एजेन्सी- फ्रान्सले कोरोना भाइरसविरुद्वको संघर्ष जारी राख्दै लकडाउनको अवधी बढाएको छ।
उसले अवधी बढाएर मे ११ पूर्याएको हो। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले देशवासीको नाममा टेलिभिजन मार्फत सम्बोउदन गर्दै लकडाउन अवधी बढाएर मे ११ सम्म पूर्याएको जानकारी दिएका हुन्।
यो अवधीसम्म क्याफे, बार लगायत सबै बन्द हुनेछ। राष्ट्रपतिले फ्रान्सवासीलाई सामाजिक दुरी कायम राख्न र घरमै बस्न आग्रह समेत गरेका छन्।
फ्रान्समा कोरोना संक्रमणबाट १५ हजारको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।