एजेन्सी-अमेेरिकाको खाध्य तथा औषधी हेर्ने निकायले कोरोना संक्रमण उपचारमा सघाउन सक्ने रगत प्रशोधन गर्ने २ वटा प्रविधिको प्रयोगको अनुमति दिएको छ।
कोरोना संक्रमितको शरिरको रगत निकालेर त्यसमा रहेको अनावश्यक तत्व निकाली पून रगत शरिरमा राख्ने प्रविधिको प्रयोग गर्न अनुमति दिएको हो।
तर यो जोखिमयुक्त भने छैन। यो प्रक्रियामा बिरामीमा इन्फेक्सन भएर मल्टी अर्गान फेल हुने जोखिम छ।
यसले रोगी प्रतिरोधात्मक क्षमतामा समेत नकारात्मक प्रभाव पार्ने बताइएको छ। यसबाट मुटुको समस्या,एलर्जी र अन्य इन्फेक्सनको समेत जोखिम छ।
जोखिम कम गर्न उसले कोरोना संक्रमण भएको१८ वर्षमाथिको बिरामी जो आइसियूमा भर्ना भएको छ र स्वासप्रस्वासमा समस्या छ उसमा मात्र यो विधि प्रयोग गर्ने अनुमति दिएको छ।
जोखिम भए पनि कोरोना भाइरस विरुद्ध अन्तिम लडाईमा भएका बिरामीलाई सहयोग पुग्नसक्ने आशले रगत प्रशोधन विधिलाई अनुमती दिएको अमेरिकी निकायले जनाएको सिएनएनले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।