एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रियेससले एक प्रभावकारी खोपमार्फत् नै कोरोना भाइरसलाई पूर्ण रुपले रोक्न सकिने बताएका छन्।
उनले सन् २००९ को स्वाइनफ्लुको तुलनामा कोरोना भाइरस बढी खतरनाक भएको पनि बताए। उनले कोरोना भाइरस तीव्र रुपमा फैलिइरहेको भन्दै यो स्वाइनफ्लुको तुलनामा १० गुणा बढी खतरनाक भएको बताए।
डा घेब्रियेससले केही देशमा हरेक ३–४ दिनमा संक्रमण दोब्बर भएको भन्दै जतिमात्रामा यो तीव्र रुपमा फैलिएको छ, उति नै ढिला घटिरहेको पनि उल्लेख गरे। यहीकारण नियन्त्रणका उपाय पनि एकैपटक भन्दा बिस्तारै हटाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
उनले स्कुल बन्द हुँदा करिब डेढ अर्ब बालबालिका शिक्षाबाट वञ्चित रहेको भन्दै यसका कारण उनीहरु दुव्र्यवहारको खतरामा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।