काठमाडौं- पछिल्लो समय कोरोना भाइरस संक्रमण दर उच्च रहेको अमेरिकामा कुल ५ लाख ४७ हजार ६ सय २७ जनालाई संक्रमण पुष्टि भएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २१ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ।
त्यस्तै, ३२ हजार ९ सय ८८ जना उपचारपछि निको भएका छन्।
अमेरिकाको न्युयोर्क सिटीमा बढी प्रभाव देखिएको छ। त्यहाँ १ लाख ३ हजार २ सय ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, ६ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ।
विश्वभर २० लाख १९ हजार संक्रमित, १ लाख १९ हजारको मृत्यु
विश्वभर २० लाख १९ हजार ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार कुल १ लाख १९ हजार ४ सय ८३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, ४ लाख ४८ हजार ६ सय ५५ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।