काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कैलाली र रौतहटमा थप २ जनामा देखियो कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या १४ पुग्यो, र्यापिड किटको परीक्षणमा नेगेटिभ, पिसिआरमा पोजेटिभ । (थप दुई जनामा कोरोना)
२) सरकार जनताको साथमा रहेकाले बिचलित नहुन प्रधानमन्त्री ओलीको आग्रह, अनिकालका बेला मन बलियो बनाउन आह्वान, संकटमा सबै दल एक हुँदा उर्जा मिलेको भनाइ । (प्रधानमन्त्रीको आग्रह)
३) २०७६ सालका राजनीति घटनाक्रमको सम्झना, सभामुखमाथि यौन दुव्र्यवहारको आरोपदेखि सञ्चारमन्त्रीको कमिसन डिलसम्म, न्यायालयमा एनसेल लाभकरदेखि चार पूर्व मन्त्रीलाई भ्रष्टाचार मुद्दा दर्ता । (२०७६ लाई फर्केर हेर्दा)
४) खेलकुद क्षेत्रका लागि २०७६ साल महत्वपूर्ण, सागमा नेपालको ५१ स्वर्णसहित उत्कृष्ट प्रदर्शन, नेपाल क्रिकेट संघको फुकुवा पनि महत्वपूर्ण । (खेलकुदमा २०७६ साल)
५) र, अमेरिकामा कोरोनाका कारण मारमा परेका व्यक्तिहरुलाई राहत प्याकेज वितरण सुरु, ७५ हजारभन्दा कम आम्दानी हुनेले १२ सय डलर प्राप्त गर्ने । (राहत प्याकेज वितरण सुरु)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।