नयाँ दिल्ली- भारतमा काेराेना भाइरस संक्रमितकाे संख्या लगातार बढी रहेकाे छ। पछिल्लाे २४ घन्टामा १२ सयभन्दा बढी काेराेनाका संक्रमित थपिएका छन्।
स्वस्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १२ सय ११ जना नयाँ संक्रमित थपिएका हुन्। थप ३१ जनाकाे काेराेनाका कारण ज्यान गएकाे छ।
मंगलबारसम्मको तंथ्याकअनुसार भारतमा संक्रमितको संख्या १० हजार ३ सय ६३ पुगेको छ। कोरोनाका कारण ३३९ जनाले ज्यान गुमाएका छन्।
भारतमा अहिलेसम्म दुई लाख ३१ हजार ९ सय स्याम्पल परीक्षण गरिएको छ। सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा रहेका छन्। दिल्ली,उत्तर प्रदेश, मध्य प्रदेशलगायतका क्षेत्रमा पनि लगातार संक्रमितको संख्या बढिरहेको छ।
सरकारले लकडाउनको मारमा परेका गरिबहरुलाई तीन महिनाका लागि पाँच किलोका दरले निःशुल्क रासन उपलव्ध गराउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।