काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले २५ मुलुकका लागि आपतकालीन सहयोगको घोषणा गरेको छ। कोरोना भाइरसको महामारीबाट प्रभावित नेपालसहित विपन्न मुलुकका लागि प्याकेज ल्याइएको आइएमफकी प्रबन्ध निर्देशक क्रस्टालिना जर्जिएभले बताएकी छन्।
'आज म यो घोषणा गर्न गइरहेकी छु कि, आइएमएफ कार्यकारी समितिले आफ्ना २५ सदस्य राष्ट्रको पुनरोत्थानका लागि महामारी रोकथाम तथा रहात कोष स्वीकृत गरेको छ,' उनले भनेकी छन्, 'आइएमएफको दायित्वअन्तर्गत नै हाम्रा गरिब र जोखिमपूर्ण अवस्थामा रहेका मुलुकहरुका लागि यो सहायता उपलब्ध गराइनेछ, यसले उनीहरुलाई स्वास्थ्य क्षेत्र र अन्य राहतका काममा मद्दत पुग्नेछ।'
यो कोषअन्तर्गत ५० करोड अमेरिकी डलर उपलब्ध हुनेछ। यसमा केही समयअघी बेलायतले घोषणा गरेको १८ करोड ५० लाख डलर र जापानले घोषणा गरेको १० करोड डलर समावेश हुनेछ।
आइएमएफका अनुसार नेपालसहित अफ्गानिस्तान, बेनिन, बुर्किनाफासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगोलगायतका मुलुकले यो कोषबाट आपतकालीन् सहयोग पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।