काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ राज्य परिषद सदस्य एवम् विदेशमन्त्री वाङ यीबीच टेलिफोन कुराकानी भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुबीच सोमबार कुराकानी भएको हो। उक्त कुराकानीमा कोरोना भाइरसविरुद्ध लड्न चीनले गरेको सहयोगको मन्त्री ज्ञवालीले सह्राना व्यक्त गरेको बताइएको छ।
त्यस्तै द्विपक्षीय विषयमा पनि कुराकानी भएको बताइएको छ। यसअघि मार्च ९ मा पनि उनीहरुबीच टेलिफोन कुराकानी भएको थियो। त्यतिबेला मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्ध लडिरहेको चीनप्रति आफूहरुको ऐक्यवद्धता रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।