्दै साउदी दूतावास 
साउदीस्थित नेपाली दूतावासले श्रमिकहरुका समस्या संकलन गर्न सुरु गरेको जनाएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले रोजगार गुम्ने, खाना र आवासको अभावलगायत समस्या संकलन गरिरहेको उल्लेख गरेको हो।

दूतावासले संकलन गरेका समस्यामाथि समाधानका लागि सक्दो पहल गर्ने दूतावासले जनाएको छ। कतिपय श्रमिकहरुले आफ्नो समस्या टिपाउन हिच्किचाउँदा समस्याको यथार्थता थाहा पाउन कठिन भएको दूतावासले उल्लेख गरेको छ।

अलपत्र परेका श्रमिकहरु राख्दै आएको दूतावासको सेल्टर पनि यो अहिले जोखिमपूर्ण अवस्थामा रहेको र त्यसलाई दूतावासले संवेदनशील रुपमा हेरेको बताएको छ। 

कतारमा ६ घण्टामात्रै काम, बाँकी समय स्वास्थ्य सुरक्षामा ध्यान 
कतारमा रोजगारदाता कम्पनीहरुले श्रमिकहरुलाई अर्को सूचना जारी नहुँदासम्म ६ घण्टाभन्दा बढी काममा लगाउन नपाउने भएका छन्। कामको समय र बाँकी समयमा पनि स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। कतारमा कतिपय नेपाली श्रमिकहरु कार्यस्थलमा खटिएका छन् भने कतिपय क्वारेन्टाइनमा छन्।

कतारमा काम गर्दै नेपाली कामदार।

क्वारेन्टाइनमा रहेका श्रमिकहरुलाई पनि पारिश्रमिक तथा सेवासुविधा उपलब्ध गराउन रोजगारदातालाई त्यहाँको सरकारले निर्देशन दिएको छ। दूतावासले पनि नेपाली श्रमिकहरुको सहजीकरणका लागि भूमिका खेलिरहेको जनाएको छ। 

श्रमिकको स्वास्थ्य सुरक्षामा गम्भीर : मलेसियास्थित नेपाली दूतावास 
मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुको स्वास्थ्य सुरक्षामा गम्भीरताका साथ हेरिरहेको जनाएको छ। सुरक्षा गार्डका रुपमा कार्यरत अधिकांश नेपालीहरु कोरोनाको उच्च जोखिममा रहेर काम गरिरहेका छन्। कतिपय श्रमिकहरु होम क्वारेन्टाइन छन्।

उदयराज पाण्डे

दूतावासले मलेसिया सरकारले लागू गरेको लकडाउन पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई आग्रह गरेको छ। त्यस्तै कार्यस्थलमा खटिँदा आधारभूत सुरक्षा सामग्री प्रयोग गर्न र रोजगारदाताले उपलब्ध नगराएमा दूतावासमा खवर गर्न दूतावासले सुझाएको छ।  

मलेसियामा कोरोना संक्रमित ३ नेपालीमध्ये दुई निको भइसकेको र बाँकी एक जना उपचाररत रहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपाल लाइभलाई बताए। 

सम्बन्धित गन्तव्य मुलुकका दूतावासहरुले नेपाली श्रमिकहरुको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन्। तर पनि दूतावासले समस्यामा बेवास्ता गरेको श्रमिकहरुको आरोप छ।

समस्या परेर फोन गर्दा फोन नउठ्ने, फोन उठाए पनि श्रमिकहरुका कुरा नसुन्नेजस्ता समस्या रहेको श्रमिकहरुले गुनासो गरेका छन्। मध्यपूर्व तथा खाडीका मुलुकहरुमा रहेका श्रमिकहरुलाई खानाको समस्या देखिन थालिसकेको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) का सचिव आरके शर्माले बताए।  

‘अब कोरोना संक्रमणको अवस्था यसैगरी बढ्दै गएमा विदेशमा लाखौं नेपालीमा खान र बस्नकै लागि समस्या आउँछ। सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम यस्तो समस्यामा प्रयोगमा ल्याउनुपर्छ’ सचिव शर्माले भने। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  २१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्