भियतनामको हो चि मिन्ह सिटीस्थित एटीएमबाट चामल लिँदै स्थानीय। तस्बिर : सीएनएन
एजेन्सी–कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणमा भएको बन्दका बेला विपन्न समुदायका मानिसलाई सहयोग गर्न भियतनाममा ‘चामल एटीएम (राइस एटीएम)’ सञ्चालनमा ल्याइएको छ। उक्त एटीएमले मानिसहरुलाई चामल निःशुल्क उपलब्ध गराउनेछ ।
भियतनाममा हालसम्म २६५ संक्रमित देखिएका छन् भने कसैको पनि मृत्यु भएको छैन। तर संक्रमण फैलनबाट रोक्न सरकारले सामाजिक दूरीको नियम लगाएको छ भने अधिकांश साना व्यवसाय बन्द छन्। यसबाट हजारौं मानिस कामविहीन छन्।
कामविहीन भएपछि हातमुख जोर्न नसक्नेहरुका लागि व्यापारी तथा दातृ निकायहरुले भियतनामका विभिन्न सहरमा चामल एटीएम राखेका हुन्। हनोइ सहरमा ठूलो पानी ट्यांकीमा चामल राखिएको छ, जसबाट बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मानिसहरुले चामल लिन सक्नेछन्। लाइनमा बस्नेहरुले ६ फिटको दूरी काम गर्नुपर्छ भने स्यानिटाइजरको पनि प्रयोग गर्नुपर्छ।
यस्तै ह्यु सहरमा राखिएका एटीएमबाट एकजनाले २ केजीसम्म चामल लिन पाउनेछन्। होचिमिन्ह सहरमा चौबिसै घण्टा एटीएमबाट चामल लिन पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।