काठमाडौं- सरकारले दुईजना सहसचिवको सचिव पदमा बढुवा गरेको छ। प्रशासन समूहका सहसचिव अर्जुन पोखरेल र प्राविधिक समूहका सागर राईको बढुवा गर्ने निर्णय भएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
हाल सुदूरपश्चिम प्रदेशमा कार्यरत पोखरेललाई बढुवा गर्दै प्रदेश नं २ को प्रमुख सचिव बनाइएको छ। त्यहाँका प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूरपश्चिम प्रदेश पठाइएको छ।
यसैगरी सहसचिव सागर राईको बढुवासँगै नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।